Latest News

बहुपदीय लहरा बाह्रसिङमा अल्झीए

कालिदास बहादुर राउत क्षेत्री
आम जनताको भाग्यविधाता पार्टीमा निर्वाचित प्रतिनिधिले गर्ने हुनाले हामी बाहेक अदृश्य कोहि हुनसक्छ भने मनस्थिति बुझेका ततप्रवृतिलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न पनि गरे “के तपाईहरु प्रमेश्वरको प्रतिनिधि ?” भनेर खासगरी खृष्टियन कम्युनिष्टहरुलाई एक भेलामा शोधेको प्रश्न यो थियो । काठमाडौंमा एसिया कमिटि बैठकमा चर्काे आलोचना भएपछि कसैकसैले मर्नुभन्दा बौलाउनु निको भनेजस्तै माग वमोजिम स्पष्टिकरण दिइरहँदा कृष्णप्रसाद भट्टराई जस्ता नेताहरु पनि यस्तामा सहभागी हुने गरेको हुँदा हामी(माधवटोली)हुनु अस्वभाविक होइन भनेर लाजपचाएको व्यहोरा सर्वविदितै छ । माफिया तथा खृष्टियन सञ्जालबाट सन्चालित नाममात्रका कम्युनिष्टहरुलाई अध्यारोमा खोलाको बाटो हिडे जस्तै भएको छ । बाहिर सौम्य देखिने भित्र बाटो बिराएर नै हराएका जस्ता । कतिपय कम्युनिष्टले भूमिगतको पर्दाबाट बाहिरिदै गर्दा परिवर्तित युगानुकुलको सिद्धान्त होइन भनेर राजनीति छाडेका दृष्टान्त पनि छन् । प्रधानमन्त्री सम्मको उचाइमा पुगेका बाबुराम भट्टराईले पनि कम्युनिष्ट राजनीति त्यागेर मध्यपन्ति नयाँ राजनीति नयाँ शक्ति नामक पार्टी खोलेर लागे । यसैलनै फ्रान्सबाट शुरु भएको “यलोभेष्ट आन्दोलन” युरोपका विभिन्न देशमा डढेलो झै सल्कीरहेछ । फ्रान्सको म्याक्रो सरकारले ईन्धन, विद्युत् र ग्याँस वितरणमा गरेको मूल्यवृद्धि फिर्ता गरेपनि आन्दोलन सर्वत्र जारी छ । मूल्यवृद्धि फिर्ताबाट उठेको आन्दोलन अब राष्ट्रपति म्याक्रोको राजिनामा सम्म पुगिसकेको छ । तमाम् प्रदर्शनकारीले पहेलोभेष्ट लगाउने गरेकोले आन्दोलनको नामपनि “पहेलो भेष्ट” बनेको छ । लामो समयदेखि युरोपेली देशमा गुम्सेको जनआक्रोसको विष्फोटनको रुपमा लिइएको छ । युरोपेली देशहरुमा तथा समाजमा फराकिलो बन्दै गएको आर्थिक विभेद अन्त्यको मुद्दा उठाउन थालेका छन् । युरोपियन कम्युनिष्ट तथा ईयू आईएनजीओ लगानीको कम्युनिष्ट राजनीति भएको हुँदा नेपालको राजनीतिक पर्यावरण पनि युरोपको जस्तै बनेको भान भैरहेको छ । नेपाल राष्ट्र निर्माणकालमा विगतमा सैन्य लडाकु बनेर युद्धभूमिमा गैरहँदा वीर लडाकुका परिवारलाई जीविकाको निम्ति जागिर स्वरुप विर्ता दिइन्थ्यो, त्यही सुविधा पुरस्कार उपयोगकर्ता शन्नतिलाई शोषक सामन्ति भनियो र कालान्तरमा उन्मुलनका साथै आमुल क्रान्ति भैरहँदा लोकतन्त्र, गणतन्त्र स्थापना भए । यसैक्रममा खालिखुट्टा हिडेर, भतुवा बस्नेहरु हेर्दाहेर्दै ईलाइट वर्ग, नव धनाट्य नयाँ ठालु बनेको जगजाहेरै छ । जनता झन् कंगाल बने । नेपाली जनताको अन्तरविरोध यहीछ । हिजोका सामन्त आफूले शोषण गरेपनि अर्काेलाई शोषण, अन्याय गर्न दिदैनथिए । अहिलेका शोषक, सामन्तहरु आफूले सक्दो चुस्ने, ठुंने गरेर अरुलाई