Latest News

रंगभेद दिवस औपचारिकतामा सिमित


काठमाडौं । गणतन्त्र घोषणा भएको यतिका दिन बितिसक्दा पनि सामाजिक विभेद, छुवाछुत जस्ता कुरीति उस्तै छ, जतिबेला राणाकाल जमानामा थियो । यस्ता कुरितीको विरुद्ध मानवअधिकारवादी एनजिओ, आईएनजिओहरुले तारे होटलहरुमा  जतिसुकै सेमिनार गरेपनि नेपाली समाजमा यस्ता कुरीति ज्यूका त्यू छन् । यहाँ समाज सेवाको आवरणमा डलर खेती मौलाएको छ भन्ने कुरा विदितै छ । सदियौदेखि विभेदमा पर्दै आएका निमुखाको हित गर्ने नाममा च्याउँ झै यस्ता संघसंस्थाहरु उम्रिएका छन् । सामन्त तथा नवधनाट्य वर्गले विभेदमा परेका जाति जनजाति समुदायको नाम भजाएर आफुहरु उडुस मोटाएझै मोटाइरहेका छन् । यो पटक पनि २१ मार्च अर्थात् २०७५ चैत ७ गते “विश्व जाति तथा रंगभेद उन्मुलन दिवस” यी र यस्तै डलरवादीहरुले तारे होटलहरुमा मनाए जो यसअघिपनि मनाउँदै आएका थिए ।
जातीय उत्थानको नाममा दर्ता गरिएका संघसंस्थाहरुले डलर पचाउने काम मात्र नगरेका भए र भित्रै दिलदेखि छुवाछुत विरुद्ध काम गरेका भए आजसम्म दाता राष्ट्रहरुले छुवाछुत उन्मुलन र जातीय उत्थानको लागि उपलब्ध गराइएका डलरहरु लक्षित समुदायसम्म पुर्याउँने काम गरेका भए जातीय विभेदको तुष त हराउँने थियो थिएन तर सबै दलित उत्पीडित समुदायको जीवनस्तरभने उठिसक्ने थियो विश्लेषण गरिँदैछ । यथार्थमा सेमिनारहरुमा नेताहरु, अधिकारकर्मीहरुले दलित उत्थान र छुवाछुत उन्मुलनको गफ मात्र गर्ने, तर आफै छुवाछुतलाई प्रशय दिने गर्नाले छुवाछुत यथास्थानमा रहेको पाइन्छ । जोसुकैले पनि जातीय विभेद गरेमा त्यस्तालाई कानूनी कार्वाही गर्ने हो भने छुवाछुत केही मत्थर हुनेछ । जातीय विभेद र छुवाछुत अन्त्यका लागि बनेका कानूनलाई अक्षरस व्यवहारमा नउतारेसम्म मुलुकबाट छुवाछुत हराउँने छैन । त्यसैले हदैसम्मको कानूनी कार्वाही नगरेसम्म सभासम्मेलन र खोक्रा भाषणले मात्र छुवाछुतको अन्त्य किमार्थ हुँदैन ।

« PREV
NEXT »

यसमा तपाइको मत