काठमाडौं । एकातर्फ २०७२ को महाभूकम्प र बाढी पहिरो पीडित जनता यो कठ्यांग्रीदो हिउँद पनि पालमुनिकै बास जीउन बाध्य छन् भने अर्काेतर्फ एक साता यता एक्कासि बढेको चिसोका कारण भूकम्प र बाढीपीडित जनता मात्र होइनन्, तराईबासीहरुको जनजीवन कष्टकर बन्दै छ । रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सा, धनुषा, लगायतका जिल्लाका गरिब जनताकाजीवन थप कष्टकर बनेको छ । कठ्यांग्रिदो जाडो र शीतलहरका कारण, एक छाक खान समेत धौ धौ पर्ने तराईको डोम, मुसहर, चमार र दुसाध लगायत दलित समुदाय एवं विपन्न परिवार कहालिलाग्दो अबस्थाबाट गुज्रिरहेका छन् । दैनिक मजदुरी गरेर जीवन धान्दै आएका यी गरिब दलित समुदायका परिवार झनै कठ्यांग्रिदो ठिहीका कारण बढी समस्यामा देखिएका छन । दैनिक मजदुरी गरेर जीवन धान्नेहरु न्यानो कपडा नहुँदा जिउनको लागि आगोमा साहारामा पर्नु परेको छ । यो जाडोमा यी समुदायका बालबालिका तथा बुढापाकाहरुलाई जाडोको कारण अति सकस परेको छ । तर नेपाल सरकार यसप्रति बेखबर देखिन्छन् । मानौ तराईका यी दलित विपन्न परिवार नेपाली जनतानै होइनन् कि जस्तो भान परेको छ । नीरीह जनतालाई राहत दिने काममा भन्दा सरकार राष्ट्रपतिलाई अरबौको हेलिकप्टर खरिदमा तल्लिन देखिन्छन् । कठ्यांग्रिदो जाडोका कारण कहाली लाग्दो जीवन गुजार्न विवश जनताहरुलाई एउटा कम्बल वितरण गर्नुभन्दा महाराजगञ्जस्थित प्रहरी प्रशिक्षाण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउने विषयमा कथित गरिबवादी नेकपा सरकार बढी दत्तचित्त देखिन्छ । तराईका जीवन यति कहालीलाग्दो छ कि वर्णन गरेर साध्यनै छैन । चिसो बढेसँगै तराई क्षेत्रका विद्यालय, क्याम्पसमा विद्यार्थी पढ्न जान समेत सकेका छैनन् । दैनिक भीड लाग्ने सरकारी कार्यलयहरुमा समेत केही हप्ता यतादेखि सेवाग्राही जान छोडेका छन् । बिहानै खुल्ने दोकानहरु दोपहर नभइ खुल्दैनन् । साँझ पख पनि उतिकै चिसो छ । बाक्लो हुस्सुका कारण दिउसै पनि बाटो देख्न सकिन्न, हुस्सुका कारण नजिकै पनि केही नदेखिइदा दुर्घटना हुने जोगिम त्यतिकै छ । यही हुस्सुका कारण सवारीसाधन पनि निस्फिक्रि रुपमा चल्न सकेका छैनन् । यसरी प्रतिदिन चिसोको प्रकोपका कारण बिरामी पनि बढ्ने क्रम जारी छ । जाडो हुनुभन्दा पहिलेको अनुपातमा तराइका अस्पतालहरुमा बिरामी ह्वात्तै बढेको छ । सम्बन्धित निकायले चिसोबाट जोगाउन बालबालिका, वृद्धवद्धा, सुत्केरी लगायतका रोगीहरुलाई कुनै ध्यान पुर्याएका छैनन् । सरकार गैह्र सरकारी कार्यक्रममा समेत करोडौ खर्च गर्ने सरकारलाई निरिह नेपाली जनता मरोस या बाचोस कुनै मतलब छैन ।
यसमा तपाइको मत
Social Buttons