Latest News

एमोल माओवादी केन्द्र बीचको अप्राकृतिक एकता लामो समय टिक्न नसक्ने


काठमाडौं । लामो अनिश्चिय, आशंका र अविश्वासलाई चिर्दै संसदवादी नेकपा एमाले र अर्ध संसदवादी र नव संशाधनवादी नेकपा माओवादी केन्द्र बीचमा पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी अध्यक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आआफ्नै दावी गरिरहे पछि दुवै अध्यक्ष अध्यक्ष रहेर दुई अध्यक्ष नै कार्यकारी रहने गरि दुई अध्यक्षको सामुहिक निर्णयबाट एकीकृत पार्टी सञ्चालन गर्ने सहमति साथ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने टुंगो लागेको छ । बहुमतको सरकार गठन गर्न एमाले अध्यक्ष ओलीले पार्टी एकतालाई अप्राकृतिक रुपमा एकीकरण गराउन सफल भएका छन् । ओली पार्टी एकतासँगै केन्द्रीय सरकारमा बहुमत प्राप्त दलको नेता सहित बहुमत प्राप्त दलको प्रधानमन्त्री भएका छन् । कम्युनिष्ट पार्टीमा नीति, विचार, सिद्धान्त, कार्यदिशा, कार्ययोजना, कार्यनीति मिलाएर संगठनात्मक रुपमा एक रुपता कायम गरि पार्टी एकता हुने पूर्व परम्परा र मान्यतालाई धज्जि उडाउँदै हतार हतारमा पार्टी एकतामा सहमति गरिएपछि यो एकता एक दुई वर्ष भित्र टुट्न सक्ने आशंका वामपन्थी नेताहरुले गर्न थालेका छन् । पार्टी एकतापछि विचार, सिद्धान्त र कार्यदिशा मिलाउन, संगठनात्मक स्वरुप तयार गर्न कार्यदल गठन गरिएका छन् । यसलाई ‘गाडी अगाडि गोरु पछाडी’ भन्ने टिप्पणी गर्न थालिएको छ । अध्यक्ष ओली र प्रचण्डको मात्र व्यवस्थापन हुने गरि पार्टी एकता भएको छ । दुवै पार्टीका दोस्रो तहका नेताहरुको व्यवस्थापन संगठनात्मक कार्यदलले गर्ने भएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष छाड्न नमाने पछि दुवै अध्यक्ष रहने गरि पार्टी एकताको सहमति गरि पार्टी एकता गरेका हुन् । विश्वमा कहि पनि पार्टी एकता गर्दा ठूलो पार्टीले अध्यक्ष र सानो पार्टीका अध्यक्ष दोस्रो महत्वपूर्ण पदमा रहने परम्परा र मान्यता छ । तर १० वर्षे जनयुद्ध गरि देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र ल्याउनमा महत्वपूर्ण योगदान दिएका प्रचण्डले प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्षमा भागबण्डा गर्नुपर्ने अडान लिएकाले दुबै अध्यक्ष संयुक्त अध्यक्ष बनाएर जान सहमत भएका छन् । दुई अध्यक्ष बीच प्रधानमन्त्रीमा पनि आलोपालो गर्ने सहमति भएको छ । तर एमालेले प्रधानमन्त्रीमा आलोपालो गर्ने विषयमा कुनै संकेत गरेका छैनन् । यस विषयमा मौन बसेकाले एक डेढ वर्षपछि भावी सरकारको विषयलाई लिएर ओली र प्रचण्ड बीच विवाद बढ्ने र पार्टी फुट्ने चर्चा हुने गरेको छ । एमाले अध्यक्ष ओली पाँच वर्ष नै सरकार चलाउन पाउनु पर्ने भनिरहेका छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने तीन वर्षपछि ओलीले सरकार छाडी आफुलाई प्रधानमन्त्री बनाउनु पर्ने आलोपालोको कुरा गरिरहेका छन् । प्रचण्डले गत साता भरतपुर र पेरिसडाँडामा आफु ढिलो चाडो प्रधानमन्त्री हुने अभिव्यक्ति दिएर भावी प्रधानमन्त्री बन्ने लालसा व्यक्त गरिसकेका छन् । पद, शक्ति र पैसाका लोभि प्रचण्ड पद र शक्ति बिना टिक्न नसक्ने स्वभावका नेता हुन् । विगत २७ वर्षदेखि माओवादीको महासचिव र अध्यक्ष रहदै आएका छन् । दुई पटक प्रधानमन्त्री भैसकेका प्रचण्ड फेरि प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्ने ख्वाप पालेर बसेका छन् । ओलीलाई रिझाएर एकीकृत पार्टीको अध्यक्ष बन्ने प्रचण्डको दाउँछ । