Latest News

‘आदिवासीहरु जनजाति होइनन्’

गोपाल छाङ्छा राई

काठमाडौं । छहरा साप्ताहिक । नेपालको सन्दर्भमा जनजाति भन्ने शब्दबारे बहस टुंगोमा पुग्न सकेको छैन । व्यक्ति–व्यक्ति बीच आ–आफ्नै प्रकारका तर्क पेस गर्ने काम भइरहेको छ, यसले गर्दा नेपालका जनजाति को हुन्, को होइनन् भन्ने अन्यौल अझै हट्न सकेको छैन । नेपालमा ‘जनजाति’ शब्दको व्यापकता प्रजातन्त्रको पुर्नस्थापनाको साथसाथै भएको हो । जनजाति शब्द २०४० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोष’ भन्ने ग्रन्थमा उल्लेख भएको पाइन्छ । त्यसबेला नेपाली बृहत शब्दकोषका विद्वान लेखक तथा सम्पादक मण्डलले कुन कुरा र के आधारलाई मानेर हो ‘जनजाति’ शब्दको यसरी अर्थ लगाएका थिए । उक्त शब्दकोषमा जनजाति भन्नाले भनिएको छ– ‘जंगल फाँडेर, खनी खोस्री बाली लगाई खाने, नागा, कोचे, कुसुण्डा जस्ता देखिने, शिक्षदिक्षा पटक्कै नपाएका, पछौटे जाति वा कुनै जनपदको मानव समुदाय भन्ने अर्थ लाग्छ भनिएको छ । (नेपाली बृहत् शब्दकोष, पृष्ठ–४६९)’ । जनजाति सम्बन्धी उक्त शब्दकोषले उल्लेख गरेको परिभाषालाई हेर्ने हो भने अपवादका केही जातभन्दा बाहेकका अन्य जातहरु सबै नै ‘जनजाति’ हुँदै होइनन् र हुनै सक्दैनन् पनि । वर्तमान अवस्थामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत जनजातिहरुमध्येका अधिकांशको बारेमा भन्नुपर्दा शिक्षा र सभ्यतामा निकै अगाडि नै देखिन्छन् । त्यसका अलावा नजिकको परिवेशसँग प्रभावित नहुने जात भनेको त अपवादमा रहेको १÷२ जातभन्दा अन्य छदैछैनन् भने हुन्छ । त्यसैले यस परिभाषा अन्र्तगत नै रहेर भन्नुपर्दा नेपालमा जनजातिहरु १÷२ जाति बाहेक अन्य छँदै छैनन् । दोस्रो यसै बृहत शब्दकोष भित्रको ‘जनजाति’ शब्दको अर्थले २०४० सालमा प्रकाशित भएको यस बृहत शब्दकोष भित्रको ‘जनजाति’ शब्दको अर्थले २०४० सालबाट नै बिखण्डन र मुलवासीहरुलाई फुट पार्ने कार्य गरेको देखिन्छ । कसैले आफुलाई ‘जनजाति’ हो भन्न थाले भने कतिपयले हामी जनजाति होइनौ भन्न थाले । यसै विभाजन भएको अवस्थामा नै २०४७ को संविधानले यस शब्दलाई अपनायो, जसले अझ जनजातिहरु भित्र ठूलै खैलाबैला मच्यायो पनि । खैलाबैला हुनेक्रममा नेवारी जाति की जनजाति ? भन्ने बारेमा अतिनै विवादीत विषय हुन पुगेको थियो । सो विवादले नेवारी ‘जनजाति’ होइन भन्ने ठहर समेत गर्यो तर पनि नेवारलाई ‘जनजाति’को सूचिबाट हटाइएन ।
