यता खाद्यसामग्रीको भाउँले सगरमाथा चुमेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलयको अनुसार अहिले ७ महिनायता अधिकांश खाद्य वस्तुको भाउँमा वृद्धि भएको छ । उक्त कार्यलयको तथ्यांक अनुसार चिउरा, दाल, तोरीको तेल, मासुलगायतको मुल्य प्रतिकिलो २० रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ । नियमनकारी निकायको उपस्थिति बजारमा नहुँदा अधिकांश दैनिक उपभोग्य बस्तुको भाउ वृद्धि भएको बताइन्छ । पछिल्लो समय मैदा, आटालगायतका मूल्य पनि अस्वभाविक ढंगले बढेको पाइन्छ । प्रतिकिलो ४० रुपैयाँमा पाइने आटा अहिले ५५ रुपैयाँ, ४५ रुपैयाँ पर्ने मैदा ६० रुपैया, ६० रुपैया पर्ने सुजिका भाउँ वृद्धिसँगै ७५ रुपैया पुगेको उपभोक्ता संरक्षण विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार मासको दाल १५ रुपैया बढेर १०५ रुपैया, मुगी १० रु बढेर १३५, ५५ रुपैयामा पाउदै गरेको सेतो केराउको भाउ ७० रुपैयामा किनबेच भइरहेको छ । यसरी बजारभाउ अस्वभाविक ढंगले बढ्दा पनि सरकारी अनुगमन कारी निकाय भने गालामा हात राखेर निदाई रहेको देखिन्छन् । खाद्यान्नको भाउँ नियन्त्रण गर्न नसक्ने सरकारका प्रधानमन्त्रीले देउवाले भनेझै गफ हाँकेर र उखान टुक्का छाँटेर मात्र देश बन्ने भए नेपाली जनताले यति साह्रो हण्डर खेप्नु पर्ने नै थिएन ।
उखान टुक्काले पेट भरिन्न

Social Buttons