Latest News

राष्ट्रपतिको विरोधमा सडक जाम



काठमाडौं । राजश्री शैलीलाई माथ गर्दै गणतान्त्रिक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीहरुको तडक भडक हेर्दा आम नागरिक खुलेर विरोधमा ओर्लन थालेका छन् ।

कुरो फागुन २१ गतेको हो । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्टहरुको सवारीका लागि साँझ धेरै समयसम्म सडक खाली गराइएकोमा सडकमा चालकहरुले हर्न बजाएर विरोध गर्नुका साथै अवज्ञा गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन(पासाङ) र प्रधानमन्त्री खड्गप्रसाद ओली सेनाले गरेको रात्रीभोजमा सेनाको हेडक्वार्टर भद्रकाली जानेक्रममा धेरै समयसम्म सवारीसाधन रोकीदा सास्ती भोग्नु परेको भन्दा लामबद्ध चालकहरुले यसरी अवज्ञा गरेका हुन् । खानी विभाग लैनचौर, केशरमहल र पुरानो नारायणहिटी दरबारको दक्षिण गेटमा ट्याक्सी लगायत प्राइभेट साधनका चालकहरुले हर्न बजाएर त्यसप्रकारको रवैयाको खुलेरै विरोध गरेका हुन् । 
« PREV
NEXT »

यसमा तपाइको मत