काठमाडौं । पूर्व न्यायधीश गौरी बहादुर कार्कीले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरण बारे लेखा समितिद्वारा गठित उपसमितिको प्रतिवेदन भूईमा खस्न नपाउँदै सरकारले हतास मनस्थितिबस हतारमा जाँचबुझ आयोग गठन गरेर दुनियाँ चकित पारेको टिप्पणी गर्दै भनेका छन् ‘भ्रष्टचार छानविन तथा जाँचबुझ गर्ने काम सरकार वा जाँचबुझ आयोगको होइन, आन्तरिक रुपमा प्रशासकीय तवरले सरकारले प्रारम्भिक जाचबुझमात्र गराउने हैसियत राख्दछ तर उसले भ्रष्टाचारमा कुनै पनि प्रकारको कानूनी कारवाही चलाउँन सक्दैन । खास गरेर सरकारले यस्ता मुद्दा हेर्ने होइन, भ्रष्टाचार वापत अनुसन्धान र कानूनी कारवाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने हो । संविधानतः भ्रष्टाचार अनुसन्धान गर्ने अधिकार अख्तियारले मात्र पाएको छ । सरकारलाई त्यस्तो अधिकार नै छैन । त्यसैले यो जाचबुझ आयोग औचित्यहिन छ ।’
यसमा तपाइको मत
Social Buttons