Latest News

‘राज ‘रंक’ सबैको कालोधन खोजियोस्

राणाकालपछि, नेपालको इतिहासमै सबैभन्दा ‘पावरफुल’ ओली सरकारले अब स्व.राजा वीरेन्द्रको सम्पत्ति खोजी गरेझै, नेपालको हजारौंको संख्यामा रहेका भ्रष्टहरुको स्वदेश र विदेशमा लुकाइ राखेका सम्पत्तिहरुको खोजी गरी राष्ट्रियकरण गर्नु पर्ने आमधारणा छ । राष्ट्रिय लूट अभियानको निजीकरण भ्रष्ट र अवैध ढंगले आर्जन गरेको सम्पत्तिहरु ओली सरकारले गर्ने छ भन्ने कुरामा पनि जनता विश्वस्त छन् । जसरी गणतान्त्रिक सरकारले शाही सम्पत्ति माथि छानबीन गरी सामाजिक कार्यमा उपयोग गरे, सोही बमोजिम राजनैतिक व्यक्ति या कर्मचारी तन्त्रले भ्रष्टाचार गरि कमाएको अकुत सम्पत्तिलाई पनि सामाजिक कार्यमा उपयोग गर्नु पर्दछ । राजतन्त्रको पतन र गणतन्त्रको उदयकालमा गठीत ‘नेपाल ट्रष्ट सञ्चालक समितिको बैठकले स्व.राजा वीरेन्द्र र राज परिवारको नाममा लुकाइ राखेका सबै सम्पत्ति खोजबीन गर्ने काम गरेझैं हिजो राजनीति गर्न चप्पलमा भित्रिइएका नेताहरु, अहिले राजधानीमा गगनचुम्बी महलमा बस्ने, प्राडो पजेरोमा गुड्ने हैसियतमा कसरी पुगे, त्यसको खोजी उक्त ट्रष्टले गर्नुपर्दछ । विडम्बना पन्चायती कालदेखि गणतान्त्रिक कालसम्म दिन दो गुण, रात चौगुणाको दरले अपार कालो धन आर्जन गर्ने भ्रष्ट र जनविरोधी नेताहरुको बारेमा भने नयाँ नेपालको प्रतिपादकहरुले न कुनै चासो देखाएको छन्, नत खोजबीन नै गरेका छन् । कांग्रेसका चिरन्जिवी वाग्ले, खुम बहादुर खड्काहरुको त कुरै छाडौं माथि भनिएझै छिनिन लागेको चप्पल लगाएर राजधानी भित्रिएका कमरेडहरुकै यतिबेला काठमाडौंमा गगनचुम्बी महल कसरी ठडिए, उनीहरुले यसरी अपार धनरासी कसरी जोडे ? काठमाडौंका छिडिमा डेराभाडा तिर्न नसकेर घरबेटीबाट बेइज्जती खेप्ने अनगिन्ती नेताहरु यतिबेला अमेरीका, जापान, यूके, जस्ता देशहरुमा पेट्रोलियम पम्पलगायतमा शेयर समेत खरीद गर्ने हैसियतमा पुगे कसरी ? जन समक्ष उदांगो भइसकेको छ । यसतर्फ पनि ओली सरकारको ध्यान जाला कि ?

« PREV
NEXT »

यसमा तपाइको मत