Latest News

वाइडबडी प्रकरण छेकेर छेकिन्न –भट्टराई


काठमाडौं । निगमले किनेका दुइटा वाइडबडी विमानको विवादले शीखर चुमेको छ । यसको छानवीन गर्न गठीत संसदीय लेखासमिति अन्र्तगतको उपसमितिले बुधवार पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीहरु, जीवन बहादुर शाही र जितेन्द्र नारायण देव तथा बहालवाला २ सचिव सहित नीगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतका व्यक्तिहरुलाई दोषी देखाउँदै, कार्वाहीको माग गरेको छ । 

यो प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेपछि यसबारे तर्क वितर्क र बहस सुरु भएको छ । 
यस सवालमा पूर्व प्रम तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मन्त्री अधिकारीलगायतलाई ईंगीत गर्दै नैतिकताको आधारमा राजिनामा दिन सुझाएका छन् । ‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको’ यो जनवादी गीत जस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजेपनि छोपिन्न । सिधै निर्मातासँग नकिनि नक्कली कम्पनी खडा गरेबाटै ‘दालमा कालो’ देखिएको छ । त्यसपछि त नैतिकता हुनेले राजिनामा दिउन, नहुनेहरु गलहत्याइयुन्, जो मर्जी भन्दै डा.भट्टराईले १५ सय घुस लिने खरिदारलाई वाहवाही कमाउन खोज्ने, तर अर्बाै भ्रष्टाचार गर्नेहरुलाई देखेझै, नदेखेजस्तो, सुने पनि नसुने जस्तो गरेर बुझ पचाउने अख्तियार पनि सरकारको नूनको सोझो गरिरहेकोमा खेद जनाएका छन् । 

« PREV
NEXT »

यसमा तपाइको मत