काठमाडौँ र यसको दक्षिण तथा पूर्वमा पर्ने क्षेत्रहरूमा किराँतहरू छरिएर बसेको कुरा आजसम्म पनि पाइन्छ । नेपालमा किराँतहरूको चर्चा गर्दा सेनहरूको चर्चा गर्नु पनि आवश्यक हुन्छ । सेनहरूको राज्य स्थापनाका समयमा जिल राई र अजिल राईको कथा आउँछ । उनीहरू दुवै भाइ त्यस समयका स्थानीय राजा कर्मसिंहको सेवाचाकरीमा बाईस वर्षसम्म बसेका थिए ।
बाईस वर्षपछि जिल राई र अजिल राईहरूले कर्मसिंह राजाको राज्य आफ्नो अधिकारमा पारे । यिनै अजिल राई पछि हिन्दुकृत भएकाले अजिल सेन भए । अजिल सेनको शेषपछि उनका छोरा तुला सेन राजा भई उनले नै मकवानपुर गढीका निर्माण गरेको कुरा सेन वंशावलीमा पाइन्छ । यिनैका पाँचौँ पुस्तापछिका सन्तान मुकुन्द सेन बडा प्रतापी राजा भए । यिनले नै पछि पाल्पा पनि आफ्ना अधिकारमा गरी काठमाडौँ पुगेका थिए र पूर्वमा समेत कोसी क्षेत्रमा पर्ने चौदण्डी गढी अधिकार गरी काठमाडौँ आफ्ना छोरा लोहाङ सेनलाई भाग गरिदिएका थिए । लोहाङ सेनले कोसीपूर्वको विजयपुर गढी विजय गरेको कुरा सेन वंशावलीमा उल्लेख छ भनी बालचन्द्र शर्माले नेपालको ऐतिहासिक रूपरेखामा उल्लेख गरेका छन् । यी सेन राजाहरूको सम्बन्ध महेन्द्र राई, विचित्र राई, विश्वाचन्द्र राई, अगमसिंह राई, सिंह राई तथा बुद्धिकर्ण राईहरूसित रहेभएको देखिन्छ । यी जाति पनि किराँतहरू थिए । ती मन्त्रीहरू नै थिए र सेनहरू राजा थिए । तर सेनहरू नाम मात्रका राजा थिए र सम्पूर्ण राज्यमा हालीमुहाली भने किराँत मन्त्रीहरूकै चलेको बुझिन्छ । त्यस समयमा यिनीहरूका अधीनमा रहेका राज्यलाई मोरङ राज्य भनिने गरेको थियो ।
यसरी मकवानपुरगढी, सिन्धुलीगढी, हरिपुरगढी, चौदण्डीलगायत कोसीपूर्वको विजयपुरगढीसमेत समस्त मोरङ राज्यमा यी किराँत मन्त्रीहरूको हालीमुहाली भएकाले यी क्षेत्रहरूसमेत किराँत क्षेत्रभित्र परेको थियो भन्नुपर्छ । यसै सन्दर्भमा सिलिगढी, दालिमगढी, जलपाईगढीसमेतको विचार गर्नु पनि युक्तिसङ्गत नै हुन्छ । यसरी पश्चिमदेखि पूर्वमा आसामसम्म नै किराँत क्षेत्र जोडिन नै पुगेको देखिन्छ । पृथ्वीनारायण शाहको विजय अभियानसमेत टिष्टा नदी तरी आसामसम्म नै पुगेको थियो । तापनि सन् ज्ञडज्ञछ – ज्ञट को नेपाल र अङ्ग्रेजको बीचमा भएको सुगौली सन्धिपछि भने नेपालको सिमाना मेची नदी कायम हुन आएकाले मेची पूर्वका समस्त क्षेत्र सिकिक्म, भोटाङ र हिन्दुस्तानमा गाभिन गयो । यसरी अन्य देशमा गाभिन गई बाँकी रहन गएको क्षेत्रलाई प्रशासन र राजस्व असुली सुविधालाई ध्यानमा राखी जिल्लाहरूको गठन गर्नु पर्दा मोरड्डका तराई खण्डलाई पछि अलग्गै जिल्लाहरूमा विभाजन गरियो भने पहाड खण्डलाई किराँत क्षेत्र भनियो । यो किराँत क्षेत्रको प्रशासन धनकुटा गोश्वाराबाट हेरिने गरेको र मालपोत तथा राजस्व असूलीका निमित्त भने— ९१० वल्लो किराँत, ९२० माझ किराँत र ९३० पल्लो किराँत भनी तीन क्षेत्रमा विभाजन गरियो ।