पनि आह्वान गर्ने गर्छन्, यस्ता भित्र “हरी” नहुनेहरु पछि हरिकंगाल बन्छन् भन्ने पुरानो विश्वास छ । नेपालीमा पनि वितीय मतभेद विरोधी आन्दोलन कुनै बहानामा ढिलो चाडो होला भन्ने अपेक्षा छ । फ्रान्सको राष्ट्रपति म्याक्रोलाई धनीको भनेझै नेपालको सरकारलाई पनि धनी कम्युनिष्टको सरकार भनेर उर्लिन सक्छन् । आर्थिक विभेदलाई सम्बोधन गर्ने गरी प्रायोजित समाचार एक थियो “प्रहरीका ८५० कार्यालयमा शौचालय छैनन, तर आईजीपीलाई सवा दुई करोडको बुलेटप्रुफ नयाँ गाडी” भन्ने हेर्दा के लाग्यो भने मौका परेछ भने पुलिसले पनि आन्दोलन गर्ने रहेछन् ।
नेपालमा विगतका पाँच दशकमा सातपटक संविधान फेरीए, सरकार अनगिन्ति पटक फेरीए । यी फेर्ने क्रम अविरल जारी छन । आन्दोलनरत समूहहरु संविधान फेर्ने कसरतमा छन् । संसदमा पुगेका पार्टी तथा प्रतिनिधिहरु सरकार फेर्ने कशरतमा छन् । नेपालको उपलब्धिमूलक समय यस्तै यस्तै काम कुरामा पाँच दशक देखि व्यतित हुँदै आएको छ । यी आफैहरु कुर्लिन्छन् ।
यो सरकारलाई असफल, अलोकप्रिय हुने छुट छैन । पाँच वर्ष भुक्तान गर्नैपर्छ र मनमोहनको जस्तै लोकप्रिय बन्ने पर्छ । उदाहरणीय काम गरेर । शोषण, अत्याचार गर्ने परिमार्जित फर्मुला केछ भने खुब मिलेर भित्री आन्द्रा दुहुने अनि देखावटी रुपमा झगडा गरेकोलाई आफूसँग मिलेकाको मर्मस्थलको जानकारी दिएर प्रहार गराउने अनि काखमा राखेर कोखामा छुरी धस्ने कम्युनिष्टराजनीति हो । कम्युनिष्टले सबैलाई सुखी, समृद्ध बनाउने साइनबोर्ड टांग्दैछन् तर यथार्थमा गरीबी बढेन, अन्याय अत्याचार बढेन भने कम्युनिष्ट राजनीतिले उन्नती नगर्ने हुँदा गरीबी र पीडा प्रकारन्तरले बढाउन छाड्दैनन् । साम्यवादमा नपुगुन्जेलसम्म यो क्रम जारी रहन्छ । हुकुमी प्रथा त्याग्दै सामाजिक प्रणाली कानूनी शासनमा पुगी रहँदापनि यो व्यक्ति भएन त्यो भए हुन्थ्याकी भन्ने धन्धुकारी चहारीमा पुरानै ढाँचामा दगुर्दैछौ । एउटै फाइपलाइनका कुन व्यक्तको अनाप विलाप फरक हुन्छ र । नारा, निति, भाषण उस्तै, उस्तै हो, केप ीओलीलाई बद्लेर प्रचण्डलाई लाउनुपर्छ भन्ने राजनीति खृष्टियन कम्युनिष्ट वृत्तमा चल्न थालेको जस्तो बुझिन्छ । यतिबेला पूर्व राजाले पंक्तिमा केपीओली सँग उचाइमा दाज्ने स्तरका कोही छैनन्, मै हुँ भन्नेहरु सबै पुड्का र घृणित भैसकेका छन् । कम्युनिष्टहरुले सिगान खानेदेखि सिनो खानेसम्मकाको संगठन बनाएका हुन्छन् । संगठनहरुको बलमा दैत्य जस्ता भएका छन् । दुइटा विरालोको बीचमा रोटीको झगडामा बादर इन्साफकर्ता भएजस्तै नेकपा स्थायी समितिको बैठकमा सरकारको विरोध र समर्थनमा केन्द्रीत भएपछि अध्यक्ष पुष्पकमल दाहालले मध्मार्गीको भूमिकामा आफूलाई उभ्याए । बैठकमा कोलाहल मच्चाउनेहरु खृष्टियन कम्युनिष्टहरु थिए पूर्वमाओवादीमा खृष्टिएनको डाईरेक्ट लगानी र एमालेमा एनजीओको गाता बेरेर खृष्टियनको लगानी