Latest News

राज्यले कसैलाई काखा कसैलाई पाखा गर्नु हुन्न

गोपाल छाङछा राई
जनयुद्ध र जनयुद्ध दबाउने नाममा मृत्युवरण हुन पुगेका जनजातिहरु अझै पहिचान कै खातिर लड्नु परिरहेको छ । विगतमा आदिवासी जनजातिप्रति रचिइएका घिनौना रचनाहरु, ब्राह्मणवादी खेलहरु नखेली राज्यले सही रुपमा मूल्यांकन गर्दै अगाडि नबढे देशकै खातिर घातक सिद्ध हुने कुरा निर्वीवाद छ । प्रचण्ड कमरेडहरुले साँच्चिनै आफूहरुलाई जनता र देशको निमित्त संघर्ष गरेको सगौरव प्रस्तुत गर्न चाहन्छन् भने, जनयुद्धताका कबोल गरेका सवालहरुलाई अक्षरस पालना गर्नुपर्दछ । तर प्रचण्ड कमरेडको अध्यक्षतामा रहेको नेकपा नै दुई तिहाई बहुमतको सरकारमा आसीन रहँदा समेत जनयुद्धताका घोषित कुनै पनि मुद्दाको सम्बोधन भएको पाइएन ।
जनताको प्रत्यक्ष सरकोकारका सवालसँग सम्बन्धित मुद्दाहरुलाई भन्दा, निहित स्वार्थ सिद्ध गर्ने सवालमा सरकार दत्तचित्त रहेको देखिन्छ । अहिले जनजाति राजनीतिक पार्टीहरु र विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुको मागी खाने भाडो भएको छ । झुटो आश्वासन र केही चिचिपापा देखाएर आआफ्नो स्वार्थी पूर्ति गर्न तम्सिएका छन् । धेरै व्यक्तिहरु संघसंस्था र राजनैतिक पार्टीहरु र नेपाली जनता आदिवासी संघसंस्था र राजनीतिक पार्टीहरु । नेपाली जनता आदिवासी भूमिपुत्रहरुलाई कुनै आश्वासन, भाषण र राजनीतिक पद चाहिएकोहोइन । उनीहरुलाई त शिक्षा रोजगार, भाषा, पहिचान, धर्म, कला र संस्कृतिप्रति समानधिकार चाहिएको छ भन्ने कुरा बुझ्नुपर्दछ देश चलाउने ठेकेदारहरुले । यदी आदिवासीहरुलाई सँधै यसरीनै रणभुल्लमा पारियो र वास्तविकताभन्दा टाढा राखियो भने प्रतित्पादन हुन सक्छ र राष्ट्रलाई नै क्षति हुन सक्दछ भन्ने राज्यले सोच्नु पर्दछ । यो खबरदारी त्यसको लागि पनि हो । यदी हामी देश बाचोस भन्ने चाहान्छौ । शान्तिको अग्रदुत बुद्धको देश सँधै शान्तिप्रिय होस् भन्ने चाहन्छौ भने स्वतन्त्र नेपाली भएर बाच्न चाहान्छौ भने, क्षेत्री, बाहुन, आदिवासी, हिमाली, पहाडी, मधेसी एक वर्गले मात्र होइन समग्रले कसैको लहलहैमा नलागी व्यक्तिगत स्वार्थभन्दा एक इन्च माथि उठेर आफ्नै बुद्धि, विवेक, श्रम, स्रोत र साधनले आफ्नो देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रविधिलाई उठान गर्न सक्नुपर्दछ । आफ्नो कमजोरी देखाएर कुनै पनि जातजातिलाई मागि खाने भाडोको रुपमा प्रयोग गरिनु हुँदैन । 

« PREV
NEXT »

यसमा तपाइको मत