-केदार इन्सानतम्बा राई वाबाहाम्छा
हिजो आज प्राज्ञ बरागी काइला उर्फ तिल बिक्रम नेम्वाङ ज्यु ले लिम्बु हरु किरात हैनन् भनेर भनी रहदा कतै त्यही लिम्बु समुदाय भित्र का एक जमात लिम्बु हरु माथी अन्याय त भैरहेको छैन ?इसा को १७०–२०० तिर लिच्छवि बँशी राजा सङ्ग उपत्यका खाल्डो मा सत्तासिन किरात राजा को युद्धमा हार (बध) भए पछि लिच्छवि बँशीहरुको आक्रमणबाट बच्न ति किराती प्रजाहरु आ–आफ्ना गाउ मुखियाहरुका नेतृत्वमा उपत्यका खाल्डो छाडि त्यहाबाट पूर्वि पहाडी भेग तिर भागी निस्कन थाले भने केहि किराती प्रजाहरु त्यहि उपत्यका खाल्डो मै यथावत रहि रहे । बिस्थापित भएका ति किराती प्रजाहरु पुर्वी पहाडका मानव बिहिन त्यस पाखा पखेराहरुमा आफ्नो बस्ती बसाएर रहन थाले । पाखा खोरिया खनी खोस्री त्यसलाई उब्जनियुक्त जमिनमा परिणत गरे । पछि त्यही गाउ मुखियाहरु बाट त्यस गाउ वा थुमहरुका समुहहरुको रेखदेख हुन थाले । भौगोलिक बिकट्ताका कारण यिनिहरु एक समुह अर्को समुह सङ्ग सम्बन्ध बिच्छेद जस्तै हुन पुगेका थिए । यसै कारण पनि ति गाउ मुखिया हरु को एक आपस मा एकता हुन सकेको थिएन । जसले गर्दा यि गाउ मुखियाहरुलाइ आपुंगी राजा भनेर भनिन्थ्यो ।
अब यहा इमान सिँह चेम्जोङ ज्यु ले लेख्नु भएको “किरात इतिहास”को केहि बुदाहरु माथी बिश्लेषण गरि हेरौं ।
इमान सिँह चेम्जोङ ज्यु को किरात इतिहास को तेस्रो भाग पृष्ठ १७ मा “दशलिम्बुको आगमन” मा के लेखिएको छ भने, “इसा को छैठौं सताब्दी तिर चिन्दविन नदि को हुक्काङ भ्याल्ली बाट युद्ध हारी सान्मक्वान(कतै ताइस्यान बँशी पनि भनिएको छ)जातिका दश चिनिया सरदारहरु आफ्नो साखासन्तान उठाइ बर्मा आउछ,बर्मा बाट पातकोइ पर्वत नाघी आसाम बसाइ आउछ,तर त्यहा उनिहरु भन्दा अघि आउने बँश द्वारा आवाद भै सकेको हुनाले त्यहाबाट पनि काँशी आउछ । काशीमा हिन्दु धर्मको प्रचार भइ रहेथ्यो । त्यहाका राजपुत राजाले हिन्दुमा नआउने जातीहरुलाइ देश निकाला गर्दै थिए, त्यस पछि ति दश चिनिया सरदारहरु त्यहा बाट बँगाल देशको उत्तर पुर्व का पहाडी खन्ड मा बसाइ आउछ, जहा आठ आपुँंगी किरात राजाहरुले सासन चलाएर बसेका थिए । ति दश चिनिया सरदार हरुले आफुहरु पनि ति आठ आपुँगी किरात राजाहरुको प्रजा भएर बस्ने, त्यहाका काइदा कानुनलाई आत्मसात गरि रहने भन्ने भए पछि ति आठ किरात राजाहरुले दश चिनिया सरदारहरुलाइ त्यहा बस्न अनुमती दिए ।
शनै शनै यि दश चिनिया सरदारका सन्तानहरुका जनसंख्या तिव्र गतिमा बढ्दै गए । त्यसपछि उनिहरुले आफुहरु किरात नभएर अर्कै एक नया जाती भएको भनी घोषणा गरे । यिनिहरुले आफुहरुलाई याक्थुङ्बा(सन १८३१ को सन्धि पछि याक्थुम्वाहरुलाइ नै लिम्बु भनिन थालिएको हुनुपर्छ) भनेर भन्न थाले । पछि आएर त्यस किरात भुमीमा ति दस सरदारहरुले ति आठ आपुँगी किरात राजा हरुको विरुद्धमा युद्ध गरि आपुङ्गी किरात राजाहरुलाई हराई सत्ता सासन आफ्नो हातमा लिए, भन्ने छ ।
अब यहा माथीका यि लाइनहरु पढे पछि निम्न प्रश्न हामी माझ उब्जिएर आउछ नै । जस्तो कि, ति आठ आपुँगी किरात राजाहरुलाइ ति दश लिम्बु सरदारहरुले युद्धमा हराएर राज्य सत्ता आफ्नो हातमा पारी सके पछि ति आठ आपुङ्गी किरात राजाका सन्तान तथा प्रजाहरु कहा गए ?
