Latest News

किन गएन सरकारमा फोरम ?

काठमाडौं । छहरा । ‘मुखमा राम राम, बगलीमा छुरा’ लाई चरितार्थ गर्दे संघीय समाजवादी फोरमलाई विरालाले मुसा खेलाएझंै खेलाउने र भने जस्तो व्यवहारमा नउतार्ने गठबन्धनका हर्ताकर्ता प्रम ओली र प्रचण्ड शैलीकै कारण, अन्तत अन्तिम समयमा फोरम सरकारमा नगएको हो ।
फोरम सत्तामा नगएको बारे छहराको जिज्ञासामा उक्त पार्टीका महासचिव राम सहाय यादवले भने “संविधान संशोधन गर्ने भनिए पनि अन्तमा प्रम ओलीले लिखित प्रतिबद्धता नगरेकै कारण फोरम सत्तामा नगएको हो । संविधान संशोधन हाम्रो पहिलो र अन्तिम सर्त हो ।” तर प्रम ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि जति तदारुकताका देखाउनु पर्ने हो, त्यो देखाएनन् । प्रतिबद्धता र लचकता देखाए जस्तो गरेतापनि संशोधनको एजेण्डामा ठोस सहमति नजनाउँदा हामी सरकारमा सहभागी नभएका हौ उनले भने । महासचिव यादवका अनुसार जुन दिन प्रधानमन्त्रीले संविधान संशोधनको लिखित प्रतिबद्धता जनाउँछन्, त्यही दिन देखि फोरम सरकारमा सहभागी हुनेछ । जबकि फोरमले २२ बुँदे सम्झौता कार्यान्वयन संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन, संघीय सीमांकन आयोगको गठन सम्बन्धि उपधारा थप गर्ने र ओली सरकारको साझा न्यूनतम् कार्यक्रम फोरमको भावना र मर्म अनुसार तयार हुनु पर्ने सर्त राखेको थियो । तर गठबन्धनका शीर्ष नेताहरुले यसलाई चासो नदिनु बरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र अध्यक्ष उपेन्द्र यादव बीचनै पनि अन्तर संघर्ष चल्नु पनि फोरम सरकारमा नजानुको कारण हो ।

« PREV
NEXT »

यसमा तपाइको मत