नेपालमा ढुंगे समाज रामापिथेकस मानवको अवशेषबाट आएको संकेत मिल्दछ । दाङ, देउखुरी, पाल्पा, मोरङ, काठमाडौं उपत्यका आदि स्थानमा प्राप्त प्रागऐतिहासिक ढुंगे हतियारहरुले प्रमाण दिएका छन् । पुरातत्वविदहरुको प्रारम्भिक उत्खननलाई अघि बढाउन सकिएको छैन । फलस्वरुप यस भेगमा हुर्किएका मानव जातिको किरात महावंशका लिम्बू, राई, थारु, सुनुवार, दनुवार, चेपाङ, मेचेकोचे, भोटिया, लाप्चा, शेर्पा आदिवासी जनजातिका विकासोन्मुख आवश्यक ज्ञान हासिल गर्न सकिएको छैन । हिन्दू वैदिकवादी धर्म सम्प्रदायलाई नै मानव सभ्यताको शुरुआत मानी नेपालका आदिवासी जनजातिलाई ओझेलमा पारेर अन्धकारमा धकेलिएको छ । उपयुक्त त्रुटिपूर्ण दृष्टिकोणले गर्दा किरात महावंशको इतिहास÷वंशावली प्रतिपक्षी लेखक इतिहासकारहरुको कारण अध्यारोमा धकेलिएको छ । किरात महावंशका राजा सम्वर, यलम्वरहाङ सोदोङ सेन लेप्मोहाङ, सावा सत्हाङ, कान्देनहाङ, मावोहाङ, सिलिङ्गा आताहाङ, मुरेहाङ, पापोहाङ राजा महाराजाहरुको वंशवृतान्त ओझेलमा परिएको छ ।
प्रागऐतिहासिक, प्रकृतिपूजक, प्रकृतिभाषी, धर्मसंस्कृति, भाषा, लिपी, राष्ट्र राज्य, देश प्राकृति सीमा रेखा सबै प्रमाणहरु जीवितै छन् । कन्चनजंगा, फक्तालुङ, कुम्भकर्ण, मकालु, सगरमाथा, हिमालय पर्वतमाला देखि नदीनालाहरु कोशी, गण्डकी, ब्रह्मपुत्र, ऐरावती, महाकाली, सिन्धु, कावेरी, नर्वदा, गोदावरी, हिन्दमहासागर, दक्षिणी सागरसम्म किरात राज्यको राज्यसीमानामा थियो ।
हाम्रो लिखित र प्रमाणिक इतिहास यलम्बरहाङबाटै प्रारम्भ हुन्छ । ५ हजार १ सय ६७ सला अघि नै किरात महादेशका राजाले राजतन्त्रात्मक राज्य संचालन गरेका थिए । लिच्छवी कालपूर्ण यो देशमा राजा महाराजा हाङ, पापोहाङ, किरात महावशले नै राज्य गरेका थिए । प्रारम्भिक राजतन्त्रको सूचीत किरातकालले नै दिन्छ । किरात वंशको उदय स्थलबाट जाति, जनजाति, आदिवासी, किरात भोटिया, शेर्पा, खम्बू, क्षेत्री नै गोर्खाली ज्येष्ठ नागरिकको उद्गमस्थल आधुनिक नेपालको आदि अनादिवासी किरात देशका किरात महावंशीहरु हुन् भन्ने पुष्टि हुन्छ ।
ईस्वी सम्वतको आरम्भबाट शुरु भएको लिच्छवी वंशको प्रमाणिकतालाई पशुपति क्षेत्रमा प्राप्त मानदेव वर्माका मूर्ति सहितको अभिलेखले पुष्टि गर्दछ । मानदेवद्वारा चागुनारायणमा स्थापना गरेको सन् ४६४ को अभिलेखले पनि लिच्छवीहरु नेपाल उपत्यकामा प्रवेश गरेको उल्लेख छ । किरात महावंशका राजा महाराजाहरुबाटै नेपाल राष्ट्को प्रमाणिक तथा राजतन्त्रको प्राचीन इतिहास प्रारम्भ भएको देखिन्छ ।
किरात देश गोर्खा राज्य, नेपाल राष्ट्रको ऐतिहासिक कालखण्ड, देश दर्शनका राज्य रजौटा राजवंश, राजतन्त्रको सुरुआज किरातबाटै भएको पनि गोपाल वंशी महिशपालवंशी लिच्छवीकाल, मल्लकाल, शाहकाल हुँदै आज आएर लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । वडाकाजी, काजी, भाइभारदारहरुको सत्ता हत्याउने षड्यन्त्र भागवण्डा, हिंसा, हत्या,, आतंक, पहिलेदेखि नै आएको हो । अतिक्रमणकारी, सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी अवसरवादी, षड्यन्त्रकारीहरुको व्यक्तिवादी जातिवादी, अतिवादी, अभियान हत्या हिंसा आगजनी लुटखसोट, अतिक्रमण, थिचोमिचो, जस्ता कार्यहरुमा आधारित छन् । नरसंहारहरु हुँदै आएका छन् ।
लिच्छवीहरुले किरात महावंशका तेत्तीसौ सत्ताका राजा पटुकलाई ८ सय किराती फौजहरु एकै चिहान पारेर काठमाडौं उपत्यका हत्याएको कुरा इतिहासमा उल्लेख छ । कपीलवस्तुको छिमेकी राज्य कोशलसँग पानी बाँडफाडको विषयमा मनोमालिन्य हुँदा कपिलवस्तु राज्यको अवसान भएको थियो । त्यस युद्धमा ७७ हजार मानिसहरुको हत्या भएको थियो । किरात महावंशको विनाश पनि त्यतिसजिलै र त्यसै भएको छैन ।
प्राचीन ग्रन्थहरुमा हिन्दूस्तान भारतको उत्तरतर्फ उराञ्चल किरग्राम कोली किरातग्राम, भीलग्राम, कोल किलग्राम, नेपालको भूभाग रहेको उल्लेख पाइन्छ । परिवारको खारी प्रदेश खसान खस देशबाटै सिमरौनबाट विभक्त भएपछि तिरहुतेहरुबाट नेपाल आक्रमण भएको पाइन्छ । कपिलवस्तु मिथिला जस्ता राज्यहरु विभक्त भइसकेका थिए । उपत्यकामा त्यस बखत दाजुभाइ काका भतिजाको संयुक्त शासन चल्दथ्यो । अघिका र आपसमा स्पष्ट नहुँदा परम्परा संघर्षहरु चलिरहन्थे । तिरहतेहरको आक्रमण हेर्दा एक पक्षले अर्काे पक्षको दमन गरेको पाइन्छ । वि.सं. १३६५ को डोमहरुको आक्रमण गद्दीसीन राजा अनन्त मल्लले बोलाएरै भएको थियो । त्यसको १० वर्षपछि शक्तिदेवले डोमहरुलाई बोलाए । यसपछि नेपाल उपत्यकामा अतिक्रमणकारीहरुले लुटे । मल्ल शासकहरु उति बेलादेखि नै आफ्नो स्वार्थका लागि परचक्रीहरुलाई हुल्थे । यस्तो प्रकृति विरुद्ध जुझ्ने साहसिक व्यक्तित्वको जरुरत थियो । यस्तै प्रवृत्तिको कारण नेपालमा नेपालीहरुको अस्तित्व खतरामा पर्दै आएको हो ।
