Latest News

जनजातिले मधेसीसँग सिकौ

काठमाडौं । छसस । मुलुकमा एकात्मक राज्य व्यवस्थाको अन्त्य गरी आत्मनिर्णय सहितको संघीय राज्य प्रणाली मातहत प्रान्तीय र जातीय स्वशासन, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता सवालमा संघर्ष गर्दै आएका आदिवासी जनजाति, दलित उत्पीडित, मधेसी आदि जस्ता समुदायहरुको संघीय लोकतान्त्रिक गणतन्त्रको बहाली पश्चात पनि सपना अधुरै रहेको अवस्थामा प्रदेश नं. २ मा राजपाले उठाउन थालेको केही सवालले सकारात्मक सन्देश दिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालले वडा देखि केन्द्रसम्म गठन हुने सबै समितिहरु जातीय प्रतिनिधित्वका आधारमा निर्माण गर्ने गरी छलफलको सुरुवात गरेको छ । जातीय कलस्टरको आधारबाट पार्टीको सबै संरचना निर्माण हुन सकेमा पार्टी पूर्ण रुपमा समावेशी हुनेछ । यसरी जातीय कलस्टरबाट स्थानीय तहमा महाधिवेशन प्रतिनिधि छानिए केन्द्रमा पनि सोही अनुसार समावेशीको रुपमा प्रतिनिधित्व हुने राजपाको ठहर छ । २ नं. प्रदेशमा राजपाले चालेको यसप्रकारको कदमको बाँकी प्रदेशले पनि अनुशरण गरेमो २५० वर्षयता देखि आदिवासी÷जनजाति, दलित, उत्पीडित, मधेसी समुदाय लगायतले उठाउँदै आएको मुद्दामा टेवा पुग्ने छ ।
पुरानो राज्य सत्ताबाट पीडित समुदाय अझै पीडित नै छन् । उनीहरुले देखेको प्रादेशिक स्वायत्तताको सपना संघीय लोकतान्त्रि गणतन्त्रको घोषणा पश्चात पनि, सपनामै सिमित छन् । विभाजन नै विभाजनमा रहेर पनि तराईका सवालबारे मधेसी समुदाय एकमत छन् । आदिवासी÷जनजाति सवालमा संघर्षरत कथित जनजाति अगुवाहरुले मधेसी समुदायबाट पाठ लिई अगाडि बढ्नु पर्दछ ।

« PREV
NEXT »

यसमा तपाइको मत