आजभोलि पनि काठमाडौँदेखि पूर्व मेचीसम्मको पहाड खण्डलाई किराँत क्षेत्र, कोसीदेखि पूर्वलाई मोरङ्ग र कोसीपश्चिमका समतल क्षेत्रलाई तराई भनिने गरेको भए तापनि सिल्वा लेभीले आफ्नो पुस्तक “ला नेपाल” मा पाद्री जर्जी ९न्भयचनष्० ले सम्पादन गर्नुभएको क्यापुचिन पाद्रीहरूबाट लिइएको नेपाल र तिब्बतको सम्बन्धको विवरणमा बेतिया र काठमाडौँको माझमा अथवा नेपाल र बेतियाको माझमा मोरङ्ग राज्य भएको र त्यसको मुख्य केन्द्र मकवानपुरगढी र हेटौँडा एउटा मुख्य बजार भएको कुरो उल्लेख गरिएको छ । यसका साथै मोरङ्ग राज्यले मुगल राज्यलाई रु २,५०,००० र ७ (सात) वटा हात्ती वार्षिक नजरानासमेत बुझाउने गरेको थियो । त्यस समयमा मोरङ्ग राज्यको राजधानी राडोक थियो भनी लेखिएको छ । इमानिसंह चेमजोङज्यूले यसैलाई वर्षा राजदरबार र शासनगढीलाई हिउँदे राजदरबार थियो भनी लेखेका छन् । यसबाट पृथ्वीनारायण शाहको विजयकालभन्दा अघि मोरङ्ग राज्यको छुट्टै अस्तित्व भएको बोध हुन्छ । सोही मोरङ्ग राज्यमा नै सेन वंशका आधिपत्य रहेको देखिन्छ । यही मोरङ्ग राज्य नै पृथ्वीनारायण शाहको कालसम्म अस्तित्वमा रहेको र सोही मोरङ्ग राज्यअन्तर्गत पूर्वका पहाड तथा समतल क्षेत्र जसलाई त्यसबखत किराँत क्षेत्र भनिन्थ्यो, समावेश भएको कुरो सेन राजाहरूका विभिन्न चिठीपत्र, लालमोहर, वंशावली तथा विभिन्न ऐतिहासिक घटनाहरूबाट स्पष्ट भइराखेको छ । यसरी पृथ्वीनारायण शाहको समयभन्दा अघि स्वतन्त्र मोरङ्ग राज्य रहेको र किराँतहरू एउटा स्वतन्त्र र प्रभावशाली जाति भएको कुरोसमेत इतिहासकारहरूले उल्लेख गरिराखेका छन् ।
यसरी पृथ्वीनारायण कालसम्म मोरड्ड राज्यका पहाड वा समतल खण्डमा किराँतहरूको प्रभुत्व रहेको कुरा स्पष्ट हुन्छ । माथि नै लेखिएको छ– मोरङ्ग राज्यको समतल क्षेत्रलाई तराई भनियो र पहाड खण्डलाई किराँत भनियो र किराँत क्षेत्रलाई ९१० वल्लो किराँत, ९२० माझ किराँत र ९३० पल्लो किराँतमा विभाजन गरिएको छ । अझ पछि गएर भने वल्लो र माझ किराँतलाई खम्बुवान र पल्लो किराँतलाई लिम्बुवान भन्न थालियो । अब यो लिम्बुवान र खम्बुवान भनी नामकरण कसरी हुन आयो ? यो प्रश्न बडो जटिल छ । यो खोजीको विषय पनि हो ।
