अहिले नेपालमा पनि ओली सरकारले भीआइपी प्रायोजनको लागि भन्दै दिन दुखिनीरीह नेपाली जनताको गाँस खोसी डेढ अरबको लागतका महँगा हेलिकप्टर किन्ने र प्रहरी तालिम केन्द्रलाई बिस्थापित गरी सोही ठाउँमा राष्ट्रपतिको लागि हेलिप्याड बनाउने सुरसार कसिरहेको देखिन्छ । यस विषयमा नेकपा सरकारले अतिनै गम्भीर बनेर सोच्नु पर्दछ । यसरी जेमन्त गर्दा छत्तीसगढ राज्यका लोकप्रिय नेता डा.रमन सिंहको नियती भीआइपी प्रयोगका लागि भनि खरिद हुने हेलिकप्टरले यो दुई तिहाई सरकारका प्रधानमन्त्रीले नभोग्लान भन्न सकिन्न ।
हुनत डेढ अबरको लागतमा किनिएको हेलिकोप्टरका सवाललाई लिएर सरकारका प्रवक्ता तथा सञ्चारमन्त्रीले यो हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्दारका लागि प्रयोग हुने बताएर घामलाई हत्केलाले छेकेझै छेक्न खोजेका छन् ।





Social Buttons