Latest News

गोर्खा सैनिकलाई ललिपफ

लहलहाउँदो जोवानभर ब्रिटीश स्वाधिनताका निमित्त मन, बचन र कर्मद्वारा समर्पित गोर्खाहरु बुढेसकालमा हाता लागे सुन्य मा नै थन्किनु परेको छ । यसरी उमेर भइन्जेल ब्रिटिश स्वाधीनताको निमित्त लडेका गोर्खा सैनिकहरुले समान निवृत्तिभरण, बयस्क आश्रितलाई बिना सर्त आवसीय प्रवेसाज्ञा, ब्रिटिशनागरिक सरह समान सुविधाका सवालहरुमा आवाज उठाउँदै र आन्दोलन गर्दै आइरहेका छन् । तर साम्राज्यवादी ब्रिटिश सरकार मात्र नभएर आदिवासी भूमिपुत्रहरु लाई अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने नेपाल सरकारले समेत ‘मुखमा राम राम बगलीमा छुरा’को शैली अपनाउँदा गोर्खा सैनिक परिवार मर्माहत बनिरहेको अवस्थामा बेलायती सरकारले गोर्खाको हकमा केवल ३४ प्रतिशत पेन्सन वृद्धि गरेर केटा केटीलाई लाली गफ दिएर फकाएझै फकाउन खोजेकोमा गोर्खा सैनिक क्षुब्ध भएका छन् । जबकी गोर्खाहरुले ब्रिटिश सरह समान सुविधाको मुख्य माग राख्दै आइरहेको सर्वविधितै छ । गोर्खाहरुको यस्तो मुख्य र जायज मागहरुलाई आझेलमा पार्न ‘सन् २०१९ बाट अब तेस्रो गोर्खा बटालियन’ स्थापना गर्ने भन्दै गोर्खाली आवाज बन्द गर्ने रणनीति पनि ब्रिटिश सरकारले अख्तियार गरेको बुझिएको छ । 
बेलायतले अब २०१९ बाट तेस्रो गोर्खा बटालियन थप गर्ने भन्दै नेपालीहरुको ब्रिटिश नागरिक सरह समान सुविधा मागलाई ओझेलमा पार्ने खेल खेलेका छन् । 
शताब्दी देखिको लामो सेवा र बलिदानबाट आफ्नो सीप  बहादुरीका लागि गोर्खा सैनिकले विश्वमा कुनै पनि सैनिक शक्तिले हाँसील गर्न नसकेको बहादुरी र सान कमाएका छन् । यही भएर गोर्खालाई धेरै टाढा पनि राख्नु नचाहने र नजिक पनि पर्न नदिने रणनीति अख्तियार गरको साम्राज्यवादी ब्रिटिशले, तेस्रो बटालियन खडा गर्ने सोच बनाएको देखिन्छ । विगत २ सय वर्षभन्दा अघिदेखि बेलायती स्वाधिनताको निमित्त जीवन समर्पित गर्दै आएका बहादुर गोर्खाहरु बीच ‘गोर्खा प्याकेज’को नाममा चारो फयाँक्ने काम गरेको छ । उक्त प्याकेजमा भूतपूर्व गोर्खा पूर्व सैनिकलाई ब्रिटिशले सन् २०१६ को १ जनवरी देखि नै ३४ प्रतिशतसम्मका दरले पेन्सन वृद्धि गरेको छ । 

« PREV
NEXT »

यसमा तपाइको मत