किराँत क्षेत्रमा बस्ने किराँतहरू पछि आएर राई भएको देखिने कुरो त माथि नै लेखिएको सेन वंशावलीका जिल राई र अजिल राईको प्रसङ्गले पनि देखाइसकेको छ भने राईहरूका र लिम्बूहरूका वंशावली जो प्राप्त छन्, तिनीहरूबाट समेत स्पष्ट हुन्छ । तर यहाँ अझ गहिरिएर बुझ्नुपर्ने र ध्यान पु¥याउनुपर्ने कुरो के छ भने किराँतबाट राई भएका राईहरू लिम्बू कसरी हुन पुगे ? आजका लिम्बूहरूका प्राप्त छुटफुट वंशावलीहरूलाई हेर्दा आजभन्दा ७ पुस्ताअघि कन्दङ्वाहरूको पुर्खा टटुवा राई, याङ्द्वा राई, तथा पोना राई थिए । आजभन्दा ८ पुस्ता अघिका मेवाङ्वो, आङ्वो, आङ्बुहाङहरूका पुर्खाहरू नामित राई, मुगाम राई, चन राई, खन राई, सिन राई, ताला राईहरू थिए । त्यस्तै आङ्दम्बे, लौती, इङ्नाम, तुम्बापो, शेर्माहरूका पुर्खाहरू कोच राई, राज राई, ओम राई, पाना राईहरू थिए । थाम्सुहाङ तथा जवेगुका पुर्खा क्वाव राई, लाङ्भो राई तथा मिफोन राईहरू थिए । यिनीहरू कोही ७ पुस्ता, कोही ८ पुस्ता, कोही ९÷१० पुस्ता मात्र अघिका वा आजका १५०–२०० वर्ष अघिका हुन् ।
यसरी आजभोलि लिम्बू भनिने समस्तका पुर्खाहरू राई देखिन्छ । पृथ्वीनारायणको विजयपछि भने यी राईहरूलाई अरुणपश्चिम साबिकै राई भनिएको र अरुण पूर्वका राईहरूलाई नै लिम्बू भनिएको देखिन्छ । त्यति मात्र नभई मकवानपुरगढी, हरिपुरगढी, सिन्धुलीगढी, चौदण्डीगढी तथा विजयपुरगढीका प्रभावशाली मन्त्रीहरूसमेत राईहरू नै छन् विचित्र राई, विखाचन्द्र राई, अगमसिंह र बुद्धिकर्ण राईहरू नै यस क्षेत्रका हालीमुहाली चलाई आउने मन्त्रीहरू भएको कुरो इतिहाससम्मत नै छ । उनीहरूको राज्य नेपालमा मिलेको सन् ज्ञठठद्ध मा भएकाले त्यस समयसम्म पनि यस क्षेत्रका बासिन्दाहरूलाई नै राई भनिँदै थियो भन्ने देखिन्छ ।
त्यति मात्र होइन, रणबहादुर शाहबाट वि.सं १८४१ तथा इस्वी सन् ज्ञठडघ – डद्ध ताका भएको चिठ्ठी मोहरमा उप्रान्त सुखिमपतिको, हकिकत, सुधारेका हकिकत, गणदल राईको हकिकतको खबर विस्तार विन्ती गरी पठाएछौँ मालुम भयो भनी श्री भर्तधन राई, श्री देवफानो राई, श्री आतहाङ पङ्मागु राईहरूका नाममा लेखिएको चिठी मोहरका साथै सन् ज्ञठडघ ताका किक्मिसित युद्ध गर्नका निमित्त जिम्मा लगाइएका हतियारहरूको लगत तपसिलका नाममा यसरी दिइएको छ —
तपसिल बन्दुक तरबार धनु
सुब्बा श्रीदेव फागो राई–मेवाखोला ३० २५० २२०
सुब्बा रैनसिंह सेरक राई–मेवाखोला १८ ३०० २२८
सुब्बा आतहाङं राई–फेदाम २५ २२५ २२७
सुब्बा शुभवन्त राई–तम्बरखोला २० १६० १५०
यसरी सन् ज्ञठडघ–डद्ध ताकासम्म पनि किराँतहरूलाई राई नै भनिने गरेको स्पष्ट छ । उपर्युक्त राईहरूलाई सुब्बा दर्जा प्राप्त भएपछि पनि थर लेखी त्यसपछि राई लेखिने वा सुब्बा लेखी नामको पछि राई नै लेखिने गरेको स्पष्ट छ ।
अब यहाँ यी राईहरू कसरी लिम्बू भनिए भन्ने कुरातर्फ विचार गर्न पर्दा सबैभन्दा पहिले लिम्बू शब्द कहिले कुन मितिमा प्रयोग भयो भन्ने कुरा सोच्नुपर्ने हुन्छ । यसरी हेर्दा इ.सन ज्ञठठद्ध मा अथवा संवत् १८३१ मा श्री ५ पृथ्वीनारायण शाहबाट बक्सेका ३ लालमोहरहरूको चर्चा गर्न आवश्यक छ । यी तीनमध्ये पहिलो संवत् १८३१ वैशाख वदी ३० मा लेखिएको पत्र यसप्रकार छ ः
