Latest News

रोकिएन जातीय विभेद

काठमाडौं । छहरा संवाददाता । नेपाली समाजमा जातीय विभेद जस्ता कुरिती कथनीमा मात्र अन्त्य भएको छ, करनीमा होइन । मुलुकभर एकपछि अर्काे यस्तै जघन्य घटना घटेको देखिन्छ । उदाहरणको लागि खोटाङ्ग जिल्ला रूपाकोट मझुवागढी नगरपालिका–१ को घटनालाई लिए पनि पुग्छ । जनआन्दोलनद्वारा प्राप्त उपलब्धि पश्चात भर्खरै संसदद्वारा पारीत गरिएको कानूनले जातपातको आधारमा विभेद गर्न नपाइने भनि कडा शब्दमा उल्लेख गरिएको भएपनि स्कुल जस्तो मन्दिर जहाँ कुनै पनि खाले विभेदको विरुद्ध पाठ सिकाउने थलोमा स्वयं शिक्षकले नै यस्तो विभेदकारी घटना घटाउनाले पनि माथि उल्लेख गरिएको कुरालाई थप पुष्टि गरेको छ । मुलुकमा जातीय आधारमा गरिने विभेद गैरकानूनी ठहरीने र विभेद गरिएमा हदैसम्मको दण्ड जरिवाना गरिने कानूनी व्यवस्था हुँदाहुँदै कुना कन्दरामा भने जातीय विभेदले जरो गाडेको कुरालाई नकार्न सकिन्न ।
प्राप्त जानकारी अनुसार रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेबाट मुलुकमा अझै छुवाछुतको तुष हराइसकेको देखिन्न । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन् ।
विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ‘रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो’ ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुप¥यो ।’
ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए । ‘विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ’ उनले भने, ‘घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।’
लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उनको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।
आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताइन् ।
उच्च जाती भनौदाहरुले कथित दलित माथि मात्र होइन, दलित–दलित बीच र नेवार समुदायभित्रै पनि आपसमा छुवाछुतको विभेदले पराकाष्ठा नाघेको छ । यही पराकाष्ठालाई चिर्न २०६८ सालमा काठमाडांैको बसन्तपुरमा विभिन्न थरका नेवार संघसंस्थाका प्रमुखहरुले एकसाथ लिखित रुपमा विभेद अन्त्यको घोषणा गरेको ८ वर्षको हाराहारीमा पुगिसक्दा पनि अझै नेवार भित्र पानी चल्ने र नचल्नेको थरमा आकाश पातालको दुरी देखिन्छ । २०७२ को संविधानले पनि जातीय, वर्गीय, लिंगीय विभेदलाई बर्जित गरेको अवस्था छ । तर कथित दलित र उच्च जाती बीच मात्र होइन, उपत्यकाभीत्रको नेवार जातीभित्रको जातीय विभेदले सगरमाथा चुमेको छ । नेवारको छातासंस्थाका रुपमा ‘नेवा दबू’ कार्यरत छ । यो संस्था भित्र २८ जातीय संस्था र संगठन छन् विडम्बना संस्था जातीय विभेद गर्न कम्मर कसेर लागे पनि अझैसम्म जातीय विभेदको अन्त्य हुन सकेको छैन ।

« PREV
NEXT »

यसमा तपाइको मत