हुँदै आएको हो । खृष्टियन भन्दा फरक व्यक्तित्व प्रधानमन्त्री भैरहँदा सत्य नभएको हुनसक्छ । त्यसमा पनि सीआईडीको सन्जालले कम्युनिष्ट राजनीति चलाइरहँदा यो सन्जालभन्दा फरकको व्यक्तित्वलाई सीर्आडी र खृष्टिएनले टिकीखान नदिएको बेलाबखत हुँदा सुन्नमतको कदर गर्नै प्रत्यकले केपी ओलीलाई पुरा कार्यकाल पाँच वर्ष टिकाउने भूमिका आआफ्नो ठाउँबाट निभाउनु पर्छ भन्ने उद्घोष गरेका छन् । पार्टीमा बागडोर प्रचण्डमै जाने लक्षण देखिदैन । कोकाहोलो के गरेका छन् भने प्रमुख कार्यकारीको कार्यशैली भएन त्यसैले स्थायी समिति सदस्यहरुले प्रत्यके निर्णय हाम्रो स्वीकृति लिएर गर्नुपर्छ भन्ने व्यपाक दवाव छ । गुटबन्दीका आधारमा चलाइएका षड्यन्त्रमूलक दबाबहरु हुन भन्ने आमअनुभूति छ । प्रधानमन्त्रीको कार्यशैली प्रति साधारण नागरिक सन्तुष्ट छन् । त्यसैले गुठबन्दीको लक्ष्य भनेको जग्गा दलालीले जस्तै दलालको भूमिका निभाउने तथा किनमेलमा जस्तै वार्गेनिङ गर्ने हो गर्दै रहेको बुझिन्छ । संविधानले दिएको ममकर्तव्य जिम्मेवारी पूर्व बहन गर्ननदिनु भनेको पनि संविधान विरोधी आशय देखिन्छ । पन्च र कांग्रेसलाई एमालेले पहिली उछिनेको थियो, कुटनीतिमूलक षड्यन्त्र गर्नमा अहिले प्रचण्ड अग्रस्थानमा देखिदैछन् । माओवादीमा आफूलाई खलनायक मान्नेहरु प्रचण्डसँग पराजित भएर धेरैजना बाबुरामहरु पार्टी नै छाडेर तितरबितर भएको सबैलाई थाहैछ । यसमा पनि खृष्टियन ग्राण्ड डिजाइनको संविधान २०७२ सालमा प्रादुर्भाव भएपछि युरोपियन युनियन गदगद छन् र नेपाली खृष्टियन पनि खुसियालीमा छन् । आईएनजीओ सम्बद्धहरुको निम्ति नेपाललाई खृष्टियन राष्ट्र बनाउन सक्छौ भन्ने उन्माद चढीरहँदा प्रचण्ड माधव प्रवृत्तिहरुको निम्ति घर जलाइसकेपछि खरानीको के दुख भने जस्तै भएको छ । यस्तै परिप्रेक्ष्यमा अर्का अध्यक्ष प्रचण्डले पार्टी बैठकमा उद्घोष गरे ‘पार्टीको निति निर्देशनमा सरकार सन्चालन हुनुपर्छ र पार्टीलेपनि सरकारलाई सहयोग गर्नुपर्छ ।” खृष्टियन प्रवृत्त माधव, झलनाथ, वामदेवहरुले कसैलाई रिझाउन ओलीका  विरुद्ध तीरको प्रहार गरीरहँदा ओली पक्षीयले पार्टी र सरकार बचाउमा खरो उत्रिएका छन् ।
२०७२ को संविधान खृष्टियन र माफियाको मक्सद पुरा हुने खालको भन्दै गर्दा नेकपाको विधिविधान नितिनीयम पनि खृष्टियनमुखी नै हो की भन्ने आशंका उत्पन्न भएको छ । नेपाल लगायतका अन्य देशमा कम्युनिष्ट पार्टी सन्चालनको विधिविधान मिल्दाजुल्दा अनुभूत हून्थ्यो । धर्मनिरपेक्ष नेपाल बनाउने ग्राण्ड डिजाईनमा ०४६ सालको परिवर्तन हुँदै नेपाल र नेपाली हराउन धनापनको राजनीतिले छलांग मार्दै जादा नेकपाको विधानमा बहुपदीय अखेटाहरु श्रृजना भए । कांग्रेसको विधानपनि नेकपाको जस्तै देखिन्छ । बहुपदीय अखेटारुपी लहराहरु बाह्रसिंगेको टाउकामा बेरिन पनि सक्छन् अथवा लतारेर तान्न पनि सक्छ । जानेबुझेको