Latest News

मेयरसम्म ‘घुस’ पुग्छ

काठमाडौं । नीरिह जनताबाट लिइएको ‘घुस’ नगरपालिकाका मेयरसम्मलाई भाग लाग्ने गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल(टिआई) नेपालले हालै भक्तपुरमा गरेको ‘पुनर्निर्माण सदाचार विषयक अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको खुलासा गरेको हो ।
भूकम्प पीडितको नक्सापास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकले ‘घुस’ लिई नगरपालिकाका मेयरलाईसम्म बुझाउने गरेको इन्टरनेशनल(टिआई) नेपालले आरोप लगाएको छ ।
कार्यक्रममा नीजि आवास निर्माण गर्न नगरपालिकामा नक्सापास गर्न तथा किस्ता सिफारिस गर्न प्राधिकरणका प्राविधिकले भूकम्पपीडितसँग ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझ्ने गरेको बताइएको छ । प्राविधिकले भूकम्पपीडितसँग रकम माग्दा नै नगरपालिका प्रमुखसम्म भाग पुर्याउनुपर्ने बताउने गरेको कार्यक्रममा जानकारी दिइयो ।
भूकम्पपीडितसँग प्राधिकरणका प्राविधिकले नै ‘हामीले लिने रकम हामीलाई मात्र हुँदैन, मेयरसम्म भाग पुर्याउनुपर्छ’ भन्ने गर्छन् । भूकम्पपीडितले बोलाएको भरमा प्राविधिकहरु घर निर्माणस्थल नपुग्ने पनि कार्यक्रममा बताइयो । कुनै प्राविधिक नीजि आवास निर्माणस्थल पुगे भने फर्कने क्रममा ट्याक्सी भाँडा माग्ने गरेका छन् ।
भूकम्पपीडितको पीडा कम गर्ने बारे जनप्रतिनिधि जिम्मेवार र संवेदनशील नभएको टीआई नेपालकी महासचिव पदमनी प्रधानांगले आरोप लगाइन् । ‘हामीले भूकम्पपीडितका समस्याबारे सम्बन्धित नगरपालिकामा गएर मेयर, उपमेयर र वडाध्यक्ष सबैलाई ध्यानाकर्षण गर्दै आउदा पनि उनीहरुले नसुनेझै गर्ने गर्छन् ।’ महासचिव प्रधानांगले छहरासँग बताईन् ।

« PREV
NEXT »

यसमा तपाइको मत