स्वस्ती श्री राजभारासामर्थ श्री जड्ड राय, फुङ राय, श्री जमुन राय, के सब लिम्बू राय के आशिष .....पूर्वका पत्रमित्रम् । यहाँ कुशल ताहाँ कुशल चाहिय । आगे यहाँको समचार भलो छ ।
उप्रान्त तिमीहरूलाई हिजो जित पिछा बक्सिएको त्यो मुलुक आज हाम्रो प्रतापले हाम्रो भयो त तिमीहरू पनि हाम्रै भयौँ । तिमीहरूका जहानका पिछा हामी लियौँ । जस जसको जग्गा जम्मा गराई दबाई खाई पाई आएका थियौँ सो सकल मुलुकको सम्भार गर अरू नौ लाख राई पट्टि होइन । क्या अर्थले हो भन्या अरू राजालाई मास्ने हो । तिमीहरू आफ्ना भाइ वा लिम्बू घराई लिइकन अब पिछा बक्स्यो । इति संवत् १८३१ साल वैशाख वदी ३० रोज शुभम् ।
उपर्युक्त लालमोहर विशेष उल्लेखनीय र महत्वपूर्ण छ किनभने यसैमा प्रथमपटक लिम्बू शब्दको प्रयोग भएको छ । यसको प्रथम दफामा विभिन्न राईहरूको नाम उल्लेख गरी “सब लिम्बू रायके” भनी सम्बोधन गरिएको छ र यस प्रयोगबाट सबै लिम्बू र सबै राई भन्ने बुझिँदैन तर सबै राई नै लिम्बू भन्ने बुझिन्छ । अथवा राई र लिम्बू दुई जात अलग भन्ने हो भन्ने नबुझिई राईहरू नै लिम्बू एउटै जात भन्ने बुझाउँछ ।
अझ तल पेटबोलीमा अरू नौ लाख राईपट्टि होइन भन्ने भएकाले नौ लाख राई अलग तिमीहरू अलग भन्ने कुरा राखी यो अलग गर्नुपर्ने कारण क्या अर्थले हो भन्या अरू राजालाई मास्ने हो । भनी राई नै भए तापनि अरू राजा मासिने तिमीहरू नमासिने हौँ भन्ने स्पष्ट गरिएको छ । अब तिमीहरू नै राई भए तापनि नमासिने भएकाले तिमीहरू आफ्ना भाइ (बन्धुविरादर) भयौ र तिमीहरूलाई बन्धु भएकाले राईभन्दा अलग लिम्बू भयौ वा तिमी राईहरूलाई अबउप्रान्त लिम्बू गरायौँ र पिछा बक्स्यौँ भन्ने कुरा स्पष्ट गरिएको छ । तिमीहरू आफ्ना भाइ वा लिम्बू घराई लिइकन पिछा बक्स्यौँ भनेबाट उपर्युक्त कुरा स्पष्ट हुन्छ ।
यसरी यही लालमोहर भएपछि समस्त राईहरूमध्ये अरुणपूर्वका राईहरूलाई लिम्बू भन्न थालिएको हो भन्ने देखिन्छ । यस्तै, राईलाई लिम्बू भनिएको संवत् १८३० श्रावण सुदी २२ रोजा २ को अर्को लालमोहरलाई किराँतीहरूले तसल्ली मोहोर र कतिले सन्धि मोहोर समेत भन्ने गरी आएका हुन् । श्री ५ पृथ्वीनारायण शाहबाट भएको लालमोहरमा यस्तो छ । स्वस्ती श्री आगे राजाभारा सामर्थ श्री शुभराय, श्री कुमराय, श्रीजड्डराय, अरू सबै गैह्र लिम्बू रायको पूर्ण मोहोरको पत्र यथोचित — उप्रान्त मिला मिलन्तम यदाका लागि त्यहाँलाई कुशल चाहियो । मेरो धर्म मन भलो छ ।