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने ओली र प्रचण्डको महत्वाकांक्षाले पार्टी एकीकरण भएको हो । यी दुवैको लालसा हेर्दा एमाले र माओवादी केन्द्रको एकता धेरै दिन टिक्ने लक्षण देखिदैन । बुर्जुवा पार्टीमा हुने एकीकरणको  जस्तो विचार, सिद्धान्त, राजनीतिक लाईन नमिलाएका कारण एमाले र माओवादी केन्द्रको एकतालाई गत बर्ष भएको कमल थापाको राप्रपा नेपाल र पशुपति शमशेर जबरा राप्रपाको एकतासँग तूलन गरिएको छ । जुन एकता थापा र राणाको सम्बन्ध राम्रो नभएपछि छ महिनामै टुटेको थियो । एमालेले बहुदलिय जनवाद र माओवादी केन्द्रले एक्काइसौ शताब्दीको जनवाद, माक्र्सवाद लेनिनवाद र माओवाद विचार लिदै आएको छ । यी दुवै सिद्धान्तलाई मिलाएर समाजवादी क्रान्ति पुरा गर्ने कार्यनीति लिने दुवै दलका शीर्ष नेताहरुले बताउँदै आएका छन् । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने निर्णय भैसकेको छ । तर नेकपा दुई पार्टीको नाम छ । यो नाम नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र गोरखाका ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा पार्टी रहेकाले छुट्टै फुर्काे जोडेर नयाँ पार्टी बनाउने र निर्वाचन आयोगमा दल दर्ता गरिने भएको छ ।
एकीकृत पार्टीको नामका विषयमा पनि निकै विवाद हुने निश्चित छ । यसैगरि दुवै पार्टीका शिर्ष नेताहरुको व्यवस्थापनमा पनि चर्काे विवाद छ । एमालेका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ्ग, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई एमालेमा रहेका पद गुम्ने गरि पार्टी एकता गर्ने पक्षमा छैन । त्यस्तै माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ उपाध्यक्ष, कृष्ण बहादुर महरा, वर्षमान पुन, जनाद्र्धन शर्मा, टोप बहादुर रायमाझी, मातृका यादव, रामचन्द्र झा, शक्ति बहादुर बस्नेत, गिरीराजमणि पोखरेल, चक्रपानी खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, सचिव भन्दा तल झरेर बस्न मानिरहेका छैनन् । एमालेका झलनाथ खनाल, माधव कुमार नेपाल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, भीम बहादुर रावल, युवराज ज्ञवाली, विष्णु पौडेल, घनश्याम भुषालहरुको पदीय हैसियत के हुने भन्ने अन्यौलता कायम नै रहेको छ । यस्ता नेताहरुले आआफ्नो उचित पदीय व्यवस्थापन नभए पार्टी एकता बीचमै टुटाउने निश्चित छ । त्यस्तै माओवादी केन्द्रका लोकेन्द्र बहादुर विष्ट, विश्वभक्त दुलाल आहुती जस्ता नेताहरुले पुर्नगठित माओवादी केन्द्र गठन गरिसकेका छन् । असैद्धान्तिक र अप्राकृतिक पार्टी एकता नव संशोधनवादको भाषमा पार्टी गएको आरोप लगाउँदै माओवादी नेताहरु लोकेन्द्र विष्ट, विश्वभक्त दुलाल आहुँतीहरुले माओवादी केन्द्र परित्याग गरिसकेका छन् । पार्टी एकता हुँदा सम्मानजनक पद नपाए अरु नेताहरुले पनि पार्टी नछाड्लान भन्न सकिन्न । दुई अध्यक्ष मध्य ओलीले ५ वर्ष बहुमतको प्रधानमन्त्री बन्न र पार्टीको सर्वाेच्च नेता हुन र प्रचण्डले एकीकृत पार्टीको आलोपालो अध्यक्ष र तीन वर्ष पछि प्रधानमन्त्री बन्ने व्यक्तिगत स्वार्थ पुरा गर्ननै लागि विचार, सिद्धान्त र नीतिलाई त्यागेर अप्राकृतिक पार्टी एकता गरेकाले यो एकता धेरै महिना नटिक्ने राजनैतिक विश्लेषण गर्न थालिएको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत