
काठमाडौं । छहरा साप्ताहिक । जनयुद्धताका नेपालमा आफ्नो अभियान पुरा गराउन, खम्बुवान, लिम्बुवान, तमुवान्, खसान क्षेत्र, मगर क्षेत्र, तामाङ क्षेत्र, नेवा क्षेत्र आदि कायम गर्दै जनजातिहरुमा च्युगम बाड्ने काम गरिरहदा छहरा परिवार लगायत जनजाति बुद्धिजिवीहरुले त्यसैबेल प्रचण्ड कमरेडहरुसँग के प्रश्न गरेका थिए भने –‘भविष्यमा गणतन्त्रात्मक शासन कायम भयो भने समानता र समानुपातिक प्रतिनिधित्व र समावेशीको साथै जनसंख्याको आधारमा जनजातिले, दलित समुदायले राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका महत्वपूर्ण निकायहरुमा समानता र समानताको आधारमा बहाली हुन पाउँछन् त ? अथवा फेरी पनि बाहुनवादलाई नै हावी गराई आदिवासी, जनजाति, दलित, उत्पीडित वर्गमाथि रजाई गर्ने धृत्याईले निरन्तरता पाउने त होइन भन्ने प्रश्न लागेका थिए ।’ यस्ता गुलिया झोलमा डुबाई दिएका आश्वासनहरुबाट जनजाति, दलित, उत्पीडितको उत्थान हुन सक्दैन । आदिवासी जनजाति दलित उत्पीडित वर्गले नेतृत्व तहमा नपुगी परिवतृन गरेनन् भने देशले फड्को मार्न सक्दैन । वास्तवमा भन्ने हो भने दलित उत्पीडित र जनजातिहरु नेपालको निमित्त फुटबल खेलको भकुण्डो हुँदै आइरहेका छन् । कुनै बेला यी वर्ग भोट बैंक हुन्छ भने कुनै बेला रेड आर्मी बन्छन् तर तर खाने बेलामा यी वर्गलाई पाखा पारिन्छन् । यस्तो थितिले नेपालमा सदियौ देखि निरन्तरता पाउँदै आइरहेको छ । यस पटक आकारमा नेपाली कम्युनिष्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा ठूलो पार्टी बन्दै गर्दा यहाँका आदिवासी जनजाति, पीडित, उत्पीडित वर्गहरु हर्ष विभोर हुँदै थिए । तर प्रस्तावित कम्युनिष्ट पार्टी सन्चालन गर्ने शक्तिशाली स्थायी कमिटि लगायत केन्द्रीय समिति गठन हेर्दा पुन जनजाति लगायत दलित उत्पीडित वर्ग तालुमा हात लगाएर बस्न बाध्य भएका छन् । किनभने यो दक्षिण एसियाकै ठूलो भनिएको नेपाल कम्युनिष्ट पार्टी सन्चालनार्थ निर्माण नौं सदस्यीय सचिवालय स्थायी समितिमा जनयुद्धताकाका रेड आर्मीहरुलाई पाखा पारिएको सो हाई कमाण्डमा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल, नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् । दुई जना अध्यक्ष ४४१ कार्य समिति सदस्य र ४३ सदस्यीय स्थायी समिति सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टी(अन्डरलाइन)लाई सुरुमा नै गासमा ढुंगा भनेझैं समानता, समानुपातिक प्रतिनिधित्व, समावेशीको मुल नारालाई कुठराघात गरेको आरोप लागेको छ । यस विषयमा पूर्व एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, माओवादी केन्द्रीकी जयपुरी घर्तीले समेत पार्टीले ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्नेलाई तिलान्जली दिएकोमा छहरा सँगको भेटमा असन्तोष पैदा गरेको छ ।
यसमा तपाइको मत
Social Buttons