तिमीहरू हिजो पनि पिछा बक्सेका हौँ तिम्रा मुलुक हाम्रा प्रतापले हाम्रो भयो तिमी तुतु तुम्माङ भाक्हङ सन्तान हौ । आज त्यो मुलुक हाम्रो भए तापनि तिमीहरू हाम्रै हौ । तिम्रा जहानका पिछा हामीले लियौँ । जस जसले जे जे तिम्रा खाइन पाइन र लुङमाङ गढ सिङमाङ गढ शुद्धलाई सब खतबाट शुद्ध गरी खानामा हिजोका तिम्रो मुलुकभित्रका सबै थामी बक्स्यौँ ।
तिमीहरू हाम्रा भारदारहरूसीत सामेल रहू र मद्दत सघाई हिजा आफैँ आफ अपुङ्गी बसी आएका बमोजिम त्यो मुलुकको सम्भार गरी जिमीभूमि रहिन्ज्याल तिम्रा शाखा सन्तान तक भोग्य गर ।
अरू नौ लाख राई पट्टि तिमीहरू होइन के अर्थले हो भने राजा मासिने हुँदा तिमीहरू राजा नै भनिने नमासिने हौ । तर कुराको विस्तार तिम्रा नाभीमा बसेकाले तिभले तिनले ग¥यो ।
सुखिमको र हाम्रो घान भएको हो । हाम्रो भलो मानिस र चौधरीले बोल कुरा गरी गएको छ । उनैबाट कुराको विस्तार बुझौला मिली तिमीहरूका आफैँ आम अपुङ्गी खाइन पाइन माथि लेखे बमोजिम जिमीभूमि जानी चलन गरी खानू ।
हामीले खोसेमासे मानी पुजी ल्याएको देउताले हाम्रो राजकाज भङ्ग गरोस् भन्या तावापत्रको तसल्ली मुलुकी लालमोहर बाँधी माथि लेखिने लिम्बू कुल भाइलाई दियौँ । इति संवत् १८३१ साल मिति श्रावण सुदि २२ रोज २ बार मुकाम कान्तिपुर राजधानी शुभाय शुभम् ।
यसमा पनि श्रीसुन राई, श्रीकुम राई, श्रीजड्ड राई नाम लेखी अरू सबै गैह्र लिम्बू राईके भनेबाट राईहरूलाई नै लिम्बू भनी लेखिएको देखिन्छ । यसको पेटबोलीमा समेत राई राजाहरू मासिने भएको कुरा उल्लेख छ र तिमी लिम्बूहरू नमासिने राजा नै भनिने भएकाले तिमीहरू हाम्रा कुल भाइ भयौ भनी राईहरूमध्ये अरुण पल्लो किराँतको राईलाई फुटाई कुल भाइमा दरी लिम्बू भन्ने गरेको स्पष्ट छ । यसरी केही कालसम्म कुल भाइमा दरिएका राईहरूलाई लिम्बू राई भनिएको कुरा लालमोहरहरूबाट देखिन्छ । पछिपछि भने लिम्बू राई लेखिन छोडी लिम्बू मात्र लेखिन थालेको देखिन्छ ।
श्री ५ पृथ्वीनारायण शासनबाट बक्सेको संवत् १८३१ भाद्र वदी ५ रोज ६ मुकाम कान्तिपुर राजधानीबाट लेखिएको अर्को तेस्रो लालमोहरमा भने माथिकै झै लिम्बू राई गैह्र के आशिष लेखिएको छ । र पेट बोलीमा तिमीहरू त्यस देशका भलो मानिस हौ । तिमीहरूलाई हिजोदेखि पनि राजै मानिअएका थियौ । राजाका मास पलासमा हिजो पनि पस्नैथ्यौँ । आज पनि नासमा पस्यौन भनी हामीले सोही बुझिकन तिमीहरूलाई पिछाको मोहर पनि बक्सी पठायौँ । जब तक लिम्बुवान छ लिम्बुवानलाई पिछा बक्स्यौँ भनी भारदारहरूलाई अहई पठायौँ । आज तिमीहरूलाई पिछा लिएको छ । अर्को तरह नमान भन्दै तिमीहरूलाई सुन चुरा शिर पाउ पनि बक्सौँला । तहाँ हाम्रा भारदारहरूका सम्मतले मुलुकको सरसम्भार पनि गर । तमरमा साँघु पनि हाल । तिम्रा खाइन पाइन भर भरोत प¥या सबै थामिबक्स्या छ । आफ्ना खातिरजामासित जग्गा सम्भार गर । इति सम्बत १८३१ साल मिति भाद्र त्रदी ५रोज ६ मुकाम कान्तिपुर राजधानी भनी लेखिएको छ ।
