Latest News

गतिछाडा– सभासदहरु

काठमाडौं । गणतन्त्रको बहाली सँगसँगै, मुलुकमा विकृति, विसंगती, नातावाद, कृपावाद, फरीयावादलगायत भ्रष्टाचारको संस्थागत विकास भएको छ, रातोपासपोर्ट दुरुपयोग गर्ने सांसदहरु मात्र होइनन्, इ.आयल निगमका गोपाल खड्का देखि राजस्वका नीलम्वित महानिर्देशक चुडामणि शर्माहरु यसको ज्वलन्त उदाहरण हुन् ।
हुँदाहुँदा सांसदहरुले सांसद सचिवालयका ल्यापटप समेत पच गर्ने काम गरेर मुलुककै बेइज्जत र जनताको भावना माथि कुठाराघात गरेका छन् । सांसद सचिवालयका तीन दर्जन भन्दा बढी ल्यापटप केही दिनको लागि भनि लगेको ल्यापटप पूर्व सभासद्हरुले सचिवालयमा नबुझाई पच पारेर गुन्द्रुकको झोलमा ज्यान फालेका छन् । सचिवालय स्रोतका अनुसार सभासद रहँदा सचिवालयले चलाउन मात्र दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि अर्थात यो हरफ लेख्दाको मिति सम्ममा पनि उनीहरुले फिर्ता गरेका छैनन् । यसरी ल्यापटप प चगर्ने सभासदको सूचीमा पहिलो संविधान सभाको निर्वाचित सभासदहरु पनि रहेका छन् । नियम र कानूनतः कार्यकाल सकिएको ७ दिनभित्र सांसद तथा संसदका पूर्व पदाधिकारीले सचिवालयबाट उपयोग गर्दै आएका सेवा सुविधा फिर्ता गर्नुपर्ने हुन्छ । संघीय संसदको पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐनमा यस्तो व्यवस्था छ । सचिवालय स्टोरका प्रमुख विनोद कुमार मालिका अनुसार संसदको कार्यकाल सकिएपछि ल्यापटप लगायतका सामाग्रीहरु फिर्ता गर्न पटक पटक तागेता गरे पनि, कसैले पनि सामानहरु फिर्ता नगरेको कुरा थाहा भएको छ । पहिलो र दोस्रो संविधान सभाका ४० भन्दा बढी सदस्यहरुले आफुले लगेको ल्यापटप लगायतका सामान नबुझाई पच पारेको स्टोर प्रमुख मालीद्वाा थाहा हुन आएको छ । यस्ता गतिछाडा सभासदहरुमाथि अविलम्व कारवाही गर्नुपर्ने तर्फ आम धारणा रहेको छ ।

« PREV
NEXT »

यसमा तपाइको मत