दशौं, एघारौं शताब्दीतिर विशाल नेपाल राज्यको केन्द्रीय शासनमा धमिरा लाग्न पुग्यो । यसैबाट लाभान्वित भएर दक्षिणी भेग कर्णाटकबाट आउनेहरुले सिमर गौढमा आक्रमण गरे । बाह्रौ शताब्दीको मध्यतिर प्रदेशका नागराजाले कर्णाली प्रदेश सिन्जागाढ मगरातमा विजय गरे । खस मल्ल राज्य पूर्वमा त्रिशुली, पश्चिममा गढवाल, उत्तरमा ताक्लाखार र दक्षिणमा तराईसम्म फैलन पुग्यो । डोमहरुले जस्तै मल्ल राज्य भनिएका खसदेशवासीहरुले नेपाल उपत्यकामा पटक पटक आक्रमण गरे । आदित्य मल्ल, पुन्य मल्लहरुले नेपाल उपत्यकालाई छिन्न भिन्न पारी लुटेको पाइन्छ ।
पाल्पाले पनि नेपालमा आक्रमण गरेको छ । मुकुन्द सेनको पालामा सन् १५२५–२६ मा उपत्यकामा ठूला आक्रमणहरु गरेका थिए । यस्तै बाइसी चौबीसी राज्यहरुबाट पनि बारम्बार आक्रमणहरु भइरहन्थे । विभाजित रुपमा नेपालको स्थिति कमजोर बनिरहेको थियो ।
पूर्वकालीन तथा मध्यकालिन नेपालको राष्ट्रियताको आधार सैन्य शक्ति विज्ञानले जबुदीपे किरातदेशे गोर्खा राज्य नेपाल राष्ट्र भनिन्थ्यो । नेपाल प्राचीन कालदेखि नै विशाल थियो । सुदुरपश्चिमको जुम्ला, पूर्वको खोटाङसम्म लिच्छवी कालीन अभिलेखहरुको आधारमा पश्चिमका सामन्तहरुलाई बलपूर्वक दमन गरेको उल्लेख पाइन्छ । त्यस अतिरिक्त मल्ल खसकालमा नेपाल मण्डल महामण्डलका विभिन्न इलाकाहरुमध्ये खम्बुवानमा १६ र पल्लो किरात लिम्बुवानमा १० सरदार १७ थुम, गढी अमिनी, मालै गौहा, थुम, इलाकाहरुमा सैनिक किल्ला बनाई सैनिक नायकको रुपमा जिमी जिमिन्दार, पटुवारी, जिम्मावाल, सुमांगी,थरी रहन्थे । केन्द्रबाट टाढा पर्ने क्षेत्रहरुमा अमाली जिम्मावाल, बडारी, जिमी, किरातमहावंशका अमालकोट, कचहरीद्वारा प्रशासन हेरिन्थे । तिनीहरुको मातहमा सेना राखिन्थ्यो । ती सरदारहरुलाइृ गणनायक भनिन्थ्यो । त्यस्तै गणका सामान्तहरको विद्रोह दमन गर्न राजा मानदेवले आफ्ना मामाको सहयोग लिई हात्ती र घोडा सहितको सेना प्रयोग गरेको तत्कालीन अभिलेखहरुमा उल्लेख गरेको पाइन्छ ।
सामन्ती वर्गका गणनायकसँग सैनिक वर्गले सम्बद्ध रहने हुँदा केन्द्रका स्थानीय सेना नरहे पनि सामन्तका नायकले चाहि आवश्यक माग भएका सेना पठाउनु, पर्दथ्यो । जिम्मावाल सुमांगी, अमालीहरुसँग स्थायी सेना रहने व्यवस्था थियो । सेना थप आवश्यक भए घरैपिच्छेबाट मानिस जम्मा गरी लैजान्थे । व्यक्ति समूह गण, दल हुँदै समाज सैन्याकृत भएको थियो । जन्मजात स्वतन्त्र साहसी लडाकू थिए । यो गोर्खाली प्रवृत्तिको पृष्ठभूमिको रुपमा तयार थियो ।
