Latest News

अपाङ्गको जग्गा, अरुकै कब्जामा


काठमाडौं । दुवै खुट्टा नचल्ने, ह्वीलचियरमा गुड्ने असहाय विष्णु प्रसाद गौतमलाई न गणतन्त्रले छोएको छ, नत लोकतन्त्रले नै ? उनी सरकारी कर्मचारी र छिमेकी शोषकद्वारा शोषीत पीडित छन् ।
पाँचखाल राजमार्गले छोएको उनको साढे चार आना घडेरी पनि गाउका शोषक र मालेपोतका घुस्याा कर्मचारीको मिलोभगतमा अर्काकै नाममा सरेको छ । गौतमका अनुसार उनका पाँचखाल गाविस वडा नं. ९ मा रहेको कित्ता नं. ९५१ को साढे चार आना जग्गा फटाहाहरुको मिलेभगतमा अर्काकै भएपछि अहिले उनी ‘घर न घाटका’ भएका छन् । यस सम्बन्धमा आवश्यक छानवीनको पहल होस् भनि अपाङ्ग संघले समेत माग गरेको छ ।
अपाङ्ग असहाय, त्यसमा पनि भूकम्प पीडितलाई सबैले साथ दिनु पर्नेमा, उल्टै कर्मचारी र कथित समाजसेवी भनाउँदाहरुलाई विष्णु प्रसाद जस्ता अपाङ्गलाई दुःख दिने काम गर्दा समेत सम्बन्धित निकाय पनि मौन साँधेर बसिदिएको छ । बुझ्न सकिएन भन्न थालेका छन्, स्थानीयहरु पनि । विष्णु प्रसाद गौतमको रोदन प्रति सम्बन्धित निकायको ध्यान नपुग्दा दिन दुःखीहरुलाई गणतन्त्र कागलाई बेल पाके सरह बनेको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत