Latest News

छुवाछुत ज्यूका त्यू

काठमाडौं । जातीय विभेद जस्ता कुरिती उन्मूलनको नाममा यो पटक पनि नेपालले २१ मार्चका दिन “विश्व जाति तथा रंगभेद उन्मूलन दिवस’ तारे होटलहरुमा जातीय उत्थान र छुवाछुत उन्मूलनको नाममा खोलिएको संघसंस्थाहरुले मनाए, डलर पचाउने काम गरे । यदी यी संघसंस्थाहरुले डलर पचाउने काम मात्र नगरेका भए र यथार्थतामा छुवाछुत विरुद्ध काम गरेका भए, आजसम्म केही हदसम्म मुलुकमा छुवाछुत जस्ता जघन्य सामाजिक कुरिती केही मत्थर हुने थियो । तर नेपालमा छुवाछुत जातीय असमानता उस्तै छ, जस्तो अबस्था श्री ३ राणाकालमा हुने गथ्र्याे । यस्तो अवस्था अहिलेसम्म पनि नेपाली समाजमा विद्यमान रहेको निम्न समाचारले नै पुष्टि गर्दछ ।
समाचार अनुसार बारा परवानीपुरमा आयोजित विष्णु महायज्ञमा, जातीय विभेद र छुवाछुत जस्ता जघन्य अपराध टड्कारो रुपमा देखापरेको छ । सो महायत्रको तयारी गर्ने क्रममा संलग्न स्थानीय कथित दलितहरुले मण्डप बनाउने देखि लिएर सफाई गर्नै जस्ता सम्पूर्ण काम दलितलाई गराइयो । यति मात्र होइन प्रत्येक दलित परिवारबाट चन्दा समेत असुल गरियो । तर उद्घाटन पूजामा, छुवाछुतको रंग भर्ने काम गर्दै स्थानीय ३५ घरधुरी भएका दलित समुदायलाई बस्न त के मण्डपमा प्रवेशसम्म गर्न दिइएन । के यो छुवाछुत र जातीय विभेदको पराकाष्ठ होइन र ?

« PREV
NEXT »

यसमा तपाइको मत