यसमा पनि राजभारा सामर्थ श्रीनन्द राय, श्री जमुना राय गैह्र लिम्बू राय नै लेखिएको छ । पेटबोलीमा जबतक लिम्बुवान छ लिम्बुवानलाई पिछा लियौँ । भनेर पहिलो पल्ट लिम्बुवा भनी प्रदेशको नाम उल्लेख भएको छ । यसबाट लिम्बू राई पछि मात्र लिम्बू रहेको र उनीहरू बसोबास गरेको क्षेत्रलाई लिम्बुवान भन्ने गरेको देखिन्छ । केही पछि भने लिम्बुवान क्षेत्रको सीमाना
तोकी अरुण पूर्व मेची पश्चिम भन्ने गरेको (सम्वत १८८७ श्रावण वदी ११ को रुक्का मोहरबाट) देखिएको छ भने त्यसैलाई केहीपछि सम्वत १९१८ आश्विन वदी ३० देखि जिल्लै पल्लो किराँत भन्ने गरेको देखिन्छ ।
यसरी पल्लो किराँतका लिम्बूहरू राई नै भएको कुरो स्पष्ट भएर आउँछ । श्री ५ पृथ्वीनारायण शाहको समयपश्चात मात्र राईहरूबाट अलग गर्नका निमित्त लिम्बू भनिएको देखिन्छ । यसैले आजभोलि लिम्बू र राई अलग देखाउने जो प्रक्रिया छ, त्यो इतिहासका आधारमा गलत प्रक्रिया भएको र त्यसमा निहित स्वार्थ लुकेको देखिन्छ । स्थानीय किराँतहरूसमेतमा पनि आफूआफू अलग भएको र सोही दाबी गर्न थालिएको कुरा आफ्नो इतिहास थाहा नभएको कारणले मात्र हो भन्नुपर्छ । आजभोलिका लिम्बूहरू पनि यता मात्र लिम्बू भन्न थालियो र पल्लो किराँत भनिने क्षेत्रलाई समेत लिम्बुवान भन्न थालियो । यसरी लिम्बू भने पनि राई भने पनि उनीहरू एकै हुन्, फरक छैन भन्ने कुरा उपर्युक्त प्रमाणहरूबाट स्पष्ट हुन्छ । यसरी लिम्बू भएको कुरो स्पष्ट हुन्छ भने खम्बू कसरी भयो भन्ने अर्को प्रश्न आउँछ । लिच्छवीहरूको राज्य स्थापना भएदेखि पहाडी किराँतीहरू काठमाडौँ दक्षिण ललितपुर हुँदै मकवानपुरतर्फ एक समूह झरेको कुरो सेनहरू जिल राई र अजिल राईकै सन्तान भएको कुराले स्पष्ट पारेको छ । अर्को हूल जो पूर्वतर्फ लाग्यो तिनीहरूले धेरै कालसम्म भक्तपुरमा बसोबास गरे । त्यसैले भक्तपुरको पौराणिक नाम खृपृङ, खृपृमब्रुमा, खोपृम, खोप्व हुँदै खोबुम हुन गयो । यिनै खोप्व वा खोबुमका बासिन्दाहरू नै शनैः शनैः पूर्वतर्फ ठेलिएर गए । खोबुमबाट पूर्वतर्फ ठेलिएर गएका किराँतहरूले आफ्ना भाषामा आफूलाई खोबुम्वा भन्न लागे । यही
खोबुम्वा कालान्तरमा खाम्वोङवाका रूपमा प्रयोग हुन थाल्यो र समस्त किराँत क्षेत्रका किराँतहरू खाम्बोङवा भए । खाम्बोङवा भनेका यिनै किराँतहरूलाई पृथ्वीनारायण शाहकालपछि खम्बू भनी लेख्न र भन्न थालेका हुन् । उता इतिहासकारहरूले भने खाम्वोङवाको अक्षरशः उल्था गरी यिनीहरू भूई फुट्टाहाङ हुन भनी लेख्न थाले । भूईफुट्टाहरू यसरी जमिनबाट सोझै उब्जिएका
