वि.सं. १९४३ मा वीर शमशेर जंगबहादुर राणाले युवाहरुलाइ ब्रिटिश सैनिकमा भर्ती हुन दिए वापत प्रत्येक जवानको २५ ब्रिटिश पाउण्डको हिसाबले रोयल्टी ब्रिटिस सरकारले दिने र सो रकम आफ्ना निजी ढुकुटीमा राख्ने गरी उनले सम्झौता गरे । अंग्रेजहरुलाई नेपालीहरु साहसिला वीर योद्धा र ज्यादै अनुशासित बस्छन् भन्ने राम्ररी थाहा थियो । आफ्नो उपनिवेश हिन्दूस्थान बचाउन मात्र नभई संसारभरी फैलिएका साम्राज्यको रक्षा गर्न वीर गोर्खाली फौजको ठूलो खाँचो अंग्रेजहरुलाई परेको थियो । त्यसैले नेपालका युवकहरुलाई आफ्नो फौजमा भर्ना गरी तालिम दिएर अंग्रेजहरुले जताततै लडाइको मैदानमा पठाउन थाले । वीर नेपालीहरुले उत्तरी अफ्रिका, युरोप, मध्यपूर्वदेखि लिएर दक्षिण युरोप, दक्षिण पूर्ण एसियाका देशमा लडेर ठूलो बहादुरी देखाए । यसबाट अंग्रेजहरु निकै खुसी भएर भिक्टोरिया क्रस जस्तो तक्मादेखि अनेकौ प्रकारको सम्मान र पुरस्कारहरु दिए । तर उनीहरुलाई न त स्वदेश फर्केपछि काम आउने शिक्षादिक्षा दिइयो न त उनीहरुको बालबच्चाहरुलाई नै राम्रो शिक्षा दिए । उनीहरुलाई मात्रै रोमन नेपालीमा शिक्षा दिइयो । यो शिक्षा न त ब्रिटिशमा काम लाग्ने न त स्वदेश फर्केपछि नेपालमानै काम लाग्ने भयो । स्वदेश फर्केपछि गोर्खा भूपू सैनिकहरु अन्धकारको आकाशमा छटपटाइरहे । यस्ता पूर्वाधार योजना राखी ब्रिटिशहरुको मिलिभगतमा राणा शासकको प्रधानमन्त्रीले प्रति जवानको २५ पाउण्डको हिसाबले २ लाख जवान ब्रिटिश आर्मीम ाभर्ति गराइदिएवापत १० लाख भा.रु. वार्षीक राणा प्रधानमन्त्रीको निजी ढुकुटीमा जम्मा हुँदै गयो । वि.सं. १९७१ मा पहिलो विश्वयुद्धको विगुल बज्यो । चार वर्षसम्म चलेको विश्वयुद्धमा वीर नेपालीहरु ठूलो संख्यामा मरे । ती मृतकहरुको परिवारहरुलाई दिनुपर्ने ठूलो धनराशि ५० प्रतिशत राणा प्रधानमन्त्रीको निजी ढुकुटीमा भरी बाँकी ५० प्रतिशत रकम देश निर्माणमा लगाएको इतिहास साक्षी छ । भूपू सैनिकहरुको रगत र पसिनाको कमाई देश विकासको नाममा निम्न स्थानहरुमा लगानी गरेको पाइन्छ । जस्तै रोपलाइन र फर्पिङको साना जलविद्युत् योजना बनाइए । सैनिक अस्पताल बनाए, त्रिचन्द्र कलेज खोले, जडिबुटीमा आधारित केही आयुर्वेद औषधालयहरु खोलिए । सोही रकमले भीमफेददेखि भारतको रक्सौलसम्म रेल पनि कुदाइए ।