खस मल्ल वंशसँगको निरन्तर युद्धका कारण गोर्खाका राजा पृथ्वीनारायण शाहले गोर्खा राज्य भरिका १२ वर्षअघि र ८० वर्षसम्म लोग्नेमान्छेले तालिम लिनुपर्ने आदेश दिएका थिए । गोरखा घले मगर, गुरुङहरुको क्षेत्रीय राज्य प्रदेश हो । सन् १५५९ मा लमजुङका राजकुमार द्रव्य शाहले अधिकार लिनुपूर्व गोरखामा घले गुरुङ, लिगलिग कोटमा खड्का, मगरको राज्य थियो । यो समूहगत गणनायक राजतन्त्रको एउटा अनुपम नमूना थियो । यो व्यवस्थासँग तागाधारी वैदिकवादी हिन्दू सम्प्रदायका अर्याल, पन्त, पाण्डे, खनाल, राना र बोहोराको सहयोगबाट लिगलिगकोटमा आक्रमण भयो । लिगलिगकोटवासीहरुले बाध्य भएर द्रव्य शाहलाई राजा स्वीकार गरे । वि.सं. १६१६ भदौ २५ गते द्रव्य शाहले गोर्खामा आक्रमण गरी गोर्खा कब्जा जमाए र आफुलाई राजा घोष्ति गरे । गोर्खापछि द्रव्य शाहले सिरानम्पोक र अजयगढमाथि पनि अधिकार जमाए । लमजुङका राजा नरहरि शाह द्रव्य शाहको विजय अभियानबाट सशंकित थिए । लमजुंकी राजमाताले चेपेनदीलाई सीमा निर्धारण गरिदिइन् तर पछि दाजुभाइबीचमा विवाद बढ्यो ।
किरात महावंशका यलम्वरहाङ नै किरात देश, गोर्खाराज्य आधुनिक नेपाल राष्ट्रका सीमा क्षेत्रका समेत संस्थापक हन् । उत्तरवर्ती राजाहरुले उनैले स्थापना गरेको राजतन्क्रान्ति राष्ट्रको मानव सभ्यताको उषाकालिन देश दर्शनमा राष्ट्र र राष्ट्रवादलाई सुदृढ गराउँदै ल्याएको हुन् । नेपाली राष्ट्रियता, स्वाभिमान र गौरव अभिवृद्धि गर्न राजाहरुको योगदान र राजतन्त्रात्मक इतिहोसको विहंगम अध्ययन हुनैपर्दछ ।
राजा राम शाहले पनि गोर्खा राज्यको सीमा धादिङ, सल्यानटार, नेपाल उपत्यका र भोटको केरुङसम्म पुर्याएका थिए । उपत्यकाबाट नेवार व्यापारी र कालीगढहरु झिकाएर व्यापार व्यवसायको अभिवृद्धि गरे । उनको समयमा न्याय प्रशासनले ख्याति पायो । विद्या हराए काशी जानु, न्याय हराए गोर्खा जानु, भन्ने उक्ति त्यसै समयदेखि चलन चल्तीममा आएको हो ।
पृथ्वीनाराण शाहले हिन्दुत्वको आवरण प्रदान गरी सिंगो नेपाली जमीनमा जागरणको ऊर्जा प्रदान गरे । उनले आधुनिक नेपालको निर्माणमा छरिएका राज्यहरुलाई एक ठाउँमा ल्याउने काम गरे । नुवाकोट वाइसी चौबीसे काठमाडौं उपत्यका हुँदै किरात प्रदेशमा पनि अधिकार जमाए । वि.सं. १८३१ मा पल्लो किरात देशको राजदरबार विजयपुरमा १० लिम्बू १७ थुमका प्रतिनीतिहरुसँग गोर्खा राज्यका काजी भारदारहरुले सन्धी गरेपछि राजा, प्रधानमन्त्री यसलाई नियमित गराउँदै तम्रपत्र लालमोहर समेत गरिदिएको थिए । यस ऐतिहासिक आधारलाई बिर्सेर किरात स्वायत राज्यको आधार तयार हुन सक्दैन ।





Social Buttons