Latest News

“किरात याक्थुङ चुम्लुङ”को बिरोध किन ?

सागर केरुङ
बिक्रम सम्बत २०४६ सालमा स्थापना भएको सम्पुर्ण लिम्बूरयाक्थुङ जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङले स्थापनाकालदेखि नै लिम्बूहरुको भाषा, लिपि, धर्म, संस्कार–संस्कृतिको क्षेत्रमा काम गर्दै आएको सर्वबिदितै छ । शिक्षा क्षेत्रमा आनिपान निर्माण देखि पठनपाठन सम्मको कार्यहरु गर्दै आएको छ । २०६२÷६३ को जनआन्दोलन पश्चात् संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत अरुणपुर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनार्थ कृयाशिल छ ! यस परिवेसमा राज्यले पटकपटक आक्रमण गर्दै आएको छ । पछिल्लो चरण राज्य असफल भएपछि केही लिम्बूहरु नै विभिन्न नाम, धर्म यो वा त्यो को नामा किरात याक्थुङ चुम्लुङको बिरुद्धमा उत्रीन थालेका छन । अहिले प्रदेश नामांकरण, युमा साम्यो, थेबा साम्यो, संस्कार संस्कृतिको बखेडा झिकेर सामानान्तर चुम्लुङ सम्मका अभ्यासहरु भइरहेको छ । यो मानेमा नेपाल सरकार सफल देखिदैछ । तर, लिम्बूहरुले किन गर्छन त किरात याक्थुङ चुम्लुङको बिरोध ?
यस्ता छन कारणहरुः
ड्ड नेपालको एकात्मक संविधान कार्यनयन गर्नः
नेपालको संविधान २०७२ ले संघीयतालाई कमजोर बनाउन धारा २७६ ले संघहरुको सन्धि वा सम्झौता गर्ने अधिकारबाट बन्चित गरि अन्तर्राष्ट्रिय हैसियत सुन्य बनाएको छ । धारा १२७ ले न्यायिक अधिकारबाट बन्चितगरि एकात्मक न्यायपालिकालाई मान्यता दिएको छ । धारा २०३ ले आर्थिक प्रतिबन्द लगाएको यो धाराले प्रदेशलाई कर लगाउन उठाउन, ऋण लिन र जमानत दिन रोक लगाएको छ र केन्द्रले नै गर्ने भनेको छ । धारा १७६ (६) ले व्यवस्थापिकीय अधिकारबाट समेत बन्देज लगाएको छ । संघ को कानुन बमोजिम हुने भनि आफ्नो लागि कानुन बनाउन समेत बन्देज लागेको छ । संविधानको अनुसूची ४, ५, ६, ७, ८ र ९ ले संघीयतालाई संघीय अधिकार बाट बन्चित गरेको छ ।
संविधानको ५१ ञ (८) मा आदिवासी जनजातिले पहिचानसहित सम्मानपुर्वक बांच्न पाउने अधिकार अवसर तथा लाभ, निर्णयहरुमा सहभागी हुन पाउने अधिकारलाइ निर्देशक सिद्धान्तमा राखी अर्थहिन बनाएको छ । यो अधिकारको हनन भएमा अदालतमा प्रश्न उठाउन नपाउने धारा(५५) ब्यवस्था गरि पहिचान, प्रतिष्ठा र राजनितिक अधिकार जस्तो संबेदनसिल मौलिक अधिकारलाइ कुण्ठित गरेको छ । यो संविधानको विरुद्दमा किरात याक्थुङ चुम्लुङ कृयाशिल ढंगले लागिपरेको छ ! त्यसैले राज्यले अर्को लिम्बूहरुलाइ प्रयोग गरेर अर्को चुम्लुङ खोल्न लगाउँदै छ ।
ड्ड लिम्बुवान आन्दोलनमा भएका उतरचडावको रिस पोख्नः
लिम्बुवान आन्दोलनको क्रममा केही ज्यादतिहरु भएका छन ! लिम्बुवान भोलेन्टियर्स (ी।ख्।)हरुले बिध्यालयमा नियमित पठनपाठन नगर्ने केही शिक्षकहरुलाइ,केही भ्रष्टाचारीहरुलाइ कार्वाही गरेको थियो । चुम्लुङ्ले पनि लिम्बुवान आन्दोलनलाइ सहयोग गरेको भनेर केही लिम्बू शिक्षकहरु युमा साम्योको नाममा किरात र किरात याक्थुङ चुलुङ बिरुद्द कागिपरेका छन । अर्को दशवर्षे जनयुद्धमा कमाउन पल्केका लिम्बुवान आन्दोलनमा केही कमाइ हुन्छ भनेर लागेकाहरुलाइ पार्टीले कार्वाही गर्यो । तत्कालिन लिम्बुवानका पान्थर जिल्ला अध्यक्ष सागर केरुङले कार्वाही गरेकाहरु सबै युमा साम्यो भएका छन । बिक्रम सम्बत २०७२ साल असोज ६ गते नेपालको पस्चागामी संविधानको विरुद्धमा चुम्लुङको नेत्रुत्वमा संयुक्त लिम्बुवान मोर्चाको कार्यक्रममा फेदेनस्थित लिम्बुवान गेटको छेउमा रहेको कार्यक्रमको मञ्च तिनै लिम्बूहरुले भत्काए, कुर्सिहरु सबै फोडे, तिर्पालहरु च्याते, तिनै लिम्बुहरु आज