Latest News

एक नं. प्रदेशको नाम किरात नै हुन्छः प्रचण्ड

काठमाडौं । छसस । आदिवासी जनजाति, दलित, उत्पीडित समुदायको काँधमा टेकेर प्रचण्ड कहलाएका पुष्पकमल दाहाल यति बेला शक्तिमा राणाकालका श्री ३ महाराजा र पञ्चायती राजका राजाभन्दा शक्तिमा एक इञ्च पनि कम छैनन् । प्रचण्ड कमरेडले भने ‘अहिले नेपालमा के हुँदैन ? यस्ता व्यक्तिले नै १ नम्बर प्रदेशको नाम अब किरात प्रदेश नै रहने बाचा गरेपछि १ नम्बर प्रदेशलाई किरात प्रदेश हुनबाट कुन माइकालालले रोक्ने आट गर्ला ?
काठमाडौंमा सम्पन्न किरात राई यायोक्खाको एक भेलालाई सम्बोधन गर्दै कमरेड प्रचण्डले– ‘प्रदेश १ को नाम किरात नै रहन्छ, १ नम्बर प्रदेशवासीहरु ढुक्क रहे हुन्छ ।’ भनि उद्घोषण गर्दै उनले थपे ‘नेपालको इतिहास किरात छैन भने त्यो अधुरै रहन्छ । मुलुकको इतिहास र सभ्यता यलम्बरसँग जोडिएको छ ।’ प्रचण्डले भन्दै अगाडि भने ‘किरात शब्द इतिहास सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिएको छ । त्यसैले प्रदेश १ को नामाकरण किरात नै हुन्छ । तपाईहरु ढुक्क रहनुहोस् ।’ भन्दा दर्शक दिर्घाबाट तालिको पर्रा छुटेको थियो ।
वर्तमान नेपालको शक्तिशाली व्यक्तित्व जो राणाकालिन नेपालको जंगबहादुरभन्दा कम शक्तिशाली छैनन्, यस्ता व्यक्तिबाट एक नं. प्रदेशको नाम किरात प्रदेशनै हुन्छ भनि सकेपछि कुरै सकि गयोनि भन्न थालेका छन् पहिचानवादीहरु ।
जनयुद्ध थाल्दा पनि प्रचण्ड कमरेडले जातीय स्वायत्तताको अतिरिक्त लिम्बुवान, खम्बुवान, ताम्सालिङ, मगरात, थारुवान् र कर्णाली स्वायत्ताका कुरा नउठाएको होइनन् । प्रचण्डको यही भनाइलाई आत्मसात गर्दै माओवादीको नेतृत्वमा भएको जनआन्दोलनमा आदिवासी जनजाति, दलित, उत्पीडित समुदाय तछाडमछाड गर्दै होमिए । प्रचण्डहरुका चर्का नारामा जनमुक्ति सेनामा भर्ति भएर हजारौं यूवाहरुले मृत्युवरण गरे फलस्वरुप अहिले नेपालमा संघीयताको जग बसेको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत