Latest News

अझै पुरोहितवाद कायम्

छहरा साप्ताहिक
काठमाडौैं । नेपालमा ब्राह्मणवाद भएको र धर्मनिरपेक्षताको प्रार्दुभाव भएको उद्घोष गरिएको छ कथनीमा तर व्यवहारमा भने उही पुरोहितवादनै कायम छ, यत्रतत्र सर्वत्र । उदाहरणको लागि कालिकोटकी निर्वाचित वडा सदस्यलाई पँधेरो छोएको निहुमा पिटी–पिटी मारेको घटनानै काफी छ ।
यसबा ट के स्पष्ट हुन्छ भने अझै पनि दलित समुदायले पशुतुल्य जिउनु र ‘बालीघरे’ प्रथाकै भरोसामा जिउनु परेको छ ।
वर्षैभरी दलित समुदायले जतिसुकै काम गरेपनि वर्षको एक पटक मात्र निश्चित अन्न, ज्यालाको रुपमा पाउने भएकोले दलितहरु आफ्नो श्रमले परिवार धान्न कठिन भएको अझै बताउने गर्छन् । गरिबीका कारण आफुहरु मर्कामा परेको थाहा पाउँदा, पाउँदै पनि अझै ‘बालीघरे’ प्रथामानै निर्भर रहन बाँध्य छन् उनीहरु । उनीहरुले काम गरे बापत वार्षिक केही पाथीसम्म अन्न पाउने गर्छन् । ठूला वडाको घरमा लुगा सिलाउनु, आरनमा बसेर हातहतियार बनाउनु र खेतबारीमा काम गर्नु नै उनीहरुको दिनचार्य बनेको छ । कतिपय दलितहरुले अझै चाहादा–चाहँदै पनि उनीहरुले आफ्ना छोराछोरीहरुलाई पढाउन सकेका छैनन् । आफूले गर्दै आएको ‘बालीघरे’ प्रथा छाडेर अरु काम नपाइएला भन्ने डरले पनि उनीहरु अरु काम खोज्न जाँदैनन् र बाध्य भएर यही काम गर्नु परेको भोजपुर पाँवा दुम्मा गाउँपालिका वडा नं. ४ बास्तिमका अन्तरे कामी बताउँछन् । दैनिक आठ घण्टाजति काममा व्यस्त रहने उनीहरुलाई चाड–पर्वको समयमा त झनै सुत्ने सम्मको फुर्सद हुँदैन ।

« PREV
NEXT »

यसमा तपाइको मत