दुःख लाग्दो कुरो बाढी–पहिरो र विनाशकारी भूकम्पबाट पीडित जनताहरु अझै आकाश गंगाको ओतमुनि बाँच्न विवश छन् । विदेशबाट आएको सहयोग मात्र नभएर राष्ट्रिय ढुकुटीबाट अरबौ अरब रकम लक्षित वर्गको नाम भजाउँदै पंचायती कालरात्रीका शोषक पञ्चेहरुलाई बिर्साउदै यो गणतन्त्रमा कर्मचारी तन्त्रदेखि राजनैतिक दलका शीर्षस्थ नेता र उनीहरुका आसेपासेहरुले ‘भूडि सुँधार’ गरिरहेका छन् । यतिसम्मकी सरकारले विगतमा नक्कली भूकम्प र बाढी पीडितहरुका विरण बनाएर अरबौ रुपैया हिनामिना गरेको तथ्य त्यति बेलै महालेखा परिक्षणको कार्यालयले प्रतिवेदन तयार गरेको थियो । उक्त कार्यलयले तयार गरेको प्रतिवेदन र प्रतिवेदनमा उल्लेख भएको विवरण सम्बन्धि राजनैतिक दलका शीर्ष नेताहरु ‘तै चुप, मै चुप’को अवस्थामा रहेर, राष्ट्रिय ढुकुटी सखाप पारेका छन् ।
नेपाली जनताको हेराईमा र अनुभवमा राजतन्त्र पतन पश्चातको गणतन्त्रको शासनकाल झनै निकम्मा सावित भएको विश्लेषकहरुको ठहर छ । राजनैतिक नेताहरु जनराहतका लागि नभएर केवल भागबण्डा जय नेपाल र कुर्सीको लागि खिचातानी गरिरहेका छन् । यस्ता अनैतिक, अराजकता, भ्रष्टाचार, नाताबाद, कृपाबाद, जस्ता विविध खाले जनविरोधी क्रियाकलापकै कारण आफुलाई ईतिहासकै शक्तिशाली सरकार ठानेको नेकपा सरकारसँग आम नेपाली क्षुब्ध हुन थालेका छन् । राजनैतिक नेताहरुले कतिपय सवालहरुमा जनतालाई गम्भीर धोका दिँदै जनविरोधी गतिविधिमा लागेकै कारण जनता क्षुब्ध भएका हुन् । सूर्यलाई हत्केलाले छेकेर छेकिन्न भन्ने कुरालाई राजनैतिक नेताहरुले मनन् नगरेसम्म मुलुकमा ‘उखान टुक्काले’ मात्र शान्ति, सुव्यवस्था, किमार्थ कायम् हुन सक्दैनन् । वर्तमान सरकारले यस सवाललाई हचुवाको रुपमा नलिई, गम्भीर भएर अगाडि बढ्नु पर्ने देखिन्छ ।






Social Buttons