परम्परागत विधि प्रणाली एउटा सहासचिव एवं कहिकहि बढीमा अध्यक्ष रहन्थ्यो । बाँकी सबै सदस्यहरु रहन्थे र कम्युनिष्ट पार्टी टिक्थ्यो–चल्थ्यो । एकातिर “तैरानी मैरानीको भर्ने कुवाको पानी” भनेजस्तै भयो भने अर्काेतिर धेरै बिराला भ एभने मुसा मार्दैन भन्ने कहावत छ । दमन कम्युनिष्ट प्रवृत्त छ, संरचना पूँजीवादी छ । त्यसैले कम्युनिष्ट र पुँजीवादी मिश्रित मध्यपन्थि पार्टी युरोपको जस्तै अनुभूत हुन्छ । पछि पछि बिस्फोटक भएर तेल र पिना दुईतिर हुनसक्छन् । धर्नाको न गरीबको तानातानको मध्यपन्थी पार्टी चलिरहँदा अब हामी बाहेक अरु कोही हुन्नन् आउन्न्, सधावत हाम्रै सत्ता हो स्वनामधन्यहरुले भनीरहँदा उच्चस्तरीय सरकारी वार्ता टोलीले विगत महिनामा द्वन्दरत २३ समूहसँग वार्ता गरेको समाचार आयो वार्ताटोलीका संयोजक कुनै गुप्तचरको नातेदार भराबाट मात्र वार्ता सम्भव भएको होला भनेर अनुमान गर्न सकिन्छ । अचेल एउटा कथन के छ भने क्रान्ति प्रेमी भए नेत्रविक्रम चन्द “विप्लव” पक्षमा लाग, लक्ष्मीप्रेमी भए नेकपामा लाग । अहिले यी दुई एकअर्काका विकल्प देखिएका छन् । नेपालमा द्वन्दरत समूहलाई मूलधारमा ल्याउन भूमिगत अर्ध भूमिगत ४५ समूह मध्य २२ समूहले शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् । तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटक पटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ति सेना नेपाल सम्झौता गर्ने बेलामा सम्पर्कमा आएन । जनतान्त्रिक तराई मुक्तिमोर्चा विवके समूह, जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइन समूह र खम्बुवान मुक्ति मोचा(संयुक्त)ले पेस्तोल, रिभल्वर लगायत ३३ थान हतियार बुझाएको छ । सोमप्रसाद पाण्डे नेतृत्व टोलीले द्वान्दरत ४५ समूह भेटायो भने कांग्रेसका आनन्दप्रसाद ढुंगानाले ९६ समूहलाई भेटेको थियो । कैयौ निष्प्रभावी अस्तित्वहिन छन् । तथापी मुख्य दुईटा समूह सशक्त छन् । प्रकाण्ड लगायत सात नेता र थुप्रै कार्यकर्ता जेलमा थिए । वार्ता संयोजक सोमनाथ पाण्डे भन्छन् मूलधारको राजनीतिमा आउछन् भनेर प्रधानमन्त्रीलाई भनेर छुटाए, उल्टै विप्लवको पार्टीले मात्रै उपयोग गर्यो तथापी मुलुक र जनताको हितमा लागेको पार्टी विप्लवलाई भन्न सकिन्छ । तर आफ्नो देशको विरुद्धमा लागेको पार्टी सीके राउतको हो छुट्टै देशको नक्सा, झण्डा र राष्ट्रिय गान बनाएर हिडेको छ । मधेस नेपाल होइन भन्ने अडियो पनि सुनाउँदै हिडेका छन् । यस्ता राष्ट्र विरोधीसँग कसैले पनि वार्ता गर्नै सक्दैन । विखण्डीनकारी पात्र सीके राउतको नेतृत्वको अभियानमा संसदमा उपस्थित पार्टीहरु कार्यकर्ताहरुले पनि  प्रकारन्तरले साथ दिइरहेका छन् । फेरी पनि नाकाबन्दी हुनसक्छ तसर्थ चीनतिरबाट थोरै भएपनि सामानहरु निरन्तर आयात जारी राख्नु बुद्धिमानी हुनेछ ।
« PREV
NEXT »

यसमा तपाइको मत