यस्को जवाफ हुन सक्छ, कि त मारिए कि त बिस्थापित भए ।
तर यसो भन्दा फेरि अर्को प्रश्न उठ्न सक्छ, मारिन त मारिए तर सबै त पक्कै पनि मारिएन होला, केहि बिस्थापित भए तर सबै त पक्कै पनि बिस्थापित भएन होला ।
अब त्यहा बाकी रहेका किराती प्रजा हरु के भए त ? भनेर निस्कने जिज्ञासा हरु मा मेरो आशंका यस्तो रहन गएको छ ।
कतै ति आठ आपुँगी किरात राजा का सन्तान तथा प्रजा हरुलाइ ति दश चिनिया सरदार हरुले आफु सङ्गै ल्याएर आएका भाषा, सँस्कार तथा भेषभुसाहरु अपनाउन लगाइ बिस्तारै याक्थुङ्वाकरण त गरेका थिएनन् ? अर्थात ति दश चिनिया सरदार हरुका रिति तिथी, भाषा, भेशभुसा तथा सँस्कारहरुको प्रभाव मा परि ति किराती प्रजा हरुले आफ्ना सँस्कार,भाषा, भेषभुसा भुल्दै गएर कालान्तरमा आएर पुर्ण रुपमा याक्थुम्वा त बनिएका थिएनन् ?
यहा यस मेरो आशंका लाइ थप बल पुर्याउन इमान सिङ्ग चेम्जोङ ज्यु को सोहि किरात इतिहास को पृष्ठ नम्बर २० मा भएको “दश लिम्बु को रितितिथी” शिर्षक को बुदा नम्बर २ र ४ ले अझै धेरै गरेको छ । जुन रिति तिथी ति दश चिनिया सरदार उर्फ याक्थुम्वा हरुले अरुण पुर्व का किरात देश युद्धमा जिते पछि बसालेका थिए। जहा भनिएको छ कि, “२ राज्य मा जनसंख्या कम भए शत्रु आक्रमण मा देश रक्षा गर्न अप्ठ्यारो हुन्छ भनी जनसंख्या बढाउन को लागी कुनै जाती वा बँशका मानिस भएता पनि आफ्ना भाइ भैयाद बनाइ दश लिम्बु(याक्थुम्वा) बँश भित्र राख्नु । ४. आफ्नो बँशले(सायद छोरी चेली ले भनिएको हुनुपर्छ) अरु कुनै मधेस या भोटका मानिस साथ नाता जोडे तापनि सो सम्बन्धबाट जति पुत्र पुत्री जन्मन्छ, ति सबैलाई आफ्नै बंशमा लिनु ।”
यसरी त्यस दश लिम्बु को रितितिथी मा यसो भनिएको हुदा साथै हाल आएर लिम्बु समुदायहरु माझ एकपक्षले आफुहरुलाइ किरात नै हौं भन्ने र अर्को पक्षले आफुहरु किरात हैनौ भन्ने, एक पक्ष लिम्बुहरु अरु किरातीहरु जसरी नै ल्हासा गोत्रे हुने र एक पक्ष काँशी गोत्रे(आठ ल्हासा गोत्र, पाच काशी गोत्र का दुइ जमात) पाउनु ले पनि यहा सँका को घेरा मा राख्छ कि त्यहा लिम्बु समुदाय भित्र पक्कै पनि किरात र दश लिम्बु सरदार हरु को मिश्रण भएको हुनुपर्छ । जहा एक पक्ष लिम्बु हरु वास्तब मै किरात हैनन् लिम्बु मात्र हुन् र एक पक्ष पक्का किरात नै हुन् लिम्बु हैनन्, तर लिम्बुकरण मा परेर लिम्बु भएका हुन् ।
त्यसैले यहा कसैले लिम्बु हरु किरात हैन भनेर भन्छ भने त्यहा एक जमात लिम्बु हरु माथी ठुलो अन्याय हुन जान्छ जस्तो मलाइ लाग्छ ।





Social Buttons