Latest News

‘लिटिल बुद्ध’ प्रहरी निगरानीमा

काठमाडौं । विदेशी शक्तिको आडमा जेमन्त गर्दै आएका कथित लिटिल बुद्धका नामले चिनाउन खोजिएको रामबहादुर बमजनको कर्ततु एकपछि अर्काे छरपष्ट हुँदैछ । रामबहादुर बमजनको आश्रमबाट विदेशी महिलाहरु यौन दुराचारको शिकार बनेको समाचार सेलाउन नपाउँदै फूलमाया रुम्बा र कर्म वाइवालगायत बमजनको आश्रमबाट आश्चार्यजनक रुपबाट बेपत्ता भएको खबर छ  । आफुलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्म गुरु रामबहादुर बमजन यौनदुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानबिन गर्न प्रशासन समक्ष माग गरेका छन् । बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यालाई खोजि दिन तीन परिवारले पत्रकार सम्मेलन नै गरेर सरकारलाई आग्रह गरेका छन् । बाराको हलखोरियास्थित आश्रममा आनीबन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएकी उनको परिवार श्रोतले बताएको छ । बमजनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाई विजयको भनाई छ । उनका अनुसार आश्रमका अन्य दुई आनी पनि विगतसालदेखिनै लापत्ता भएका छन् ।
यसरी तीन परिवारको उजुरी पछि बुद्धको गरीमालाई माटोमा मिलाउँदै आएका कथित लिटिल बुद्धका नामद्वारा चिनाउन खोजिएका राम बहादुर बमजन हाल प्रशासनको निगरानीमा रहेको बताइएको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत