Latest News

जनजाति नेतृत्व तहमै पुग्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्रको पहिचान दिने सवालमा होस वा निर्माण गर्ने सवालमा होस् जनजातिहरुले महत्वपूर्ण भूमिका खेलेका छ्न । त्यसको गहन समिक्षा र मुल्यांकन नगरिनु विगतका शासकहरुको जनजाति प्रतिको अन्याय त हो नै । के लोकतन्त्रमा पनि जनजातिहरु अरुले भन्ने गरेका र बुझ्ने गरेका जनजातिकै रुपमा आफूलाई उभ्याउने कि यो देशका जिम्मेवार नागरिकका रुपमा उभ्याउने भन्ने गम्भीर प्रश्न जनजातिहरुका अगाडि खडा भएको छ । विगत निरंकुश पन्चायती व्यवस्थामा जनजाति मध्यका केही टाठा बाठाहरुलाई टिपेर राष्ट्र र समाजको प्रतिनिधित्व गर्न दिने जुन शासकहरुको कृपाको राजनीतिक स्वभाव थियो त्यो भन्दा केही फरक व्यवहार लोकतान्त्रिक शासकहरुले देखाएका भए पनि यिनीहरुको चरित्र हेर्दा स्वयं सुधारिएका छैनन् भन्दा अन्यथा हुने छैन । जातीयता र क्षेत्रीयताको आधारमा राजनीतिक हक अधिकारको खो िजगर्नु अन्यथा नभए पनि कुनै अर्काे जाति र क्षेत्रका जनताको मान मर्दन हुने गरी जनजातिहरु संगठीत हुनु स्वयं जनजातिका लागि पनि राम्रो विषय होइन । विगत राज्य व्यवस्था संचालनको भूमिका कुनै एउटा निश्चित वर्गको हातमा भएका हुनाले अल्पसंख्यामा रहेका जातिहरुको अपमानको सामना गर्नुपरेको थियो । देशमा लोकतन्त्र सथापना भएको छ । राष्ट्रलाई अग्रगामी मार्गमा कसरी लैजाने र देशमा शान्ति स्थापना कसरी गर्ने भन्ने विषयमा जनजातिहरुले एक आपसमा बहस चलाउनु आवश्यक छ । जनजातिहरुलार्य विदेशीका दाना पानीमा आश्रित वर्गका रुपमा मात्र मुल्यांकन गर्ने वर्ग राष्ट्रिय राजनीतिमा अहिले पनि हावी छ । जनजातिहरु हरेक राजनीतिक पार्टीका पछाडिको यात्राबाट मात्र आफ्नो वर्गको उत्थान र राष्ट्रको प्रगति देखिरहेका छन् भने त्यो भ्रमबाट मुक्त हुन आवश्यक छ । सरसर्ती हेर्दा जनजातिलाई राम्रो लागे पनि राष्ट्रको कचिंगल राजनीतिक अवस्थाले जनजाति वर्गको र राष्ट्रको भविष्य कस्तो हुने हो भन्ने विषय अहिले पनि अन्यौल नै छ । नेपालको राजनीतिमा जनजातिहरुको भूमिका महत्वपूर्ण भए पनि पछिल्लो समयमा जनजातिको नाममा राजनीति गर्नेहरुका गतिविधि हेर्दा देश प्रति जिम्मेवार भएको देखिदैन । साना तिना झुण्ड बनाएर एक नेपालीले अर्काे नेपालीलाई औंला सोझ्याउने प्रवृत्ति न त्याग्ने हो भने न त देशमा शान्ति हुने स्थिति देखिन्छ नत देशले अग्रगामी फड्को मार्नसक्छ । देश र नेपाली जनताको अहित हुने यस्ता अन्तर वस्तुलाई केलाएर जनजातिहरुले आफ्नो र राष्ट्रको पहिचान जोगाउन सक्नुपर्छ । त्यस्तो सत्कार्य गर्न सकिएन भने जनजातिहरुको भविष्य पनि अन्धकार र अन्यौल बन्ने खतरा तर्फ जनजातिको ध्यान जान जरुरी छ ।

« PREV
NEXT »

यसमा तपाइको मत