Latest News

लिम्बुवानको पहिलो योद्धा ओझेलमा किन ?

२००७ सालको क्रान्तिताका इलाम, झापालगायतका जिल्लाहरु समेटेर लिम्बुवान प्राप्तिको लागि इतिहासमै पहिलो पटक बन्दुक बोकेका क्रान्तिकारी योद्धा ज्ञानबहादुर याक्थुम्बा(जी.बी. याक्थुम्बा)को नाम अहिले कहिकतै कसैले भुलेर पनि लिदैनन् र आवश्यक पनि ठान्दैनन् किन ? प्रश्नवाचक चिन्ह खडा भएको छ । पूर्व माझ किरात भोजपुर कब्जा गर्ने दुईमध्ये एक रामप्रसाद राईको नामले अहिले शिखर चुमेको छ । तर बिना रक्तपात भोजपुर कब्जा गर्नुमा अहम् भूमिका खेलेका अर्का योद्धा नारदमुनि थुलुङको नाम झुक्किएर पनि कसैले लिदैनन् । भोजपुर कब्जा गरेको बखत “म राणाकै मानिस हुँ, कांग्रेसको बहकाबमा लाग्ने होइन” भनेर तत्कालिन बडा हाकिमलाई थुलुङले जालमा नफसाएका भए माल अड्डा लुटेको थाहा पाउनासाथ बडा हाकिमले “माल अड्डा लुट्ने रामप्रसादहरु जस्ता कांग्रेसलाई तह लगाउ” भन्दै आफ्नो मातहतमा रहेको राणाशासनको हातहतियार नारदमुनि थुलुङको हातमा नथमाइदिएको भए भोजपुर बिना रक्तपात मुक्त नभई त्यहाँ रक्तपात मात्र होइन जे पनि हुन सक्दथ्यो । अहिले नेपालमा नेकपाको शक्तिशाली ओली सरकार छ । ईतिहासका श्री ३ जंगबहादुर झै शक्तिशाली प्रम ओलीले भने नेपालमा अहिले के हुँदैन ? क्रान्तिकारी रामप्रसाद राईलाई प्रमओलीले राष्ट्रिय विभुती घोषणा गर्न लागेको सुनिन्छ जो अत्यन्तै स्वागत योग्य कुरा हो । यसको कुन नेपालीले स्वागत गर्दैन होला र ? तर कसैलाई काखा र कसैलाई पाखा भने सरकारले गर्नु हुन्न । रामप्रसाद राई भोजपुर जेलमा हुँदा भोजपुरमै पुगेर मुक्ति सेनाको चिफको हैसियतले जेलमुक्त गराउने जी.बी.याक्थुम्बा र भोजपुरलाई रक्तपात हुनबाट जोगाउन कुटनैतिक रोल खेल्ने नारदमुनि थुलुङको नाम पनि ईतिहासले बिर्सनै हुन्न भन्ने आम नेपालीको भनाइ हो ।
जी.बी.याक्थुम्बाको हकमा विश्वेश्वर प्रसाद कोइरालाले आफ्नो आत्मावृतान्तमा लेखेका छन् “२००७ सालको क्रान्तिमा ज्ञान बहादुर याक्थुम्बा(जी.बी.याक्थुम्बा) ईलाम, झापा लगायतको जिल्लाहरु समेटेर त्यसैबेला लिम्बुवान प्राप्तिको लागि बन्दुक उठाएर हिडेका व्यक्ति हुन् ।” लिम्बुवानको सवालमा लागि पर्ने लिम्बुवान नेता तथा कार्यकर्ताहरुले समेत लिम्बुवानको हकमा पहिलो पटक बन्दुक उठाउने ऐतिहासिकक व्यक्तित्व जी.बी.याक्थुम्बाको नाम नलिदा आम नेपाली आश्चार्य चकित बनेका छन् ।

« PREV
NEXT »

यसमा तपाइको मत