काठमाडौं । जो सरकारमा आयो, जो कार्यकारी प्रमुख भएर काठमाडौं महानगरपालिकामा आयो, त्यसैको भक्ति र गुलामी गरेर महानगरपालिकाको राजस्व, विकास प्रशासन र वातावरण शाखा प्रमुख हुने ज्ञानेन्द्र कार्कीले अहिले मेयर विद्या सुन्दर शाक्यलाई पनि प्रभावमा पारेर प्रशासन विभाग प्रमुखको जिम्मेवारी हत्याई सकेका छन् । कांग्रेसी बिल्ला भिरेका जिन्सी शाखाका प्रमुख सुमन अधिकारीलाई एमालेको गठ १४ नम्बर वडाका प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएपनि हाजिर नभै अटेर गरेर बसि नगर प्रवक्ता एवं प्रशासन शाखा प्रमुख कार्की मार्फत मेयर शाक्य कहाँ पुगेर राम्रो कोसेली पात चढाई पुरानो निर्णय उल्टाउँदै राजस्व विभाग महाशाखा प्रमुखमा हाजिर भई काम गर्न थालेका छन् । कार्की एक चरण विदेश भ्रमण मिलाई राजस्व विभाग प्रमुख हुन खोजिरहेको छन् । त्यसका लागि नै कार्कीकै सुमन अधिकारी वडा नं. १४ को प्रमुख प्रशासकीय अधिकृतमा हाजिर नभई राजस्व महाशाखामा भित्रिएका छन् । मेयर शाक्यलाई चुनावमा ४० लाख सहयोग गरेको छु मलाई राम्रो महाशाखा दिनुपर्छ भन्दै कार्कीले मेयर शाक्यसँग बार्गेनिङ गर्न थालेको कुराले चर्चा पाएको छ । शाक्य पनि कार्कीका अगाडि नतमस्तक भै उसले जे भन्यो त्यही गर्ने गरेका छन् । राजश्व महाशाखा र विभाग महानगर मालदार ठाउँ मानिन्छ । यसै विभागले ठूला व्यापारिक कम्प्लेक्स, भवन, खुला क्षेत्रमा राजस्व छुट दिने, राजस्व लिने सम्झौता गरि महानगरको घर–जग्गा, सार्वजनिक जग्गा भाडामा लगाउने गर्दछ । यसरी राजस्व तोक्दा करोडौं राजस्व छुट दिएर बीचमा तर मार्ने काम गर्न सकिन्छ । महानगरको सार्वजनिक जग्गा भाडामा दिदाँ, पार्किङ स्थलको ठेक्का दिँदा घटि दररेटमा ठेक्का दिएर बीचमा बढी रकम उठाएर घोटाला हुने गरेको छ । होडिङ बोर्डको विज्ञापन करमा पनि करोडौं हिनामिना गरि एक वर्षमै करोडपति बन्न सकिने हुँदा सुमन अधिकारी र ज्ञानेन्द्र कार्कीले मेयर शाक्यलाई रिझाएर राजश्व महाशाखा र विभाग प्रमुख हुन खोजेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव धनीराज शर्मा मेयर शाक्य र प्रशासन विभागका प्रमुख कार्कीको भ्रष्ट प्रवृत्तिबाट आजित भएर काठमाडौं महानगरपालिकाबाट सरुवा भएर ज्ञान खोजेका छन् । शाक्यले मेयरमा निर्वाचित भैसके पछिको ८ महिनामा कुनै काम गर्न नसकि रुमलिएका छन् । महानगरपालिका पहिलेको भन्दा गएगुज्रेको स्थितिमा पुगेको छ । विकास निर्माणका कुनै नयाँ कामको थालनी हुन सकेको छैन । फोहोरमैलाको समुचित व्यवस्थापन गर्न पनि महानगरपालिकालाई धौधौ भएको देखिन्छ ।
यसमा तपाइको मत
Social Buttons