Latest News

किरात धर्ममाथि धावा

छहरा साप्ताहिक
काठमाडौं । छसस । गौरीघाटस्थित कैलाश डाडामा रहेको किरातेश्वर मन्दिरको मुर्ती तोडफोड गरिएको छ । किरातकालमै बनेको उक्त मुर्ति यसरी फोडिदा समेत प्रशासनिक निकायले कार्वाही गर्ने कुनै मनाशाय देखाएको छैन । मध्य राति तोडफोड गरिएको भनिएको उक्त मुर्ति ध्वस्त हुँदा समेत पशुपति विकास कोष चु सम्म बोलेको छैन । यसको स्थापना किरातकालिन राजा यलम्बरको पालामा भएको  र भगवान शिव किरात रुप धारण गरेर  भ्रमण गरेको महाभारतमा उल्लेख छ । यहाँ किरात भएर शिव डुलेको थाहा पाएपछि पार्वतीले पनि किरातीनीको रुप लिएर आएकी थिइन् भनिन्छ । पार्वती किरातीनीको रुप लिएपछि शिवले पनि किरातेश्वरको रुप धारण गरेको पुराणमा वर्णन गरिएको छ । यही शिव लिङ्गको दर्शनले विरुपाक्षले मुक्ति पाएको पौराणिक कथामा उल्लेख छ । यति प्राचीन किरातकालिन मुर्तिको अध्ययन भएको छैन । यसलाई जस्ताको त्यस्तै बनाउन असम्भव रहेको गुज्येश्वरीको पुजारीले छहरालाई बताए । किरातेश्वरका पुजारी बद्री कोइरालाका अनुसार मुर्ति तोडफोड गर्नेहरु प्रहरीले पहिचान गर्दा समेत कार्वाही नभएको बताउँछन् । तोडफोड गर्ने उद्देश्य किरात संस्कार, संस्कृति र धर्मलाई निमिट्यान्न गर्नु नै हो भन्ने निष्कर्षमा किरात विद्वानहरु पुगेका छन् । तैपनि त्यस्ता तत्वहरुमाथि किन कार्वाही भएनन् ? यसमा संलग्न व्यक्तिहरुको पहिचान भइसक्दा पनि पशुपति क्षेत्र विकास कोषका साथै सम्बन्धित प्रहरी प्रशासन र स्वयं गृहमन्त्री थापा समेत बेखबर झै देखिन्छन् किन ? 

« PREV
NEXT »

यसमा तपाइको मत