सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको जेष्ठताको वरियता सार्वजनिक गरेको छ । कर्मचारी समायोजनको प्रक्रियामा रहेको मन्त्रालयले प्रशासन समुहतर्फका सह सचिवहरुको बरियताक्रम सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको बरियता क्रममा भ्रष्टाचारको आरोप लागेका निज सह सचिव चूडामणि शर्माको नाम पहिलो नम्बरमा राखेर माथिको उदाहरणलाई थप पुष्टि गरेको छ ।
उता पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार गरेको आरोपमा जेल यात्रा गरिरहेका छन् भने चिनिया गुप्तचर प्रमुख तथा पूर्व उपमन्त्री समेत रहेका माजियान भ्रष्टाचार गरेकै आरोपमा आजीवन कारावासमा परेका छन् । सन् २०१५ मा माजियान माथि अनुसन्धान सुरु गरिएको थियो । त्यसको एक वर्षपछि उनलाई कम्युनिष्ट पार्टीबाट निष्काषित गरिएको थियो । चिनिया संचार माध्यमका अनुसार उनले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । यसरी चिनिया कम्युनिष्ट पार्टीका राष्ट्रपति सिको भ्रष्टाचार विरुद्धको कडा नीतिको कारण सयौं उच्चपदस्थ अधिकारीहरुलाई यसरी जेल सजाय दिइएको छ भने नेपालका कम्युनिष्ट पार्टीका अध्यक्षद्वय तथा सरकार प्रमुखले भ्रष्टचारीहरुलाई उच्च सम्मानकासाथ चुडामणि शर्मा लगायतलाई शिखरमा पुर्याउँने काम गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीमा भिन्नता यही नै रहेको छ । लौ भन्नुस नयाँ नेपालको विजारोपण यसरी नै होला ?





Social Buttons