Latest News

हिन्दू राष्ट्र फर्काउने दाउमा

काठमाडौं । विगतको दश वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन, ०६३÷०६४ को मधेस आन्दोलन, ०६४ को थारुवान आन्दोलनको मुख्य मुद्दा र एजेण्डा रहेको धर्म निरपेक्षतालाई केही विदेशी एजेन्ट र हिन्दू धर्म भिरु, भारतीय जनता पार्टीका दलालहरुको मिलेमतोमा षड्यन्त्र र चलखेल गरि फेरि हिन्दू राष्ट्र कायम गरि अन्य धर्म सम्प्रदायका नागरिक माथि हिन्दू धर्म, छुवाछुत र जातीय विभेद लाद्ने कुचेष्टा शुरु हुन लागेको छ । यस षड्यन्त्रमा कांग्रेसका महामन्त्री सशांक कोइराला, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व सांसद हरिबोल भट्टराई, पुष्पा भुषाल, शंकर भण्डारी लगायतका नेताहरु खुलेरै लागका छन् । राप्रपा भित्र पनि हिन्दु राष्ट्र कायम गर्नुपर्छ भनेर सत्ता राजनीतिमा लाग्ने अवसरवादीहरु सक्रिय भएका छन् । यिनीहरु नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउनु पर्दछ भनेर देशभरिनै अभियान बनाएर लागि परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालमा हिन्दू राष्ट्र कायम गरि आफ्नो राजनीतिक सुरक्षा, प्रशासनिक, धार्मिक एवं सांस्कृतिक प्रभाव पार्न भित्रभित्रै आफ्नो पार्टीको भातृ संगठन राष्ट्रिय हिन्दू स्वयंसेवक संघ मार्फत राजनीतिक दलहरुमा चलखेल गरिरहेका छन् । नेपालका हिन्दुवादी दलहरुलाई भारतीय दूतावास मार्फत आर्थिक सहयोग गराएर पालिरहेका छन् भनिन्छ । भारत धर्म निरपेक्ष मुलुक भएकाले मोदी नेपालमा खुला रुपमा हिन्दू राष्ट्र बनाउनु पर्छ भन्न सकिरहेका छैनन् तर भित्र भित्रै हिन्दू राष्ट्र कायम गर्न आफ्नो मातृ संस्थाका राष्ट्र कायम गर्न आफ्नो मातृ संस्थाका नेताहरु परिचालन गरिरहेका छन् । भाजपाको आँट भरोशा पाएरनै नेपालका कथित हिन्दू भक्तहरु सनातन हिन्दू राष्ट्र भनेर उफ्रीन थालेका छन् ।
« PREV
NEXT »

यसमा तपाइको मत