प्राप्त समाचार अनुसार जिल्ला अदालत उदयपुरले १४ वर्षीय बालिकालाई सामुहिक बलात्कार गर्ने ५ जनालाई जनही १० वर्ष ६ महिनाको कैद सजाय र क्षतिपुर्तिको फैसला गरेको छ । उदयपुरकी कटारी नपा ४ की १४ वर्षीय बालिकालाई सोही स्थानका ६ जनाले २०७४ भदौ १६ गतेका दिन कटारीस्थित खेल मैदानमा सामुहिक बलात्कार गरेका थिए । बालिकाको उजुरीको आधारमा १७ भदौमा पाँच जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कार सम्बन्धी मुद्दा दायर गरेको थियो । सोही आधारमा जिल्ला अदालत उदयपुरले १६ वर्षीय बालकलाई ७ वर्षको कैद सजाय सुनाएर सुधार गृह पठाउने फैसला गरेको छ भने कटारी नगरपालिका ७ का १७ वर्षीय भीम राई, १७ वर्षीय अगम कार्की, १७ वर्षीय हरि अधिकारी दनुवार, लिला बहादुर अधिकारी दनुवारलाई क्रमश १० वर्ष ६ महिनाको कैद र दुई लाख रुपैयाको क्षतिपुर्ति भराउने जिल्ला अदालतका एक नम्बर न्यायधीश तेजेन्द्र प्रसाद शर्माको एकल इजलासले फैसला गरेको हो । बलात्कारी घटनामा संलग्न एक जना फरार रहेको छ भने अन्य पाँच जनालाई यसरी जेल चलान गर्ने आदेश भएको बताइएको छ । यसैगरी जिल्ला अदालत उदयपुरले १४ वर्षे बालिकालाई जर्बरजस्तीकरणी गरेको मुद्दामा ताप्ली गाउँपालिका २ का अमरनाराणय श्रेष्ठलाई ३ वर्षको कैद सजायको फैसला गरेको छ । न्यायधीश तेजेन्द्र प्रसाद शर्माको एकल इजलासले नै सो फैसला गरेको हो । २०७५ असार ४ दिन दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएको मौका छोपी श्रेष्ठले जब्बरजस्ती करणी गरेको आरोप लगाइएको थियो । बलात्कारको आरोपमा पक्राउ परेका अर्का एक युवा प्रहरी कार्यालयबाटै फरार भएका छन् । उदयपुरको कटारी नगरपालिका ४ सिम्लेपानीट्यांकीका ३५ वर्षीय दिपेन्द्र कोइरालाले आफ्नै घरमा डेरा गरी बस्ने १७ वर्षीय किशोरीलाई बलात्कार गरेको पीडितले बताएकी छिन् । राती घरमा श्रीमती नभएको मौका पारी निज कोइरालाले आफ्नै घरमा पढ्न बसेकी किशोरीलाई डर धम्की र अनेकौ प्रलोभनमा पारी जब्बरजस्तीकरण गरेको घटना धेरैपछि सार्वजनिक भएको हो । कोइरालाकी श्रीमती २ बच्चा घरमै छाडेर त्यसदिन बाहिर गएको र दुवै बच्चा राती रुन थालेपछि घरमा डेरा गरी बस्ने किशोरीलाई एउटा बच्चा सुताइदिन आग्रह गरेको र राती बच्चा माग्ने बहानामा किशोरीको कोठामा गई ज्यान मार्ने धम्की दिदै जब्बरजस्ती करणी गरेको पीडितद्वारा थाहा हुन आएको छ ।
बादलको उद्घोष पानीको फोको झैं

Social Buttons