काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष तथा पूर्व प्रम लोकेन्द्र बहादुर चन्दले तीनवटै राप्रपालाई एकीकरण गर्न कमल थापाको राप्रपाबाट अलग भएर नयाँ राप्रपाको अध्यक्ष हुन खोजेका छन् । सबै पूर्व पन्चहरुले स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नराम्रो पराजय भोगी राष्ट्रिय राजनीतिबाटै लोप भएकाले चन्दले पूर्व राजावादी पञ्चहरुको एउटै पार्टी बनाउन पहल शुरु गर्ने भएका हुन । राप्रपा तीन टुक्रामा विभाजित हुदा त्यसको फाइदा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र जस्ता वामपन्थी समूहले लिएको भन्दै चन्दले पूर्व राजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका पूर्व मन्त्री तथा भाजपाका नेता भगतसिंह कोसियारीको निर्देशनमा राप्रपा मिलाउने तयारी गरेको एक राप्रपा नेताले बताएका छन् । हिन्दू राष्ट्र मार्फत भारतले नेपालमा फेरि तिनवटै राप्रपालाई संगठीत र एकीकृत गराई एमाले माओवादी केन्द्र र कांग्रेसको विकल्पका रुपमा तेस्रो धार तयार पार्ने चलखेल शुरु गरेको छ । वामगठबन्धन एमाले माओवादी केन्द्र र नेपाली कांग्रेसले संविधानबाट धर्म निरपेक्षता हटाएर सनातन हिन्दुराष्ट्र कायम गर्न नमानेकाले भारतले नेपालमा आफ्नो राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक, सामरिक प्रभुत्व कायम राख्न राप्रपा नेताहरुलाई संगठीत गराउन खोजेको छ । तराई मधेसमा सक्रिय राजनीतिक दल मधेसी जनाअधिकार फोरम र राजपाको हैसियत २ नम्बर प्रदेशमा मात्र सीमित भएको स्थितिमा पूर्व पञ्चहरुलाई समेटेर तेस्रो वैकल्पिक शक्ति बनाउन पूर्व पञ्चले चन्दको नेतृत्वमा नाती जर्नेल पशुपति शमसेर जबरा, राप्रपा एकीकृत (राष्ट्रवादी)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी र निर्वाचनमा नराम्रो हार व्यहोररेको राप्रपा अध्यक्ष कमल थापालाई एकीकरण गराएर राप्रपा (एकीकृत) गठन गर्न तयारी शुरु भएको छ । चन्द पूर्व अध्यक्ष र प्रधानमन्त्री भैसकेकाले राणा, थापा र डा.लोहनीलाई सजिलै नेतृत्व स्वीकार्न सजिलो हुनेछ । यसरी राप्रपा एकीकृत हुँदा राणा सह अध्यक्ष, थापा र डा.लोहनी वरिष्ठ उपाध्यक्ष हुने गरि मोडल तयार पार्ने प्रयास भैरहेको छ । चन्द्र अध्यक्ष हुँदा थापा, राणा र डा.लोहनीलाई पनि स्वीकार्य हुन सक्ने बीचको बाटो खोजिदै छ । राप्रपा एक नभए अर्काे चुनावमा प्रदेश समानुपातिक, स्थानीय तहमा वडा जित्ने स्थिति पनि नबन्ने विश्लेषण कार्यकर्ताहरुले गर्न थालेका छन् । पार्टीले नराम्रो हार व्यहोरेपछि युवा नेताहरु कांग्रेस, एमाले, फोरम, राजपा र माओवादी केन्द्र तिर जान थालेका छन् । यसै बीच डा.लोहनीको राप्रपा(एकीकृत) र हरिबोल भट्टराईको नेपाली कांग्रेस(बीपी) बीच पार्टी एकता हुने बताइन्छ । जग्गा दलाल र बद्नाम मण्डले लुइटेललाई आफुले उपाध्यक्ष नमान्ने बताएर हरिबोलले पार्टी एकता गर्न नचाहेको हुन् । अहिले राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपी सँगको पार्टी एकता भाँडिएको छ । हरिबोल केन्द्रीय सदस्य मनोनित हुन पाएर माउ पार्टी कांग्रेसमै फर्किने भन्न थालका छन् ।
यसमा तपाइको मत
Social Buttons