काठमाडौं । एकैदिन तीन सरकारी निकायले जारी गरेको सूचना तथा विज्ञप्तिमा गम्भीर खालका तीन गल्ती गरेका छन् । सरकारी मुखपत्र गोरखापत्र दैनिकले निकालेको वस्तुगत प्रश्नोत्तरमा गम्भीर त्रुटी देखियो भने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा त झन् देशकै बेइज्जत गर्ने खालको गम्भीर प्रकृतिको गल्ती देखियो । यस्तै अर्को सरकारी निकाय यातायात व्यवस्था कार्यालयले पनि उस्तै गल्ती दोहो¥याइएको देखियो ।
गोरखापत्र दैनिकले निकालेको बस्तुगत प्रश्नोत्तरको २१ नम्बरमा थाइल्याण्डमा सम्पन्न शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस् च्याम्पियनसीप नेपालका महेश्वर महर्जनले जितेको उल्लेख छ । यो सही नै भएपनि सोही प्रश्नोत्तरमा– प्रतियोगितामा विक्रम बराल फस्ट रनरअप, सुमित पाठक सेकेण्ड रनरअप र अस्मिता अधिकारी थर्ड रनरअप भएको उल्लेख गरिएको छ । जवकी विक्रम, सुमित र अस्मिता नेपाल आइडलका प्रतियोगि हुन् ।
यो भन्दा अति नै गम्भीर कुटनीतिक नियोग र देशकै शिर झुक्ने खालको अर्काे गम्भीर गल्ती इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई सन्देश पठाएको भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर झनै अर्काे गल्ती दोहोर्यायो । यो अति नै खेद जनक विषय त हुँदै हो कर्मचारी प्रशासनको चरम लापरवाही पनि हो ।
यता यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र बागमती कार्यालयले पनि त्यस्तै गलत सूचना निकालेको पाइएको छ । सर्भरको लिंकमा समस्या आएकाले सेवा अवरुद्ध हुन पुगेका हुनुपर्नेमा कार्यालयको सूचनामा ‘लिङ्ग’ शब्द उल्लेख भएको छ ।
मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीको ट्वीटको विषयमा विज्ञप्ति निकालिएको भन्दै सामाजिक सञ्जालमा अझैं अनेकन टिकाटिप्पणी भइरहेको अवस्थामा परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्याभण्डारीका तर्फबाट इन्डोनेसियाली समकक्षीलाई पठाइएको शोक सन्देशमा भूलवश बधाई हुन गएकोमा यसको लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइएको भनिएको छ । परराष्ट्र मन्त्रालयको दक्षिण पूर्वी एसिया तथा प्रशान्त महाशाखाका कर्मचारीले विज्ञप्ति तयार पारेका हुन भनि मन्त्रि प्रदिप ज्ञवालीको निजी सचिवालयद्वारा जानकारी दिइएको छ । जानकारी अनुसार गलत शब्द लेख्ने कर्मचारीलाई स्पष्टिकरण समेत सोधिएको छ । इन्डोनेसियामा सुनामीका कारण जनधनको ठूलो क्षति भएको घटनामा राष्ट्रपति भण्डारीले समवेदना व्यक्त गर्दै बुधबार इन्डोनेसियाली राष्ट्रपति डोकोबिडोडोलाई शोक सन्देश पठाएकी थिइन् । सन्देशमा समवेदना हुनुपर्नेमा बधाइ राखिएको थियो ।





Social Buttons