विज्ञहरुका अनुसार आदिवासी भूमिपुत्र जसको मौलिक इतिहास गौरवशाली गाथा र आफ्नै भूभाग छ, उनीहरुलाई षड्यन्त्रपूर्ण तवरबाट २०४० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत शब्दकोषमा उल्लेख गरिए अनुसारनै यहाँका मूलवासीहरुलाई कहि केही नभएका फिरंगी बञ्जाराझै बनाइए । २०५६ सालमा गठीत सन्तबहादुर गुरुङ्ग नेतृत्वको कार्यदलले नेपालका भूमिपुत्रहरुलाई ‘जनजाति’ परिभाषा भित्र पार्दै भूमिपुत्रहरुलाई बञ्जारा र फिरङ्गी झै कही कतै केही नभएको समुदायसँगै तुलना गरेर आदिवासीहरुको गौरवशाली ईतिहास माथि धावा बोल्ने काम गरेको पाइन्छ । यस्तो घोर षड्यन्त्रको भण्डाफोर गर्न आदिवासी भूमिपुत्रहरु आन्दोलित भई आ–आफ्नो नैसर्गिक हक, हित र अधिकार प्राप्त गर्नु परेको कुरालाई छहराले विगत देखिन् आवाज उठाउँदै आएको हो नकि कुनै व्यक्ति विशेषको विरोध ।
माथि उल्लेख गरिएको परिभाषालाई हेर्ने हो भने राई, लिम्बू, गुरुङ्ग, थारु, मगर लगायतका जातहरु जनजातिभित्र पर्दै पर्दैनन् । माथि उल्लेखित गरिएको जातहरु ‘जनजाति’ शब्दको अर्थभित्र नपर्ने भएतापनि जनजाति शब्दमाथि राजनीति गर्नेहरुले बलजफती मूलवासीहरुलाई ‘जनजातिभित्र’ राख्ने गरको पाइन्छ । यदी होइन भने को कसैले पनि आफुलाई असम्भव, शिक्षित, नजिकको परिवेशसँग घुलमिल नभएको तथा नागाजस्ता अत्यन्तै सभ्यताविहिन ठान्दैनन् । बुझ्नेले बुझेर र नबुझ्ने नबुझेरै यसबारे शब्द ओकल्न सकेको देखिदैन । जनजातिको शब्दार्थ त अगाडि नै आइसकेको छ । अब जनजातिभित्र को को कुन कारणले कसरी पर्छन् ? भन्ने कुरामा २०४८ सालको संविधानमा उल्लेख गरिएको जनजाति शब्दले नओकलेकै कारणले र २०४८ सालदेखि नै यसबारे व्यापक चर्चा परिचर्चा हुन थालेपछि तत्कालिन श्री ५ को सरकारले २०५६ सालमा एक कार्यदल गठन गर्यो । जनजाति उत्थान प्रतिष्ठान कार्यदल । यस कार्यदलमा संयोजक सन्तबहादुर गुरुङ तथा सदस्यतामा डा.कृष्ण भट्टचन रहनुभएको थियो । सो कार्यदलले दिएको अर्थ र तर्कहिन विश्वमान्यता विपरित परिभाषा अनुसार–
–आफ्नो सांस्कृतिक पहिचान भएको
–आफ्नै परम्परागत भाषा, धर्म, रितिरिवाज र संस्कृति भएको
–समानतामा आधारित सामाजिक संरचना भएको
–परम्परागत छुट्टै भौगोलिक क्षेत्र भएको
–लिखित या अलिखित इतिहास भएको
–वर्तमान नेपालको राजनीति र राज्यसंरचनामा निर्णायक भूमिका नभएका
–नेपालमा आदिवासी आफुलाई जनजाति भन्ने र हिन्दू वर्णश्रम व्यवस्था अन्र्तगत नपर्ने समुदाय हो भनि परिभाषित गरिएको छ ।
यसरी जनजातिको बारेमा अहिले पनि बहस यथावत् छन् । जनजाति भन्ने शब्दको अर्थ केलाउँदै जाने हो भने यदि नेपाली भाषा संस्कृति भाषालाई एक पटक फर्केर हेर्नुपर्ने हुन्छ । जनजाति शब्दलाई पदवियोग गरेर हेर्नुपर्ने हुन्छ ।
जन शब्द संस्कृति शब्द हो भय शब्दको अर्थ मनुष्य वा मानव भन्ने बुझाउँछ । यी दुवै शब्दलाई पदयोग गरेर हेर्ने हो भने मानव समुदाय भन्ने बुझाउँछ । यसरी हेर्दा जनजाति भन्नाले सबै मानव समुदायलाई बुझाउँछ । तर यहाँ जनजाति शब्दमाथि अव्यवहारिक रुपमा राजनीति भइरहेको छ । जो निन्दनीय छ ।

« PREV
NEXT »

यसमा तपाइको मत