आश्रमबाट गायब पारीएको भनिएका सञ्चलाल वाइवा लगायतको खोजिका लागि प्रहरी टोलीलाई सातादिन अघि देखि नै, त्यसतर्फ खटाइ सकेको प्रहरी स्रोतद्वारा थाहा हुन आएको छ । रामबहादुर बमजनको आश्रमबाट सञ्चलाल सहित अन्य तीन आनी वेपत्ता भएको र यसमा बमजनकै संलग्नता रहेको भनि प्रहरीमा निवेदन परेको देखिन्छ । यतिमात्र नभएर रामबहादुर बमजनको आश्रमबाट विदेशी महिलाहरुपनि यौन दुराचारको शिकार बनेको समाचार सेलाउन नपाउँदै आनी बन्न आश्रम भित्रिइएका फूलमाया रुम्बा र अर्का एक कर्मा वाइबा लगायत व्यक्ति पनि बमजनको आश्रमबाट आश्चार्यजनक रुपबाट बेपत्ता भएको छन् भनिन्छ । आफुलाई महासम्बोधी बताउन रुचाउने लिटिलबुद्ध उर्फ रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनिमाथि कडा छानबिन गर्न सम्बन्धित निकाय समक्ष माग राख्दै आएका छन् । यसका अतिरिक्त बाँडेगाउँको बमजन आश्रममा सञ्चलालको हत्या भएको दावी गर्दै सञ्चलालका छोरा महेन्द्र वाइवाले प्रहरीमा उजुरी दिएपछि आश्रममा सञ्चलालको शब गाडिएको हुनसक्ने अनुमान लगाउँदै शब खोजीका लागि विज्ञ टोली, उपकरण र तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिएको प्रहरी स्रोतबाट थाहा भएको छ ।
लिटिल बुद्धको आश्रममा छापा –शबको खोजी

Social Buttons