Latest News

चाम्लिङले तोडे बसुको किर्तिमान

ग्यान्टोक । पश्चिम बंगालका मुख्यमन्त्री ज्योति बसुले कायम् गरेको किर्तिमानलाई सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक अध्यक्ष तथा मुख्यमन्त्रि डा.पवन कुमार चाम्लिङले तोडि दिएका छन् ।
२३ वर्ष ४ महिना १६ दिन अर्थात् ३४ वर्षसम्म सरकार सम्हालेका सीपीएमका ज्योति बसु सन् १९७७ जुन २१ देखि ५ नोभेम्बर २००० सम्म पश्चिम बंगालको मुख्यमन्त्रि रहेका थिए । यता सिक्किम डेमोक्रेटिक फ्रन्टका प्रमुख डा.पवन कुमार चाम्लिङ सन् १९९४ डिसेम्बर १२ देखि हालतक अनवरत रुपमा सिक्किममा मुख्यमन्त्री रहेका छन् । यो हरफ लेख्दाको मितिसम्म ८ हजार ३ सय ४९ दिन मुख्य मन्त्रिको रुपमा कार्यभार सम्हालि सकेका डा.चाम्लिङको कार्यकाल अझै एक वर्ष बाँकी रहेको छ । स्रोतका अनुसार डा.चाम्लिङले चाहेमा अर्काे कार्यकाल पनि सरकार उनकै पोल्टामा पर्ने निश्चित छ ।
६७ वर्षीय चाम्लिङ यस अघि सिक्किम सग्राम परिषदमा आबद्ध थिए । यहि पार्टीबाट सन् १९८५ मा उनी पहिलो पटक सिक्किमका विधायकमा निर्वाचित बन्न सफल भए । सन्् १९९४ मा आफ्नै अध्यक्षतामा सिक्किम डेमोक्रेटिक फ्रन्ट खोलेका चाम्लिङ सुरुदेखि हालतक सिक्किममा एक छत्र मुख्यमन्त्रिको रुपमा रहन सफल छन् । छहरा साप्ताहिकबाट
« PREV
NEXT »

यसमा तपाइको मत