यसरी पहिलो विश्वयुद्धपछि फेरि दोस्रो विश्वयुद्ध लगभग बीस वर्षपछि सुरुभयो । त्यस समयमा राणा प्रधानमन्त्री जुद्ध शमशेर थिए । संसारभरि अंग्रेजविरुद्ध अनेक देश जागेर आउन थाले । संसारको कुनाकाप्चासम्म त्यो युद्धको बादल मडारिन थाल्यो । यसको लागि अंग्रेजहरुले नेपालसँग गुहार मागे । जुद्ध शमशेरले खोजीखोजी घरघर कर्मचारीहरुलाई पठाई ४० वर्ष पुगेका अर्धवैसहरुलाई २५ भन्न लगाउने र १२ वर्षकाहरुलाई १८ देखि २० भन्नु लगाई सम्पूर्ण लुला लंगडाहरुलाई पनि ब्रिटिश आर्मीमा भर्ती हुन उर्दी लगाउन लगाए । यसरी यस देशका मूलवासीलाई विश्वयुद्धमा होमिदिए । हाम्रा वीर पुर्खाहरु ६ वर्षसम्म विश्वको विभिन्न कुनामा गएर लडे । कैयौं मारिए, कैयौ अपाङ्ग भए, बहादुरी कमाए र अन्त्यमा अंग्रेजहरुको विजय भयो ।
यस घटनाले अंग्रेजहरु गोर्खाली सैनिकदेखि अत्याधिक प्रभावितको साथै अति खुसी भई त्यस खुसियालीमा अंग्रेजहरुले नेपाललाई केही रकम पुरस्कारको रुपमा प्रदान गरे । सो रकम आफ्नो निजी ढुकुटीमा राखी केही रकम देश विकासमा लगाए । जस्तैः वैज्ञानिक तरिकाको कृषि स्कुल खोले, जसमा माहुरी पालन, कपास खेती, जुट उत्पादन, विराटनगरमा केही जुट मिल, कटन मिल, बिजुली सप्लाई कम्पनी नेपाल बैंकको स्थापना वीरगन्जमा कटन मिल र चुरोट कारखाना, हतियारको निम्ति चाहिने खजाना आफ्नै देशमा बनाउन थाले, ठाउँ ठाउँमा पुल र बाटोहरु बनाए । यसरी गोर्खा सैनिकहरुको पुर्खाहरुको रगत र पसिनाले निर्माण तथा विकास कार्य सम्पन्न भएको यो देशमा आज गोर्खा भूपु सैनिकहरुको सन्तान कुन अवस्थामा छन् ? कसैबाट लुकेको छैन ।
द्वीतिय विश्युद्धपश्चात विजयको खुसीयालीमा ब्रिटिश सरकारले पुर्खाैदेखि गोर्खा सैनिक ब्रिटिश भारतमा भर्ती भएबापतमा पाउने वा पाएको सौगात र अन्य लडाइमा मृत्यु भएका मृतकहरुको परिवारहरुलाई दिनु भनी दिएको रकमलगायत ब्रिटिश वा भारत सरकारमा २ लाख जवान भर्ती गरिदिने वापतको प्रत्येक वर्ष १० लाख भा.रु.को दरले २५ पाउण्डमा पाउने सौगात रकम राप्रपाका नेता तथा भूपू जलस्रोत मन्त्री पशुपति शमशेर जंगबहादुर राणाको पोल्टोमा थुपरिन आएको छ भन्ने चर्चा छ ।
सन् १९९० को जनवरी महिनामा भारतको लखनउबाट प्रकाशित हुने द पायनियर पत्रिकाले छापे अनुसार पशुपति शमशेर जंगबहादुर राणाको जिजुबाजे श्री ३ महाराजधिराज चन्द्र शमशेरले ब्रिटिश सरकारलाई गोर्खाली फौजका संख्या २ लाख पुर्याइदिए वापत वार्षिक १० लाख भा.रु. रुपैया आफ्नो निजी ढुकुटीमा जम्मा गराउने प्रचलन सुरु गरेका थिए । यसरी चन्द्र शमशेरले नेपाली युवाहरुको रगत र पसिना बेचेर आफ्नो कार्यकालमा ४ अरब ब्रिटिश पाउण्ड कमाएका थिए । ५० प्रतिशत अर्थात् ३ अरब ब्रिटिश पाउण्ड पशुपति शमशेरको बाजे मोहन शमशेर जिवित अवस्थामा हुँदै छोरा विजय शमशेर राणाले मृत्यु भएपछि सम्पूर्ण रकम पशुपति शमशेर जवराको पोल्टामा परेको थियो । त्यो रकम कहाँ छ र यसर रकमको खोजी गर्नु नितान्त आवश्यक छ ।





Social Buttons