काठमाडौं । ३३ किलो सुन प्रकरणमा छानवीन समितिले शंकास्पद रुपमा हेरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारहरुलाई गालीगलौज गर्नाको साथै लात्ती समेत प्रहार गरेको समाचार छ ।
स्रोतका अनुसार वैशाख १९ गते प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका दिवेश लोहनीले पत्रकारहरुलाई फोटो खिचेको भन्दै पत्रकारहरुलाई तथानाम गाली गर्नुका अतिरिक्त लात्ती प्रहार गरेका थिए । गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको अध्यक्षतामा गठित छानवीन समितिले एसएसपी दिवेश लोहनीको भूमिका शंकास्पद रहेको ठम्याएपछि उनी अपराध महाशाखाबाट तत्काल प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए ।
स्मरणीय छ दिवेश लोहनी यस अघि पनि पटक÷पटक विवादमा तानीएका प्रहरी अधिकारी हुन् । सिंहदरबार, वडा प्रहरी कार्यालयमा ईन्चार्ज हुँदा लोहनीले बागबजार स्थित यात्री गेष्ट हाउसमा काम गर्ने धनकुटा घर भएका राई थरको व्यक्तिलाई निर्मम यातना दिएर मारेको कुरो ताजै छ । किरात राई यायोक्खाले त्यसैबेला राईको हत्या प्रकरणलाई लिएर वडा प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । तर लोहनीलाई कुनै कारवाही भएन । यस पटक पनि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति घोर भत्र्सना गर्दै निजलाई कारवाहीको माग गरेका छन् ।
समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी अनन्तराज न्यौपाने, ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालाई लोहनीले अश्लिल शब्द प्रयोग गर्दै लात्तीले हान्ने प्रयास गरेको पत्रकार जिल्ला महासंघका उपाध्यक्ष कुमुद अधिकारीद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । यस्ता खाले गम्भीर घटनाले प्रेस स्वतन्त्रता माथिको हमलासँग लोहनीमाथि थप कारवाहीको माग समेत गरेको छ ।






Social Buttons