यसरी अरबपति विरामीहरुलाई करोडौ रुपैया उपचार खर्च दिनुको सट्टा सरकारले यस समाचारका पात्र कालिमायाहरुलाई दिएको भए शहीदहरुका बलिदान र प्रजातन्त्र दिवसले सार्थकता पाउने कुरामा आम नेपालीले सहमति जनाउन करै लाग्दथ्यो ।
पूर्व ओखलढुंगाको लप्सेडाडामा विगत ६९ वर्षयतादेखि कालिमाया सुनारका परिवार ओडारमानै बस्दै आएकी छिन् । आजभन्दा ६९ वर्ष अघि बज्रमान सुनारले १३ वर्षीय कालिमायालाई ओडारमा विवाह गरि भित्र्याएका थिए ।
गरिबीका कारण जग्गाजमीन भएपनि घर बनाउन नसक्दा सुनार दम्पत्तिले यही ओडारमा जीवन गुजारे । कालिमायाका पति ब्रजमानको वर्षाै अघि मृत्यु भई सकेको छ । ब्रजमानले अन्तिम अवस्थामा आफ्नो नाममा रहेको पात्ले गाउँको करिब तीन रोपनी जमीन कालिमायाको नाममा नामसारी गरिदिएका थिए । दैनिक खर्चको लागि लिएको ऋण तिर्न नसक्दा सो जग्गा पनि बन्धकीमा परेको छ । कालीमाया एक्लै उक्त ओडारमा आजसम्म बस्दै आएकी छिन् । कालीमाया बस्दै आएको सो ओडारमा गाउँबाट निकै टाढा छ । ओडार स्याउलाले बारेर बनाइएको छ । कालीमायाको ४ छोरा छोरी यतिबेला कहाँ छन् ? कसैलाई थाहा छैन ।
यस्तो निरिह, दीनदुःखी, बेसहाराको मुखबाट खोसी, नेपाल सरकारका क्रान्तिकारी, गरिबवादी, जनवादी प्रधानमन्त्रीहरु, प्रचण्ड, खनाल, नेपाल, ओली र देउवालगायतका अरबौंपति तत्कालिन मन्त्रि तथा एमालेका उपाध्यक्ष पहुँचवाला व्यक्ति विद्याभण्डारीहरुलाई लाखौं रुपैया सहयोगको नाममा दिएर किर्तिमानि काम गरेका छन् । यही मध्य कालिमायाहरु जस्तालाई १०÷१२ हजार मात्र दिए गाउँमा उनीहरुले सानो पराले छाप्रो त बनाउन सक्थे, भन्छन् ओखलढुंगाका दीनदुःखीहरुले । यस्ता हजारौं कालिमायाहरु एकातर्फ एक आङ ढाक्न र एक गास खान नपाइरहेको अवस्था छ नेपालमा । अर्काे तर्फ देउवा, ओली र प्रचण्डहरु आफ्नो आसेपासेहरुलाई करोडौं रकम राष्ट्रिय ढुकुटीबाट अन्धाधुन्दा बाड्दै शहीद दिवस र प्रजातन्त्र दिवसको खिल्लि उडाइरहेका छन् । जाँदा जाँदै फेरी पनि शेरबहादुर देउवा राज्यको ढुकुटीबाट आफन्त र कार्यकर्ताहरुलाई चौध करोड रुपैया बाँड्ने तरखरमा छन् । स्रोतका अनुसार १५ सय जना जतिलाई ५० हजार देखि २५ लाख रुपैयासम्म वितरण गर्ने भएका छन् । सबैभन्दा बढी २५ लाख रकम पाउने भाग्यमानीमा पूर्वमन्त्री समेत रहेका कांग्रेसी नेता रामकृष्ण ताम्राकार रहेका छन् । यसरी चितवनका कांग्रेस शिक्षक संघका अध्यक्ष देवेन्द्र प्रसाद उपाध्यायलाई १० लाख, झापा ३ बाट हालैको निर्वाचनमा पराजित कांग्रेस जिल्ला सभापति उद्धव थापा ६ लाख, कांग्रेस गुल्मीका पूर्व सभापति चन्द्रबहादुर के.सी. २ लाख, सल्यानका कांग्रेस नेता धु्रव बहादुर मल्ललाई ४ लाख, कांग्रेस पूर्व सांसद ललित किङ्रिङलाई ३ लाख उपलब्ध गराईने भएको छ ।





Social Buttons