Latest News

समावेशी नेताहरुको खल्तीमा

काठमाडौं । चाहे त्यो २००७ सालको नेपाली कांग्रेसको अगुवाइमा होस्, यात १२ वर्षे माओवादी जनयुद्धमा नै किन नहोस् केवल आदिवासी जनजातिको संहार गर्ने काम मात्र भयो ।
पञ्चायती राजले अराष्ट्रियतत्व घोषित, गुटको नेतृत्वमा ‘टिम्बुरबोटे’ जस्ता काण्डहरु भए त्यहाँ पनि आदिवासी कै रगत बग्यो । ‘मधेसे जनअधिकार फोरम’ आइपुग्दासम्मको यो क्रमले निरन्तरता पाएको छ । विदेशी हातहतियार यहाँका भूमिपुत्रहरुका काँधमा भि¥याई, उनीहरुमाथि नै प्रहार गर्दै संहार गर्नेक्रम यथावत छ । इतिहासको पाना पल्टाए यस कुराको जानकारी हुन्छ भने, वर्तमान परिदृश्यले पनि यस कुरालाई नै छर्लंगै गरेको छ ।
त्यसैगरी एवंरितले स्वाभिमानी जनताहरु नियोजन गरिदैछन् । अहिले मुलुक बेथितिले अक्रान्त बनेको छ । जनताको नाममा लोकतन्त्रलाई कुशासन बनाइएको छ । भूमि पुत्रहरु झनै हरेक क्षेत्रमा पीडित बनिरहेकै छन् । लोकतन्त्रको नाममा शिर्ष नेताहरुले मुलुकमा अराजक, कुशासन, विकृति, विसंगती र भ्रष्टाचारको विकास गराएका छन् । नेताहरुको चलखेलको पछिल्लो दृष्टान्त वाइडबडी प्रकरणलाई हेरे पुगी हाल्छ । दुःख लाग्छ, वर्तमान परिप्रेक्ष्यमा पनि आदिवासी जनजातिहरुका लागि मुलुकले उपेक्षा नै गरि रहेको पाइन्छ । यहाँसम्म कि पिछडाइएका वर्ग, क्षेत्र र जातिगत आधारमा उपलब्ध गराइएको भनि छुट्याइएको समावेशीताको सिद्धान्तलाई समेत उपेक्षा गरिएको छ ।
यहाँ प्रश्न उठ्छ के यही हो त जनआन्दोलन २ को भावना र लोकतन्त्रको उपदियता ? नेपालका वर्तमान शासकहरुपनि राणा, शाहकालिन शासकहरुझै मैमत्ता साँढेझै टुक्रिइदैछन् र बुर्कुसी मार्दै अगाडि पछाडि, दायाँ बायाँ जताततै रैफालो मच्याउँदै छन् । यी लोकतान्त्रिक नेताहरुले पनि मुलुकमारा काम मात्र गर्दैछन् । यस्तो लाग्छ, यिनीहरु देश र जनतालाई कम्युचियाको अवस्थामा पुर्याई आदिवासी भूमिपुत्रहरुलाई विस्थापित गराउने रणनीतिमा जुटेका देखिन्छन् । विकसित घटनाक्रमहरुले यही संकेत गरिरहेको छ । भूमिपुत्रहरु मात्र देशभक्त शक्ति भएकाले देशलाई फिजि बनाउनका लागि अनेकौ बहानामा उनीहरुलाई संहार गर्ने क्रमले निरन्तरता पाईरहेको छ । यसतर्फ सम्पूर्ण आदिवासी भूमिपुत्रहरुले गम्भीरताका साथ लिनुपर्छ ।

« PREV
NEXT »

यसमा तपाइको मत