Latest News

कम्युनिष्ट शासन यो नै अन्तिम त हुदैन ?

के.डि.बी राउत
सर्प, विच्छि र भ्यागुतो एकत्रित भए भने एकअर्काको शिकार हुने डरले ती निश्चल हुन्छन् । आकाशमा मेघ गर्जिए झै गर्जिएर गत जेठ ३ गते माओवादी र एमाले मिलेर नेकपा बनेको ११ महिना गुर्जदै छ । तदअनुरुप ती त्रिप्राणीलाई प्रतिकात्मक रुपमा लिँदा कुनै अमुक संस्थाबाट सञ्चालित ओली, दाहाल र नेपालको गुटलाई प्रमुख तीन गुटको संज्ञा दिएका छन् । कबाबमा हड्डीको रुपमा माधव बाहुन प्रयुक्त छन् । यी तीन जना नै बाहुन हुनतापनि आआफ्नो मातृसंस्थाको रिमोटको कारणले नियन्त्रित छन् । यी तीन गुटभित्रबाट एक डेढ दर्जन उपगुट–सहगुट क्रियाशील छन् । गुट भनेको बार्गेनिङ गर्ने जग्गा दलाल जस्तै हो । यिनले पनि गुटको बलमा पद र पैसामा बार्गेनिङ गर्ने हो । अनुकरणीय आचरणमा पार्टी चलेका छैनन् । खासमा भन्ने हो भने पार्टी छैनन् । गुटहरु मात्र छन् । संगठीत बलमा निर्धारित व्यक्तिलाई बसिकृत गरेर कब्जामा राख्ने गरेका छन् । पार्टी गुट तथा संगठनहरु गुप्तचर संजालबाट नियन्त्रीत र संचालित छन् । पार्टी भनेको गुप्तचरको सञ्जाल हो । त्यही संगठीत शक्तिको आश र त्रासमा सर्वसाधारण निरिह नागरिक पछिपछि हिडिरहेका छन् । साधारण नागरिकको भूमिका भनेकै सडकमा जम्मा भएर जिन्दावाद र मुर्दावादको नारा लगाउने हो । जनता भनेको चौरीको हरियो दुवो हुन्, सिआईडी सञ्जालबाट पार्टीको नाममा शीर्षस्थ स्थानमा पुग्नेहरु भनेको त्यही दुवो चर्ने जन्तुहरु घोडाघोडी, रागाभैसी, खशीबाख्रा जस्तै हुन् । यी कुनै पनि जन्तुले चर्ने दुवो नै हो फरक के भने कसले टुप्पो टुप्पो चर्छ, कसले जरै सुद्ध खान्छ, त्यो चै घिचुवा जन्तु हो, विनाशकारी भन्नुपर्ने हुन्छ । पार्टीको नाममा एउटै व्यक्तिले बाचुञ्जेल शासन गरेर भ्रष्टाचार–अत्याचार चलाई रहेका छन् । पार्टीगत विकृति मुख्य यस्तै हुदो रहेछ । यस्ता तत्वले पार्टीगत सिस्टम कल्पवृक्षझै भोग गरिरहेछन्, देश झन् लथालिङ्ग भएको छ । पोलिटब्यूरो अर्थात स्थायीसमिति सदस्य भन्ने पद एउटै व्यक्ति बाचुञ्जले सँधै पार्टीको नाममा शासक रहीरहने पद सिर्जना गरेको हुँदो रहेछ । जुन पद पार्टी पंक्तिका आफैले दलाल बनाएकाहरुले छान्ने–छानिने पद भएकाले पञ्चायत अर्थात निर्दल भन्दा पनि निरंकुश अत्याचारी पद रहेछ भन्ने आम भुक्तभोगीको अनुभव छ ।नेपालको सन्दर्भमा भन्दा सत्तासिन कम्युनिष्टको शासन यसैलाई अन्तिम भन्दैछन् । पदासिन प्रधानमन्त्रीले नै ‘कु’ गर्छन कि आफै ‘कु’ मा पर्छन भन्ने विश्लेषण पनि छ । पूर्व राजा पनि होटल होटलमा भारतीय राजदूतसँग बास बस्दैछन् । एक्कासी सैन्य शासन लाग्ने ऐन बनिसकेकोले जस्तो पनि आशंका गरिदैछ । कुन चाहि नेकपा टिक्ने हो हेर्नुछ । दुई उस्तै उस्तै नेकपा बीच गोली हानाहान सुरु भएको छ । राजनीतिक कताबाट कता छलाङ्ग मार्छ के भन्न सकिन्छ ?
विगतको निर्दलीय व्यवस्थाका सदस्यहरुले तीस वर्ष शासन गरेका थिए, तर पैसा अहिलेको जस्तो थिएन, अहिले त सम्पत्ति रावणको भाई कुवेरको जस्तै थुपारेका छन् । मर्दा सँगै नजाने यो सम्पत्ति नेपाल र स्वीस बैंकमा कहा कहा कसरी राख्छन्, कसरी जान्ने, थाहा पाउने, ढिकुटीमा वापस माग्ने नारा कसरी लगाउने भन्ने छटपटी जनताको छ । पार्टीको नाममा वैधानिक डकैती गर्ने डाकाहरु हुन् । हालका दिनमा नेकपाका गुटबाज तथा माफियाका मेनजेरहरुबीच भागबण्डा नमिलेर तथा अविश्वास बढेर तन मिलेपनि मन मिल्न सकेको छैन । कम्युनिष्टको नाममा निकृष्टहरु राजनीतिका नाममा फोहोरी गिद्ध बनेको दृश्य पनि छ । यी सबै आआफ्ना गुप्तचर संस्थाप्रति बफादार र उत्तरदायी छन् ।  यी तत्वहरु अर्गानिक नभएर रसायनयुक्त भएकाले पार्टी एकताको प्रोसेस ल्याबमा परिक्षण कालमै हुनाले युरोपियन यूनियन९म्ँक्ष्म्० अमेरिकी ऋक्ष्ब् को डलरले दलाल बनाउँछ । अन्ततः फुटाएर मारामार बनाउँछ भन्ने पर्यवेक्षकको विश्लेषण छ । अहिले पनि ‘होली वाइन’ भक्त खिष्टियनहरुको पार्टी एकता सिनेमाको ट्रेलर जस्तो अनुभव भइरहेछ । कुन घटना विशेषले कसलाई उचाई र किनारामा पुर्याउँछ निश्चित हुन्न । भारतले नाकाबन्दी लगाएको बेला तत्कालिन प्रधानमन्त्री ओलीले लिएको अडान र भूमिकाबाट मतदाता प्रसन्न एवं आस्वस्थ भएर एमालेलाई भन्दा पनि ओलीलाई बहुमत दिएका थिए । आगामी दिनमा राजनीतिक खेल कताकता कोल्टिएर कस्तो कस्तो परिणतिमा पुग्ने हो । अमेरिकाले शर्त तेर्साउँदैछ । नेपालका पदाधिकारी एकपछि अर्काे कुनै न कुनै बहाना बनाउँदै धाउँदैछन् । त्यहाँबाट आएको डलरले कस्ता तहल्का मच्चाउने हो सुक्ष्म अध्ययन हुँदैछ ।
नेकपा अध्यक्ष प्रचण्ड आफ्नै धर्मपत्नी सीताको उपचारार्थ अमेरिका पुग्नासाथ ऋक्ष्ब् गुप्तचर सञ्जालले जुलुस प्रदर्शन गरेर १७ हजार नेपाली नागरिकको हत्यारा माथि कारवाही गर्न तुरुन्त गिरफ्तार गर भन्ने दबाब चलिरहेको परिप्रेक्ष्यमा के अनुमान लगाउन सकिन्छ भने ‘होली वाइन’ पंक्तिका युरोपियन यूनियन, नर्वेपटिका धनबाट सञ्चालित कम्युनिष्टहरु अन्तत ऋक्ष्ब् एजेन्ट दलाल झन् उग्र रुपमा बन्छन् भन्ने विश्लेषण छ । नेपालका पार्टीहरु आइन्दा भारतीय लबि, चाइनिज लबि, इयू तथा अमेरिकी लबिमा प्रष्ट विभक्त हुन्छन् र तीनका प्रष्ट दलालका रुपमा प्रस्तुत हुन्छन् । नेकपा संस्थापक पुष्पलालको जिवितकालमा पन िचिनले नेपाली कम्युनिष्टलाई इण्डियन कम्युनिष्ट भनेर विश्वास गर्दैनथ्यो र सहयोग लेउ र दिइरहन्छौ, तर थोरै बढी इण्डियासँगै लिने गर भन्थ्यो, अब चाहि कस्तो रणनीति लिन्छ कसरी भन्ने ?

« PREV
NEXT »

यसमा तपाइको मत