निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याका अपराधी अझै पत्ता लगाउन नसकेका प्रहरी महानिरिक्षक सर्वेन्द्रनाथ खनालले कहिले अपराध नियन्त्रण गर्न सकिन भने फुली झिकिदिने बताउछन् भने कहिले निर्मला पन्त प्रकरणको सुक्ष्म अनुसन्धान भईरहेको हुँदा, आफु अहिले केही नबोल्ने बताएर सिंगो देशलाई गुमराहमा पार्ने काम गरिरहेका छन् । यस्ता बोलीकै ठेगाना नभएका व्यक्तिबाट देश र समाजले ठूलो आशा राख्न बेकार छ । सांसदहरुले नीज महानिरिक्षकको फुली खुस्काउने कुरा त्यसै गरेका होइन रहेछन् भन्ने थालेका छन्, सर्वसाधारण ।
अहिले सर्वत्र चासोको विषय बनेको निर्मला पन्तको बलात्कार र हत्या अभियोगमा महानिरिक्षक खनालका निर्देशनमा निर्दाेष व्यक्तिहरुलाई अनाहकमा यातना दिनेक्रम जारी छ । यही अभियोगमा पहिला दिलिप विष्ट र विशाल चौधरीलाई डिएनए रिपोर्ट नमिलेको भनि चरम यातना पछि निर्दाेष ठानी साधारण तारिखमा थुनामुक्त गरियो । यसैगरी यही प्रकरणमा अर्काे निर्दाेष युवा प्रदिप रावल पनि चरम यातना पछि रिहा भएका छन् । थुनामुक्त भएका प्रदिप रावलले आफुलाई प्रहरीले चरम यातना दिएको बताउँदै केन्द्रीय अनुसन्धान व्यूरोको थुनामा बयान लिने क्रममा पाइपले नांगो पैतालामा हिर्काएको प्रदीपले बताएका छन् । उनका अनुसार आफुलाई लामो फलामको पाइप तिघ्रामा राखेर त्यसको दुर्वतर्फ पैतालाले समेत टेकेर मरन्नासन्न हुनेगरी यतना दिएको बताउँदै पक्राउ परेपछि यातना र त्यसपछि मानसिक दबाब समेत दिएको उनले बताएका छन् । मंसीर १७ गते हिड्दै गर्दा सुन्धाराबाटा पक्राउ गरिएका प्रदीप रावलको डीएनए निर्मलाको भेजाइनल स्वावबाट निकालिएको पुरुष डीएनएको स्याम्पलसँग् नमिलेपछि बल्ल उनि छुटेका हुन् । सुन्धारास्थित एक मम पसलमा काम गर्दै आएको नीज प्रदीप रावललाई पक्राउ गरेपछि प्रहरीले दिनभर केन्द्रीय अनुसन्धान ब्यूरोमा राख्ने र साँझ महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा थुनामा राखी यातना दिने गरिएको थियो । यतिसम्मकी प्रहरीले यातना दिदै बलात्कार र हत्या आफैले गरेको भन्ने कबुल गर्न बाध्य पारिएको समेत रावलले बताए । छहरा साप्ताहिकसँगको भेटमा उनले मलाई सहनै नसकिने गरी चरम यातना दिएपछि, बाँच्नलाई मैले नै निर्मलालाई बलात्कार गरि हत्या गरेको हो भनि झुटाँ कहानी बताएको हु । प्रहरीले यातना दिने क्रममा आफुलाई माइतीघर मण्डलामा लगेर यहि हो निर्मलाको हत्यारा भन्दै चिनाई दिन्छौ र दौडन लगाएर पछाडिबाट गोली ठोक्छौ सम्म भनि त्रास देखाउथे । यतिमात्र नभएर प्रहरीले आफ्नो फेसबुक म्यासेन्जर खोलेर त्यसबाट गरेको म्यासेजहरु देखाउँदै साइबर क्राइमको मुद्दा लगाउने चेतावनी समेत दिएको बताउँदै रावलले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले समेत केन्द्रीय अनुसन्धान ब्यूरो पुगेर सत्थतथ्य बताए सजाय कम गरि दिने र आफ्नो अगाडि ढुंगा समेत बोल्ने भन्दै आफुलाई पटक पटक दबाब दिएको बताए ।
अपराधी पत्तो लगाउने बहानामा अर्काे निर्दाेष कुन अभागी युवा प्रहरीको फन्दामा पर्ने हुन् यसै भन्न सकिने अवस्था रहेन । यसै प्रशंगमा नेत्र विक्रम चन्द नेतृतत्वका नेता प्रकाण्डले आफुहरुले गठन गरेको जनसरकारले निर्मलापन्त प्रकरणको दोषीलाई खोजी गरिरहेको र नीकट भविष्यमानै जनताको अदालतमा उभ्याई, कारवाही गर्ने बताएका छन् । सरकारी वार्ता टोलीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका अवैधानिक गतिविधि कडाइका साथ नियन्त्रण गर्न सरकारलाई सुझाव दिइरहँदा, नेता प्रकाण्डले हालै धनगढीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा बताएका हुन् ।
सरकारी वार्ता टोलीले नेत्रविक्रम चन्द समुह राजनैतिक प्रवृत्तिको भएकाले, सो दललाई वार्तामा ल्याउने प्रसार गरेको थियो तर वार्ता टोली असफल भयो ।





Social Buttons