वा उम्रिएका होइनन् । यिनीहरू भक्तपुरबाट पूर्व लागेका र भक्तपुरलाई अगाडि खोबूङ भन्ने गरिएकाले, धनकुटाबाट अन्यत्र जानेलाई धनकुटे भने जस्तै खोबुमबाट बसाइँ सरी जानेलाई किराँत भाषामा खाम्बुवा हुँदै खाम्वोङवा भन्न पुगेको हो भन्ने कुरा बढी तर्कसम्मत छ ।
खाम्बोङवा भन्नाले त्यस बखत हालका लिम्बू र राई दुवै बुझिने गरेको थियो । यसैले खाम्बोङवाहरू जो पहाडमा बस्दथे उनीहरू याक्थुम्बा (पहाडे भनिए र जो मधेसमा बस्थे उनीहरू वाखोम्बा मधिसे भनिए । याक्थुम्वा भन्नाले आजभोलि लिम्बुसुन भन्न थालिएको देखिन्छ । तर यो गलत प्रयोग हो ।
यसरी खाम्बोङवाहरू जो अरुण पश्चिममा बसे उनीहरूलाई मुखसुखका लागि वा जिब्राको सजिलोका लागि संस्कृतवाजहरूले खम्बू भनिदिए र तिनै खाम्बोङवा जो अरुण पूर्वतर्फका बासिन्दा थिए तिनलाई तीनै संस्कृतवाजहरूले मुखसुखका लागि लिम्बू भनिदिएका हुन् । वास्तवमा लिम्बू नामकरण “लुम्मासुम्मा” भनेको कञ्चनजङ्घा हिमालयलाई किराँत भाषामा त्यसो भन्ने गरेको र त्यसैलाई लिम्बुश्रृड्डम भनी संस्कृतवाजहरूले श्री ५ पृथ्वीनारायण शाहलाई बिन्ती विस्तार गरी युद्धक्षेत्रबाट श्री अभिमान सिंह, श्री पारस भण्डारी, श्री कीर्ति सिंह खवाज, श्री बलि बानियाहरूले सम्वत् १८३१ सालको सुरु वा १८३० सालतिर लेखी जाहेर गरी पठाएकाले नै लिम्बु श्रृङ्गममा बस्ने बासिन्दाहरूलाई लिम्बू भन्ने गरिआएको देखिन्छ । यसरी इमानिसंह चेमजोङको धनुले जितेर लिएको ठाउँ भएकाले लिम्बुवान र लिम्बू भएको भनाइ युक्तिसड्डत देखिन आउँदैन र श्री प्रेमबहादुर माओहाङले लेखेजस्तै लिमकहाङका सन्तान लिम्बू भन्ने कुरासमेतले मेल खाँदैन । यसैले लिम्बूश्रृङ्गम वा बुम्वासुम्बा हिमालकै नामबाट लिम्बू लिम्बुवानको नाम बस्न गएको कुरा सम्भव देखिन्छ । धनु काँडले हानेर लिएको जग्गा लिम्बुवान र त्यहाँका बासिन्दा त्यसैले लिम्बू मानेका खण्डमा बालिमुकहाङको सन्तान लिम्बू भएको कुरालाई मान्ने हो भने पृथ्वीनारायण शाह कालभन्दा अघि नै कुनै न कुनै रूपसँग कहीँ कहीँ लिम्बू उल्लेख भएको हुनुपर्छ, जुन कुरा आजसम्म पाएको छैन । यसैले लिम्बु खम्बु हालैको उपज मात्र हो । यी शब्दहरूको प्रयोग पौराणिक ग्रन्थहरू कुनैमा आएको छैन । पौराणिक ग्रन्थमा त किराँतको उल्लेख छ र त्यसभन्दा पछाडि भने सनद, सवाल, चिठ्ठी, लालमोहरहरूसम्ममा भने राई भनी उल्लेख भएको देखिन्छ ।
यसरी प्रस्ट हुने कुरा के छ भने— खम्बू भने पनि लिम्बू भने पनि राई भने पनि याक्थुम्बा नै भने पनि ती एकै हुन् र किराँतहरू नै हुन् यसमा कुनै सन्देह छैन । छहरा साप्ताहिकबाट





Social Buttons