Latest News

विप्लवको पनि हिरासत

काठमाडौं । ओली सरकारले विप्लव माओवादीको कार्यकर्तालाई धडपकड गरी हिरासतमा राखे । विप्लव माओवादीले पनि सरकारी कर्मचारी सिडीओ वा अन्यलाई पक्रि आफ्नो हिरासतमा राख्न, आफुहरुले पनि हिरासतको स्थापना गरेको विप्लव नेकपामा सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्माले बताएका छन् । उनले आफ्नो नेता कार्यकर्तालाई धडपकड गरे आफुहरुले पनि नछाड्ने चेतावनी समेत दिएका छन् ।
क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला शाखा सल्यानले गरेको कार्यक्रमा बोल्दै विशेष अतिथि विश्वले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखे आफूहरूले पनि हिरासत तयार गरेको चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा कार्यकर्ता पक्राउ गरेर हिरासतमा राख्ने हो भने सिडियो डिएसपी होस वा जनप्रतिनीधिलाई राख्ने हिरासत हामीले पनि बनाएका छौं ।’
ईन्चार्ज विश्वले अहिले सुरक्षा निकायसंग लड्ने भिड्ने योजना भने नभएको प्रष्ट पार्नुभयो । उहाले आफूहरू गलत गतिविधीको विरोधमा मात्रै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हामी सुरक्षा निकायसंग लड्नेभिड्ने कुनै योजना छैन तर दुःख दिए चुप नलाग्ने चेतावनी दिनुभयो । केही स्वार्थ पूरा नभएका मान्छे बाहिरिएर केही फरक नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘केहिले बाहिर हल्ला गर्ने प्रयास गरेका छन् त्यो गलत हो हाम्रो निकटको क्रान्तिकारी पत्रकार संगठन, नेपालको अध्यक्ष प्रकाश डुम्रे जी हो बाँकी कारवाहि परिसकेका ब्यक्ति हुन, परिचालित र स्वार्थ पूरा नहुनेहरू गए केही हुन्न । ईन्चार्ज विश्वले सल्यानमा क्रान्तिकारी पत्रकार संगठनमा केही समस्या नभएको र कार्वाहीमा परेकाको हल्लाको कुनै तुक नभएको बताउनुभयो । उहाँले पार्टीले लगानी गरेको मिडयामा केही अराजकहरूले दुरूपयोग गरेको भन्दै यसलाई छिट्टै ब्यवस्थापन गर्ने स्पष्ट पार्नुभयो ।

« PREV
NEXT »

यसमा तपाइको मत