युमा साम्यो भनेर अर्को तरिकाले आक्रमण गरिरहेका छन । किरात याक्थुङ चुम्लुङले धर्मनिरपेक्षताको पक्षमा, लिम्बुवान स्वायत्तताको पक्षमा लिम्बुवान चाहाने पार्टी र संघसंस्थाहरुलाइ एकैठाउँ बनाएर संयुक्त लिम्बुवान मोर्चा, संयुक्त लिम्बुवान संघर्ष समिती बनाएर लिम्बुवानको लागि साझा आन्दोलन उठाउनु नै राज्यको लागि ठूलो चुनौती बन्यो, यसका बिरुद्द अहिले लिम्बूहरुलाइ नै प्रयोग गरिरहेको छ । त्यसैले पनि अहिले किरात धर्म मान्ने लिम्बुवानका नेता कार्यकर्ताहरुलाइ मात्र सामाजिक सन्जालमा बिरोध गरिनेछ ! काङ्ग्रेस कम्युनिस्टका लिम्बूहरुलाइ हहोइन ।
ड्ड लिम्बूहरुलाइ धार्मिक, भाषिक र साँस्कृतिक रूपले छताछुल्ल पारेर नेपाललाइ हिन्दु राज्य बनाउनः
नेपालको संविधानको धारा–४ मा लेखिएको धर्मनिरपेक्षताको स्पष्टीकरणमा “सनातनदेखि धर्म र सास्कृतिको संरक्षण र स्वतन्त्रता” भन्ने छुट्टै प्रावधान थपिएको छ । जसअनुसार धर्मनिरपेक्षता भनेकै हिन्दु धर्मको संरक्षण र स्वतन्त्रता भन्ने स्पस्ट गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको परिभाषा अनुसार “सनातन” भन्नाले (१) आर्यहरुमा प्राचिन समयदेखि चलिआएको मानवीय धर्म । (२) वेद, पुराण, मुर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको “हिन्दु धर्म” भनि अर्थ्याइएको छ । तसर्थ यस संविधानले धर्म निरपेक्ष भनेकै हिन्दु राष्ट्र भनि व्याख्या गरेको कारण अन्तरिम संबिधानमा घोषणा गरिएको धर्मनिरपेक्षतालाई यो संविधानले खारेज गरेको छ । यो संविधान विरुद्ध नेपालका आदिवासी जनजातिहरु, चुम्लुङ लागिपरेको छ । राज्यले यो आन्दोलन थेग्न नसकेपछि अहिले युमा साम्योको नाममा लिम्बूहरुलाइ आन्दोलन गरौदैछ । किन भने अबको जनगणनामा लिम्बूहरुले धर्मको महलमा किरात लेख्ने छैनन् । धर्मको महल पन्जिकामा युमा नै छैन, अनि युमा लेख्नेहरु “अन्य” मा पर्नेछन । अनि लिम्बूहरु आफै सकिनेछन । संविधानको धारा ९ ले लिम्बूहरुको साँस्कृतिक, राष्ट्रिय बाजा च्याब्रुङ बनाउन दिने छैन, संविधानको धारा ३१ ले लिम्बूहरुलाइ भाषामा अध्यन अध्यापन गर्न पाउने छैनन् । अहिलेको युमा साम्यो भनिने “गायत्री मन्त्र” ले नेपालको संविधान ले लिम्बूहरुलाइ गरेको बिबेधलाइ एक शब्द नउठाइनुले यो प्रष्ट पारेको छ । 
ड्ड जागिर पचाउनः
यो कुरा अलिक अनौठो कुरा हो । तर जसले अलिक नजिकबाट नियालेको छ, उसले बुझेको छ । राज्यले प्रयोग गरेका लिम्बूहरुले जागिर पचाउन यो गतिविधिमा कृयाशिल छन । यो कुरा ग्रासलेबलका लिम्बूहरुले बुझेका छैनन् । गाउँलेबल सम्म पुग्न लागेको छ । गाउँ गाउँमा यो बिबाद पुग्यो भने लिम्बूहरुले धर्मको महलमा किरात पनि लेख्ने छैनन् र युमा पनि लेख्ने छैनन् । अनि लिम्बूहरु सधैको लागि सकिनेछ र राज्य सफल हुनेछ । राज्यको यो गायत्री मन्त्र कति सफल हुन्छ हुदैन भन्ने त समयले बताउने छ ।
अन्तमाः हामी आदिवासी याक्थुङबाहरु धेरै बर्ष अगाडिदेखी राज्यले उपल्लो जातको रूपमा, दोश्रो नागरिकको दर्जामा राख्दै आएको छ । राज्यले न हाम्रो भाषा मानेको छ, न हाम्रो लिपि मानेको छ, न धर्म मानेको छ,न संस्कार÷संस्कृति मानेको छ । त्यसैले एकात्मक नश्लवादी हिन्दुराज्य नेपाललाइ धर्मनिरपेक्ष नेपाल बनाएर हामी पनि स्वतन्त्र रूपले गर्वकासाथ बाँच्नुपर्छ । जसको लागि राज्यले मानकमा राखेको धर्म किरातलाइ एउटा हतियारको रूपमा प्रयोग गरेर जाउँ ! ठिक छ, तपाईलाई किरात धर्म मनपर्दैन भने पनि साधनको रूपमा सम्झिनुहोस जसले तपाइको कुनै सन्तानले हामी जस्तो दास भएर बाँच्ने छैनन् । एन एस नेपालबाट

« PREV
NEXT »

यसमा तपाइको मत