Latest News

एयरपोर्टमा ठाकुर र सुवेदीको ब्रह्मलूट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तत्कालिन महाप्रबन्धक रहेका देवानन्द उपाध्याय, निर्देशक प्रेमनाथ ठाकुर, कर्पाेरेट महाशाखा प्रमुख रामचन्द्र सुवेदीको मिलोमतोमा त्रिुभवन विमानस्थलका ड्युटी फ्रि शप, रेष्टुरेन्ट, मनि चेन्जर, पसल कवल भाडामा लगाउँदा लाखौं रकम हिनामिना हुँदै आएको छ । आन्तरिक र बाह्य उडानको प्रस्थान र आगमन कक्षमा कोठा भाडामा लगाउँदा सम्झौता कम गरि बढी भाडा लिएर, बर्षाै देखिको भाडा रकम बाँकी राखेर करोडौं आर्थिक हिनामिना गरि भ्रष्टाचार गर्दै आएका छन् । आम जनताको हित र भलाईमा लगाउनु पर्ने विमानस्थलको कोठा दलाल, ठग र मुनाफाखोरलाई मिलोमतोमा दिलाई नेपाल नागरिक उडड्यान प्राधिकरणलाई करोडौं डुबाउने तत्कालिन महाप्रबन्ध उपाध्याय, निर्देशक ठाकुर र कर्पाेरेट महाशाखा प्रमुख सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कुनै कारवाही नगर्नु रहस्यको विषय भएको छ । विमानस्थलमा रहेको सुवास श्रेष्ठको कान्तिपुर क्याफेले विगत दुई वर्षदेखिको क्याफे सञ्चालन गरेको भाडा प्राधिकरणलाई बुझाएको छैन । भाडा नबुझाई विगत दुई वर्षदेखि विमानस्थलमा महँगो मूल्यमा चिया, कफि, चिसो र नास्ता खुवाउँदै आएको छ । दुई महिनाको पसल भाडा अग्रिम बुझाउनु पर्ने शर्त भए पनि श्रेष्ठले २ वर्ष देखिको भाडा बुझाएका छैनन् । प्राधिकरणले शर्त बमोजिमको भाडा नबुझाएपछि कान्तिपुर क्याफेलाई हटाउन खोज्दा मिलोमतोमा भाडा नबुझाई ०७२ वैशाख १३ मा सम्झौता अनुसारको अवधी थप गरि पाउ भनि काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको र काठमाडौं जिल्ला र उच्च अदालत पाटनबाट श्रेष्ठको दावी पुग्न नसक्ने फैसला गर्दै क्याफेले प्रयोग गरेको अवधीको भाडा ३५ दिन भित्र राजस्व शाखामा बुझाई ३५ दिन भित्र स्थान खाली गरि दिनुपर्ने ठहर गरेको थियो । त्यो फैसला अनुसार न त कान्तिपुर क्याफेका सञ्चालक श्रेष्ठले कोठा खाली गरेको छन् न त बाँकी बक्यौता भाडा नै तिरेका छन् । सो बक्यौता रकम उठाउन विमानस्थल कार्यालयका निर्देशक ठाकुर र कर्पाेरेट महाशाखाका सुवेदीले नै पहल गरेका छन् । बरु श्रेष्ठसँग मिलोमतो गरि भाडा रकम नबुझाउने षड्यन्त्र गरिरहेका छन् । यसमा सम्बन्धित निकायबाट कुनै कारवाही नहुँदा इमान्दार कर्मचारी आश्चार्यमा पर्दै आएका छन् ।

« PREV
NEXT »

यसमा तपाइको मत