Latest News

गोर्खाहरुको माटो कहाँ छ ?

गोर्खा भूपूहरुको माटो विश्वमानचित्रमा कहाँ छ ? उनीहरु कुन देशका नागरिक हुन् र कुन देशको सरकारले उनीहरुमाथि भैरहेको होचो अर्घेलो माथि न्याय गरिदिने ? उनीहरुको माटो नेपालमा छ या ब्रिटेनमा ? इन्डोनेशिया, हङकङ, सिंगापुर, मेलया, इराक, अफगानिस्ता, ब्रुनाई, वा फोक्ल्याण्डा हो उनीहरुको देश, उनीहरुको पक्षमा नेपाल सरकारले आफ्नो नागरिक ठानी बोलिदिने अधिकारको लडाई लडिदिने हो याता ब्रिटिशले आफ्नो सैनिक ठानी समानताका भावना उजागर गरिदिने हो ? आफ्नो माटो र हराएको अधिकार खोजिरहेको गोर्खाहरु यतिबेला यी दुवै देश सामु अनुनयविनय गरिरहेका छन् । आफ्ना अधिकारका लडाइमा यिनीहरु बेलायतमा आमरण अनसनसम्म बसेनन् कि नेपालको बहिरो लाक्षी सरकारलाई बेला बेला झकझक्याउने काम पो गरेन ? के गरेनन् पूर्व ब्रिटिश लाउनेहरुले ? उनीहरुले सदियौ पुरानो ब्रिटेनको सैनिक जीवनमा व्यतित गरेका अहम सवालहरुको समस्या निराकरणमा गम्भीर रुपबाट पहल गरिदिनका लागि एक पटक होइन धेरै पटक नेपालका प्रधानमन्त्रीहरुलाई ज्ञापन पत्र मार्फत विशेष अनुरोध गर्दै आइरहेका छन् । आफ्नो समस्या निराकरणमा नेपाल सरकारको ध्यानाकर्षणको लागि पछिल्लो पटक नेपालका प्रम समक्ष निम्निलिखित ज्ञापन पत्र प्रस्तुत गरे ।
उक्त ज्ञापन पत्रमा भनिएको छ– ‘आज यो दुनियामा बेलायतको जुन शान, प्रतिष्ठा, समृद्धि शक्ति छ त्यो गोर्खाजहरुको रगत पसिना र आसुको प्रतिफल हो यही कारण अन्तर्राष्ट्रिय समुदाय समक्ष गोर्खाहरुलाई गुण रहेको देखाउन साम्राज्यवादी ब्रिटेनले गोर्खाहरुलाई ‘बहादुरका पनि बहादुर’ उपमा दिएर गोर्खालाई विश्वमा चर्चित बनाएर हाम्रो सानो गरिब, र भुपरिवेष्ठित मुलुक नेपाललाई विश्वमा परिचित गरायो । तर मुखमा रामराम बगलीमा छुरा भनेझै व्यवहारमा चाही बेलायत सरकारले गोर्खाहरुलाई झण्डै झण्डै दासकै रुपमा उतार्यो । सघन, अथक र अविछिन्न गोर्खा आन्दोलनको कारण त्यस्तो घृणीत अवस्थाबाट नगन्य रुपमा सुधार आएपनि श्वेत बेलायती सेना र गोर्खा सैनिक बीच आज पनि पूर्ण रुपमा समानता कायम हुन भनेको आकाशके तारा झर्ला र तिपौलाको स्थितिबाट गुज्रिरहेको छ । पूर्व ब्रिटिश नेपाली जमातले अछुन्न रुपमा आन्दोलन गर्दै आएको करिब दुई दशक पुग्न लागिसकेको छ । यति लामो कालखण्डमा लण्डनको थेम्स् र नेपालको बागमती नदीको पुलमुनि धेरै पानी बगीसकेको छ तथापी सघन र अछुन्न गोर्खा आन्दोलनको कारण बेलायती सरकार गोर्खाजको जायज र न्यायोचित मागहरु पुरा गर्ने सवालमा टसमस भएको छैन । तर धेरै अन्तरालपछि बेलायत र नेपाल सरकार एवं भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले गोर्खा मुदाको अन्तिम दस्तावेज तयार पारेको छ । मार्च १४ बुधवार लण्डनस्थित नेपाली दूतावासमा भएको त्रिपक्षिय प्राविधिक समितिको पाँचौ चरणको वार्ताले पूर्व गोर्खा सेनाले उठाउँदै आएको मुद्दाको लिखित दस्तावेजलाई अन्तिम रुप दिएको लण्डनस्थित छहरा संवाददाताले बताएको छ । सो दस्तावेज मार्च २२ तारिख अर्थात्  यही चैत ८ गतेका दिन बेलायती रक्षामन्त्रालयमा बुझाएका छन् । जसको बोधार्थ नेपाल सरकारलाई पनि पठाइएको छ । नेपाली दूतावासको तर्फबाट सरदराज आरण र बेलायती रक्षामन्त्रालयका डामियान् प्याटरसनले हस्ताक्षर गरेको दस्तावेजलाई कुन रुपमा लिने हो त्यसमै गोर्खाहरुको भविष्य निर्धारण हुने कुरा गेसो प्रतिनिधिले छहरालाई बताए ।

« PREV
NEXT »

यसमा तपाइको मत