Latest News

गणतन्त्रमा झनै भ्रष्टाचार मौलायो

काठमाडौं । सत्तासीन नेकपाकै नेताहरु स्वयं वर्तमान सरकारको कार्यशैली र रबैयाले आजित भएका छन् । सरकार गफ गरेर दिन काटी रहेको छ । काम व्यवहार हातमा लागे शुन्य जस्तै छ । गरिबीको रेखामुनि छट्पटाई रहेका असंख्य स्वाभाीमानी नेपाली जनता दिनभरी बनि बुतो गर्दा समेत एक आङ ढाक्न र एक छाक खान नसकिरहेको अवस्थामा गरिब देशको राष्ट्रपतिलाई १८ करोडको गाडी र डेढ अरब रुपैयाँको विलासी हेलिकप्टर खरीद गर्ने सरकारलाई जनवादी सरकार भनेर खैकसरी भन्ने, आम नेपालीले प्रश्न गरिरहेका छन् । नेपालमा २०४६ सालमा प्रजातन्त्र पुनस्थार्पना भएदेखि गणतन्त्र स्थापना भए यता हालसम्मको अवधिमा विश्वबजारमा नेपालले सबैभन्दा बढी बद्नामी कमाएको, भ्रष्टाचार र सत्तालिप्साबाटै हो । यस अवधिमा नेताहरुको भ्रष्ट क्रियाकलापको कारण भ्रष्ट मुलुकको अग्रणी सूचीमा पर्दै आएको नेपाल गत सन् २०१० देखि हालस सम्मको अवधिमा पनि भ्रष्ट मुलुककै रुपमा चिनिएको छ । यस अवधिमा ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १७६ मुलुकको सुशासन र भ्रष्टाचार बारे गरेको सर्वेक्षणमा नेपाल झनै तल झर्नेक्रममा छ । लोकतन्त्र स्थापना हुँदा समेत नेपाल यसरी भ्रष्टाचार हुने मुलुकको सूचीमा अग्रणी बन्दै जानु नेपाल र नेपाली जनताकै लागि लाजमर्दाे कुरा हो ।
वास्तवमा जुनसुकै माइकलालले सुशासन र जनमुखी कुराका गफ लगाएर लोकतन्त्र र गणतन्त्रको वकालत गरेपनि गणतन्त्र स्थापनापछि त झनै बढी भ्रष्टाचार मौलाएको तथ्यलाई नकार्न सकिन्न । जो आम नेपाली जनताले देखे जानेकै कुरा हो । सुनकाण्ड, वाइडबडी प्रकरण यसका पछिल्ला उदाहरणहरु हुन् । यथार्थतामा गणतन्त्र स्थापना भएको भए भ्रष्टाचार र सुशान यसरी मौलाउने थिएन । र यतिका धेरै नेताहरु, जसले गणतन्त्र पुनस्र्थापना पछि सार्वजनिक पदमा बसेर अकुत सम्पत्ति कुम्ल्याएको अभियोग खेप्नुपर्ने थिएन । आफूलाई खुंखार प्रजातन्त्रवादी एवं जनवादी र सर्वहारावादी दावी गर्ने नेताहरुलाई यसरी भ्रष्टाचारको अभियोग लाग्नाले गणतान्त्रिक शासन पद्दतिकै बेइज्जत गरेको छ ।
विश्वभर भ्रष्टाचार विरुद्धको अभियानमा विगत लामो समयदेखि सक्रिय रहेको संस्था ट्रान्सपरेन्सी इन्टर नेशनलले पछिल्लो पटक सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले राजाको शासन गरेका विश्वका अधिकांश मुलुकहरुमा भ्रष्टाचार कम हुने गरेको देखाएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय एक अभियन्ता भन्छन् – “यसको महत्वपूर्ण उदाहरणको रुपमा हाम्रै दक्षिण एशियाली मुलुक भुटानलाई नै लिन सकिन्छ । किनकी भुटानमा भन्दा बढी नेपालमा भ्रष्टाचार हुने गरेको तथ्य उक्त प्रतिवेदनले समेत खुलस्त पारेको छ ।”
दक्षिण एसियाली राष्ट्रहरुमध्ये भ्रष्टाचारमा भुटान सबैभन्दा पछि छ भने अफगानिस्तान सबैभन्दा अगाडि छ । सर्वेक्षणको सूचाकंमा भुटानको १०० अंकमा ६४ अंक ल्याएको छ भने अफगानिस्तानले ८ अंक, नेपाल र पाकिस्तान चौथो र स्थानमा छन् । दक्षिण एसियाका अन्य मुलुकहरु श्रीलंका, भारत र बंगलादेशले भ्रष्टाचार बढी हुने मुलुकको सर्वेक्षणमा क्रमशः ४०, ३६ र २६ अंका ल्याएका छन् । यस हिसाबले हेर्दा त नेपाल र पाकिस्तान दक्षिण एसियाका चौथो नम्बरका भ्रष्ट मुलुक दरिएका छन् ।

« PREV
NEXT »

यसमा तपाइको मत